Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द
डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२
File Photo

कोपनहेगन- डेनमार्कको आकाशमा पुनः संदिग्ध ड्रोन देखापरेपछि शुक्रबार केही घण्टाभित्रै दोस्रो पटक विमानस्थलहरू बन्द गर्नुपरेको छ । प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले यसलाई रुससँग जोडिएको हुनसक्ने ‘हाइब्रिड आक्रमण’ को हिस्सा भएको चेतावनी दिएका छन्  ।

यसअघि यसै हप्ताको सुरुमा कोपेनहेगन विमानस्थल बन्द भएपछि बुधबारदेखि डेनमार्कका विभिन्न विमानस्थलहरूमाथि ड्रोन देखिएको थियो । तीमध्ये केही घण्टौँका लागि पूर्ण रूपमा बन्द गर्नुपरेको थियो ।  यस्तै घटनाहरू नर्वे, पोल्यान्ड र रोमानियामा पनि देखिएका छन्, जसमा ड्रोन आक्रमण भएको र एस्टोनियाको हवाई क्षेत्रमा रुसी लडाकू विमान प्रवेश गरेको जानकारी आएको छ । युक्रेनमाथि रुसको आक्रमण जारी रहेका सन्दर्भमा यी घटनाले युरोपमा थप तनाव पैदा गरेको छ ।

प्रधानमन्त्री फ्रेडरिक्सनले बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी भने, “हालैका दिनहरूमा डेनमार्क हाइब्रिड आक्रमणको सिकार भएको छ ।” उनले ड्रोन गतिविधि अझै ‘बढ्न’ सक्ने चेतावनी दिए ।अनुसन्धानकर्ताहरूले हालसम्म यसका जिम्मेवार व्यक्तिहरू पत्ता लगाउन नसके पनि फ्रेडरिक्सनले प्रत्यक्षतया रुसलाई दोष लगाउँदै भने, “युरोपको सुरक्षामा खतरा उत्पन्न गर्ने मुख्य देश रूस हो ।” 

यद्यपि, मस्कोले डेनमार्कका घटनामा संलग्न भएको आरोपलाई दृढतापूर्वक अस्वीकार गर्दै यसलाई ‘मञ्चित उक्साहट’ भनेको छ यसअघि डेनमार्कका न्यायमन्त्री पिटर हम्मेलगार्डले आक्रमणको उद्देश्य ‘डर फैलाउने, विभाजन सिर्जना गर्ने र जनता असुरक्षित महसुस गराउने’ भएको बताएका थिए । 

Hardik health

सरकारले निकट भविष्यमै ड्रोनलाई बेअसर पार्न नयाँ प्रविधि र क्षमताहरू भित्र्याउने तयारी गरेको छ । साथै, ड्रोन विरोधी सुरक्षाको ‘पर्खाल’ निर्माण गर्ने प्रस्तावमा डेनमार्कले शुक्रबारदेखि अन्य युरोपेली सङ्घ (इयु) देशहरूसँग छलफल सुरु गरेको छ । यसमा विशेषगरी रुससँग सीमा जोडिएका मुलुकहरू सामेल हुनेछन् ।

बुधबार र बिहीबार बिहान अलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेसमा पनि ड्रोन देखिएको थियो । विशेषगरी अलबोर्ग विमानस्थल धेरै घण्टाका लागि बन्द गरिएको थियो र बिहीबार राति फेरि संदिग्ध गतिविधि देखिएपछि शुक्रबार बिहान करिब एक घण्टाका लागि पुनः बन्द गरिएको थियो ।

 “दुई घण्टासम्म ठूलो क्षेत्रमा उडेको ड्रोनलाई खसाल्न सम्भव भएन”, प्रहरी निरीक्षक जेस्पर बोजगार्ड म्याडसेनले भने ।डेनमार्कको मिलिटरी इन्टेलिजेन्सका प्रमुख थोमस अह्रेन्किलले हालसम्म ड्रोनको पछाडि को छ भन्ने पहिचान हुन नसकेको स्वीकार गरे । तर अर्का गुप्तचर अधिकारी फिन बोर्चले भने, “डेनमार्कमा रुसी तोडफोडको जोखिम उच्च छ ।”

रक्षामन्त्री ट्रोयल्स लुन्ड पौल्सेनले यी गतिविधिहरू ‘एक पेशेवर खेलाडीको काम’ जस्तो देखिएको बताएका छन् । उनका अनुसार एउटै समयमा धेरै स्थानमा गरिएको व्यवस्थित सञ्चालन भए पनि डेनमार्कमाथि प्रत्यक्ष सैन्य खतरा भने छैन । प्रधानमन्त्री फ्रेडरिक्सनले यसबारे नाटो प्रमुख मार्क रुटसँग पनि छलफल गरेको बताए । तर डेनमार्कले नाटोको धारा ४ (सदस्य राष्ट्रको सुरक्षा वा अखण्डता जोखिममा परे तत्काल वार्ता बोलाउने प्रावधान) लागू गर्ने कि नगर्ने भन्ने निर्णय अझै नभएको रक्षामन्त्री पौल्सेनले स्पष्ट पारे ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो देश डेनमार्कको हवाई सुरक्षामा सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।  आगामी हप्तामा कोपनहेगनले युरोपेली सङ्घ (इयु) को शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । यता, डेनमार्कका केही नागरिकहरूले भने घटनाले आफूहरूलाई असुरक्षित महसुस गराएको बताएका छन् । पचासी वर्षीया बिर्गिट लार्सनले भने, “म यस्तो देशमा बस्छु जहाँ सन् १९४५ यता शान्ति छ । युद्धका बारेमा सोच्न अभ्यस्त छैन, अहिले भने असुरक्षित महसुस भइरहेको छ ।” 
    
तर ४८ वर्षीय टोस्र्टन फ्रोलिङले भने, “यो सम्भवतः रुसको काम हो । उनीहरू सीमामा परीक्षण गर्दैछन्, भड्काउने प्रयास मात्र हो, प्रत्यक्ष धम्की होइन ।”  यस्तो संवेदनशील अवस्थामा डेनमार्कले हालै पहिलो पटक लामो दूरीका सटीक हतियार खरिद गर्ने घोषणा गरेको छ । रुस आउँदो वर्षहरूमा पनि ठुलो खतरा बनेर रहने भन्दै सरकारले प्रस्ट पारेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP