Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना
गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना अघि सारेका छन्। वासिङ्टनले सार्वजनिक गरेको यो योजना अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग दिइएको हो।

समाचार एजेन्सी एएफपीका अनुसार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई यसबारे जानकारी दिइएको छ। अमेरिकाले यो पहलले इजरायलसहित सम्पूर्ण मध्यपूर्वका देशहरूको चासो सम्बोधन गर्ने दाबी गरेको छ।

युद्धविराम, बन्धक मुक्त र सहायता प्रस्ताव

यो प्रस्तावमा गाजामा स्थायी युद्धविराम, प्यालेस्टिनी क्षेत्रमा रहेका बन्धकहरूको रिहाइसहित इजरायली सेनाको फिर्ती र मानवीय सहायताको अबाध आपूर्ति सुनिश्चित गर्ने प्रावधान राखिएको छ। कूटनीतिक स्रोतका अनुसार अरब र मुस्लिम नेताहरूले यसलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले गाजामा इजरायली कारबाही र कब्जा गर्ने प्रयास अन्त्य गर्न आग्रह गरेका छन्।

Hardik health

ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले भने, ‘अमेरिकाले गाजामा स्थायी शान्ति कायम गर्न २१ बुँदे योजना अघि सारेको छ। यो इजरायल र क्षेत्रीय छिमेकी सबैको चासोलाई सम्बोधन गर्छ।’

हमास बाहिरै

बैठकसँग परिचित एक स्रोतका अनुसार प्रस्तावमा हमासलाई समावेश गरिएको छैन। अमेरिकाले गाजाका लागि नयाँ शासन संरचना प्रस्ताव गरेको छ जसमा हमासको कुनै भूमिका रहने छैन।सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको युद्धमा इजरायलले हमासलाई समाप्त गर्ने घोषणा गरिसकेको छ र भविष्यमा उसको सत्तासँग कुनै संलग्नता नहुने स्पष्ट पारेको छ।

प्यालेस्टिनी प्राधिकरण र नयाँ सुरक्षा बल

प्रस्तावमा प्यालेस्टिनी प्राधिकरणलाई केही भूमिकासहित सुधार गर्ने र क्षेत्रीय देशहरूको आर्थिक सहयोगमा नयाँ सुरक्षा बल गठन गर्ने परिकल्पना गरिएको छ।उक्त बलले अरब तथा मुस्लिम देशका सेनासँग समन्वय गरी गाजाको पुनर्निर्माण र प्रशासनमा सहयोग गर्नेछ।यो प्रस्तावलाई ट्रम्पका ज्वाइँ जारेड कुश्नर र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले पछिल्ला महिनामा अघि सारेका अन्य विचारहरूभन्दा फरक बताइएको छ।

बस्ती विस्तार रोक्न दबाब

अरब र मुस्लिम नेताहरूले पश्चिम किनाराको केही भाग कब्जा गर्ने वा जेरुसेलमका पवित्र स्थलहरूको कानुनी तथा ऐतिहासिक स्थिति परिवर्तन गर्ने प्रयास नहुने ग्यारेन्टी गर्न माग गरेका छन्। स्रोतका अनुसार नेताहरूले गाजावासीहरूको विस्थापन नगर्ने, फिर्तीमा अवरोध नगर्ने र गाजा कब्जा नगर्ने स्पष्ट आश्वासन दिन दबाब दिएका छन्।

एक्सिओसका अनुसार ट्रम्पले पनि नेताहरूलाई आफूले इजरायललाई पश्चिम किनाराको कुनै भाग कब्जा गर्न अनुमति नदिने बताए।


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP