Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संविधानप्रति प्रतिबद्ध प्रधानमन्त्री
संविधानप्रति प्रतिबद्ध प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२

जेनजी विद्रोहको बलमा बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफू संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको संकेत गरेकी छिन् । बिहीबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सडकबाट उठेको आवाजलाई सुनुवाई गर्ने अधिकार आफूसँग नभएको स्पष्ट पारिन् ।

अहिले सडकमा उठेको माग हो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको । जेनजी युवाहरुमाझ यो माग लोकप्रिय बनिरहेको बेला कार्कीले संवैधानिक प्रक्रियाबाटमात्र यो सम्भव हुने प्रष्ट पारेकी हुन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की गत भदौ २२ गते जेनजी विद्रोह भएपछि सरकारको नेतृत्वमा आएकी हुन् । निर्वाचन प्रणाली महँगो भएको र यसैका कारण भ्रष्टाचार बढेको कतिपयको तर्क छ । भ्रष्टाचारकै कारण देशमा विकास हुन नसकेको भन्दै जेनजी युवाहरुले यसविरुद्ध आन्दोलन छेडेका थिए । यही बीचमा उनीहरुले संविधान संशोधनको मागसमेत गरेका थिए ।

संविधान संशोधनका लागि संसदीय प्रक्रिया हुन्छ । २०५२ पछि भएको लामो युद्धले संविधानसभाको तय गरेसँगै नेपालमा संघीय लोकतन्त्र स्थापना भएको थियो । सोही संविधानसभाले नयाँ संविधान बनेसँगै देशले नयाँ गति लियो । यद्यपि नेताहरुमा देखिएको आसेपासेवाद, अनियमितता, भ्रष्टाचारका कारण जनतामा चरम असन्तुष्टि देखा पर्‍यो । यही आक्रोश सडकमा पोखिँदा दलीय नेतृत्व ढल्यो र अहिले निर्दलीय सरकार छ । यो सरकारको म्यान्डेड भनेको फागुन २१ भित्र चुनाव गराउनु हो । तर सडकबाट योबाहेक शासकीय स्वरुप नै फेर्न आवाज उठ्दै छ । कतिपय भिडको आवाज गलत पनि हुन्छन् र संविधानअनुसार अघि बढ्नुपर्छ भन्‍नेमा प्रधानमन्त्री कार्कीको बिहीबारको सम्बोधनले प्रष्ट पारेको छ । यद्यपि जेनजी विद्रोहको पहिलो र स्पष्ट माग भनेको भ्रष्टाचार गरी अकुत सम्पतत्ति कमाएकाहरुमाथिको कारबाही हो । यस विषयमा भने सरकार निर्मम भएर अगाडि बढ्नुपर्छ । 

Hardik health

यहीबीचमा सस्तो लोकप्रियता कायमका लागि विदेशमा रहेकाहरुबाट पनि मतदान गर्ने माग उस्तै गरी अघि बढेको छ । विदेशमा रहेका नेपालीहरुले मतदान गर्दा सम्बन्धित देशले अनुमति दिन्छ वा दिँदैन, दिए कामदारह?लाई संयुक्त रुपमा बिदा दिन्छन् वा दिँदैनन् भन्ने विषयमा सरकारले ख्याल गरेको छैन । यतिमात्र हैन उक्त देशमा सभा, र्‍याली, जुलुस गर्ने छुट छ वा छैन । यस्तो विषयमा सरकारले अध्ययन शुरु गरेको भन्दै प्रधानमन्त्री कार्कीले सुझबुझपूर्ण सन्देश दिएको देखिन्छ । यसले पनि प्रधानमन्त्री कार्की संविधानप्रति प्रतिबद्ध छिन् भन्‍ने प्रष्ट देखिन्छ । 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP