Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • देउवा दम्पत्तिको सम्पत्तिमाथि अनुसन्धान सुरु
देउवा दम्पत्तिको सम्पत्तिमाथि अनुसन्धान सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२

काठमाडौं– सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । जेनजी आन्दोलनका क्रममा देउवा निवास बुढानिलकण्ठमा जलेका नोटहरु संकलन गरेर सरकारले उनीहरुको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।

जेनजी आन्दोलनको क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो । आगलागीपछि उक्त भवनमा जलेका नोटहरु भेटिएको भन्दै भिडिओहरु सार्वजनिक भएका थिए । यसै विषयमा सम्पत्ति शुद्धीकरण विभागले प्रमाणहरु संकलन गरी परीक्षणका लागि नेपाल प्रहरकिो फरेन्सिक ल्याबमा पठाएको जनाएको छ ।

गत आइतबार विभागको टोली देउवा निवास र पूर्वमन्त्री दीपक खड्काको घरमा पुगेको थियो । देउवा निवासमा अमेरिकी डलरसहित नेपाली हजार, पाँच सयका नोटहरू जलेको टुक्रा भेटिएको थियो भने पूर्वऊर्जामन्त्री खड्काको घरबाट नोट उड्दै गरेको भिडियो सार्वजनिक भएको थियो । कतिपयले देउवाको घरमा पैसा राख्ने सुरुङसमेत रहेको दाबी गरेका छन् ।

जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का भएको र अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । ‘ती प्रमाणको यथार्थ परीक्षण गर्न नेपाल प्रहरीको ल्याबमा प्रमाण सहितको पत्र पठाइएको छ,’ विभाग स्रोतले भन्यो । घटनाको ११ दिनपछि विभागको टोली गएर मुचुल्का गरेको हो । मुचुल्का उठाउन गएको विभागको हातमा भने माटो र खरानीमात्र परेको विभाग स्रोतले भन्यो । ढिला पुग्दा त्यहाँ पैसाको टुक्रासमेत सर्वसाधारणले खोस्रेर लगेका थिए ।

Hardik health


राज्यका निकाययहरु सक्रिय भइसकेका छन् । के के रोक्का गर्नुपर्छ रोक्का गर्छ । बयान पनि लिनुपर्ने होला । पक्राउ पनि पर्ने होला
ओमप्रकाश अर्याल, गृहमन्त्री

विभागबाट खटिएका टोलीले विभिन्न भिडियोलाई प्रमाणका रुपमा लिएको र प्रत्यक्षदर्शीसँगसमेत कुराकानी गरेको बताइएको छ । सम्पत्तिमाथि छानबिनका लागि देउवा दम्पत्तीको राहदानीसमेत रोक्क गर्ने तयारी सरकारले गरेको छ । सरकारले नेताहरुका सम्पत्तिमाथि छानबिन गर्न कुनै कसर बाँकी नराख्ने गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । ‘भ्रष्टाचार र सुशासनमा सरकारले खुट्टा टेक्छ । तथ्य स्थापित भएपछि पछाडि फर्कनै पर्दैन,’ गृहमन्त्री अर्यालले बताए ।

गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले दिएको सुझावको आधारमा कारबाही अघि बढ्ने अर्यालको भनाई थियो । अनुसन्धान गर्ने निकायले कानुनअनुसार पक्राउ गर्नसक्नेसमेत सक्ने उल्लेख गर्दै गृहमन्त्री अर्यालले यो मुद्दा नछाड्ने दाबी गरे । ‘राज्यका निकाययहरु सक्रिय भइसकेका छन् । के के रोक्का गर्नुपर्छ रोक्का गर्छ । बयान पनि लिनुपर्ने होला । पक्राउ पनि पर्ने होला,’ अर्यालले भने ।

प्रदर्शनका क्रममा व्यक्तिका नीजि घर तोडफोड र आगजनी हुँदा अस्वभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ
सुशीला कार्की, प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले पनि देशबासीको नाममा सम्बोधन गर्दै विगतमा भएका भ्रष्टाचारबारे स्पष्ट जानकारी पाइसकेको उल्लेख गर्दै दोषीलाई कारबाही गरिने बताएकी छन् । ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारको सन्दर्भमा यो छोटो समयमा स्पष्ट जानकारी पाइसकेको छ । तसर्थ, त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रकृया अगाडि बढाउनेछ,’ बिहीबार सम्बोधनका क्रमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रदर्शनका क्रममा व्यक्तिका नीजि घर तोडफोड र आगजनी हुँदा अस्वभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ ।’

देउवाको सचिवालयले भने विज्ञप्ती जारी रकम राख्ने सुरुङ र पैसा नभएको दाबी गरेको थियो । उक्त सुरुङ नभइ पानी ट्याङ्की रहेको दाबी देउवाको सचिवालयको थियो । ‘सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युटुब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ । यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं ।’

पटकपटक प्रधानमन्त्री भएका देउवाले आरजु राणामार्फत भूमिगत गिरोहमार्फत रकम बुझ्ने गरेको आरोप लाग्दै आएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रकरणमासमेत आरजु मुछिएकी थिइन् । यतिमात्र हैन सरकारी निकायका प्रमुख नियुक्तीमासमेत देउवा दम्पत्तीलाई ठुलो रकम बुझाउनुपर्ने चर्चा चल्ने गर्छ । सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका नेतासमेत रहेका देउवाले देशभर आफ्ना नेता कार्याकर्तालाई टिकट बाँड्दासमेत ठुलै रकम लिने गरेको नेताहरु गुनासो गर्छन् । शक्ति र पदको आडमा देउवाले यस्ता घटनालाई गुपचुप राख्न सफल भएको बताइन्छ । 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP