Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाऊ
चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ९, २०८२

हिन्दू धर्मावलम्बीहरुको दसैं पर्व भित्रिसकेको छ । यो बेला राजधानी तथा सहरी क्षेत्रमा रहेका मानिसहरु आफ्नो गाउँ जाने क्रम बढेको छ । कोही किनमेलका लागि सहरबजारमा निस्किरहेका छन् भने कोही पर्व मनाउन गाउँ पसिरहेका छन् । चाडपर्वमा अपराधका घटना धेरै हुने गरेका छन् । लुटपाट, हत्याका घटना यस्तै बेला बढ्ने गर्छन् । अत्याधिक मादकपदार्थ सेवन, रिसइबी साँध्नेजस्ता कारण पनि अपराधिक घटना बढ्छन् । अपराधका मुख्य कारण पत्ता लगाउन निकै अनुसन्धान गर्नुपर्छ । कतिपयले आफू सहर छोडी घर गएको, घर छोडेर सहर गएको सूचनाहरु सामाजिक सञ्जालमा राख्दा पनि चोरीका घटना बढेका छन् । 

यसपटक जेन–जी विद्रोहका कारण १३ हजारभन्दा बढी कैदी जेल बाहिर निस्किए । तीमध्ये आधाआधी जेल फर्किए पनि आधी कहाँ छन् कसैलाई थाहा छैन । यहीबेला प्रहरीको मनोबल पनि खस्किएको छ । आन्दोलनकारीहरूले प्रहरीका एक हजार २७६ थान राइफल र पेस्तोलसमेट लुटेका छन् । प्रहरीको आन्तरिक अभिलेखअनुसार आन्दोलनपछि ९८ हजार ४९१ थान गोलीको अत्तोपत्तो छैन । जेन–जीको आन्दोलनमा काठमाडौंबाट लुटिएका दुई पेस्तोल र २८ राउण्ड गोली कैलालीको गौरीगंगामा मंगलबार भेटिएको छ ।

यसरी काठमाडौंबाट लुटिएका हतियार देशभर पुगेको अनुमान गर्न सकिन्छ । यस्ता हतियारले समाजमा आतंक सिर्जना हुन्छ । नागरिकले असुरक्षा महसुस गर्छन् । प्रहरीबाट लुटिएका हतियारहरू घातक छन् भन्ने कुरा त भदौ २३ गतेको प्रदर्शनकै क्रममा १९ जनाभन्दा बढी मारिएको घटनाबाट प्रस्ट हुन्छ । एक त सजाय भुक्तान गरिरहेको व्यक्तिहरु खुलेआम समाजमा प्रवेश हुनु, अर्को उनीहरुको हातमा घातक हतियार हुनुले त्रास बढाएको छ ।

Hardik health

गत असोज ३ गते कारागारबाट भागेका काभ्रे पनौतीका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरे । जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भदौ २४ गते भागेका ती कैदीले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । यस्तो अवस्थामा प्रहरीले अबका दिनमा हतियारमात्र हैन हतियाररहित कैदीहरुको पनि विशेष निगरानी राख्नुपर्छ । किनकि, कारागारबाट बाहिर निस्केका कैदीमाथि पनि आक्रमण हुन सक्छ । यसले थप अपराध बढ्ने भएकोले बेलैमा सूक्ष्म निगरानी राख्नु आजको आवश्यकता हो । आन्दोलनको बेला प्रहरीमाथि आक्रमण गरे पनि शान्तिसुरक्षाका लागि प्रहरी अतिआवश्यक हो भन्ने प्रमाणित भइसकेको छ । त्यसैले पुनः मनोबल दरो बनाएर प्रहरीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई कसिलो बनाउनुपर्छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP