Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दमनकारी नेतृत्व र सुरक्षा प्रमुखहरुलाई उन्मुक्ति नदेऊ
दमनकारी नेतृत्व र सुरक्षा प्रमुखहरुलाई उन्मुक्ति नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ८, २०८२
Hardik health

जेन–जी विद्रोहको क्रममा भदौ २३ गते नयाँ बानेश्वरको संसद् भवन अगाडि कयौं युवाले ज्यान गुमाए । १९ जना एकै दिन मारिए भने मृत्यु हुनेको संख्या ७२ जना पुगिसकेको छ । त्यतिबेला प्रधानमन्त्री थिए एमाले अध्यक्ष केपी शर्मा ओली । उनै ओली अहिले सत्तापलट भएपछि सार्वजनिक भएका छन् । यो घटना हुँदा सरकारको नेतृत्वमा भएको हिसाबले ओलीले माफी त माग्नैपर्ने हो, तर उनले गल्ती महसुससम्म गरेको छनक देखाएका छैनन् । उनीमाथि पनि अनुसन्धान हुनुपर्छ । तर खुलेआम ओलीले घुसपैठ भएको र प्रहरीसँग नभएको गोली चलाइएको भन्दै पन्छिन खोजिरहेका छन् ।

ओलीको कमाण्डमा भएको सरकारका गृहमन्त्री थिए रमेश लेखक । प्रधानमन्त्रीबाट ओलीलेभन्दा केही अघि नै राजीनामा दिएर अहिलेसम्मपनि गुपचुप छन् लेखक । उक्त घटनाको जिम्मेवारी लिएर राज्यलाई अनुसन्धानमा सघाउनुपर्नेमा लेखक अझै सार्वजनिक हुन मानिरहेका छैनन् । लेखकको नेतृत्वमा रहेको गृह प्रशासन भदौ २३ र २४ गते शान्ति सुरक्षा कायम गर्न त असफल देखियो नै कारागारसमेत जोगाउन सकेन । जसका कारण १३ हजारभन्दा बढी कैदीबन्दी एकैसाथ भाग्न सफल भए । कैदीबन्दी बाहिर आउँदा डरलाग्दा घटना भए । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छवि रिजाल यही घटनाका कारण सार्वजनिक भएका छैनन् ।
यता गृह हाँकिरहेका सचिव गोकर्णमणि दवाडीलाई पनि सरकारले केही गरेको छैन । यस्तो अवस्थामा सरकारमा रहेका राजनीतिक नेताहरु ‘कमब्याक’ हुने क्रममा छन् भने प्रहरीलाई पनि मनोबल घटेको भन्दै एकप्रकारको सहानूभूति समाजले बाँड्न खोजेको देखिन्छ । तर भदौ २३ र २४ गते भएको दमन र विध्वंस बिर्सन नसक्ने घटना हो । यो घटनामा राजनीतिक नेतृत्व जति दोषी छन् प्रशासन सम्हालेर बसेकाहरु उत्तिकै दोषी छन् । सरकारले पनि ढिला गरेर उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । उक्त आयोगका पदाधिकारीले पत्र पाएका छैनन् । यो आयोगलाई तीन महिनाको समय दिएर सरकारले जेन–जीको बलिदानसँग खेलवाड गरिरहेको देखिन्छ ।

नभए आन्दोलनमा भएका दमनकारीलाई चाँडोभन्दा चाँडो कानुनी प्रक्रियामा ल्याएर विद्रोहलाई सम्बोधन गर्नुपर्ने हो । यसैगरी भदौ २४ गते भएको विध्वंसको विषयमा पनि सरकार गम्भीर हुनुपर्ने हो । तर सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको आयोग हेर्दा यो विषयमा खासै गम्भीर भएको देखिन्न । यो सामान्य घटना हैन । यस्तो विषयमा आलटाल नगरी अविलम्ब छानबिन होस् । तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका जिम्मेवार अधिकारीहरु सबैलाई कारबाहीको दायरामा ल्याइयोस् । युगको मागलाई बेवास्ता गरी दण्डहीनता कायम राखेमा यो सरकारलाई पनि जनताले छिट्टै रसतालमा झर्ने छन् ।
 


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP