Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार
ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ७, २०८२

एएफपी- ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ । मदुरोले दुई कट्टर शत्रुबीच तनाव कम गर्न संवाद प्रस्ताव गरेका थिए ।

भेनेजुएलाका दुई प्रमुख विपक्षी नेताहरूले अमेरिकाको नौसैनिक तैनाथीलाई समर्थन गर्दै यसलाई लोकतन्त्र पुनःस्थापनाका लागि महत्त्वपूर्ण भनेका छन् । ट्रम्पले दक्षिणी क्यारिबियनमा लागुऔषध विरोधी कारबाहीका लागि आठ युद्धपोत र एउटा पनडुब्बी पठाएका छन् । भेनेजुएलाले यसलाई सम्भावित आक्रमणको संकेतका रूपमा लिएको छ ।

अमेरिकी सेनाले हालै तीनवटा सन्दिग्ध लागुऔषध डुङ्गा नष्ट गरेको छ, जसमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।  भेनेजुएला सरकारले आइतबार मदुरोले ट्रम्पलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा मदुरोले लागुऔषध कार्टेलसँग संलग्न भएको अमेरिकी आरोपलाई ‘पूर्णतया झुटो’ भन्दै अस्वीकार रेमन थिए र ट्रम्पलाई ‘शान्ति कायम राख्न’ आग्रह गरेका थिए  ।

Hardik health

तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रमा ‘धेरै झुटहरू’ भएको बताए । उनले अमेरिकाको नीति परिवर्तन नभएको र मदुरो शासनलाई अझै ‘अवैध’ मानिएको स्पष्ट पारे । यो तैनाथी क्यारिबियन क्षेत्रमा वर्षौंयताकै सबैभन्दा ठूलो हो । मदुरोले ट्रम्पलाई शासन परिवर्तन प्रयासको दोषारोप गर्दै यो पहिलो पत्र भए पनि थप पठाउने बताए । उनले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा ‘भेनेजुएलाको सत्यको रक्षा’ गर्ने संकल्प व्यक्त गरे ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले अमेरिकामाथि ‘अघोषित युद्ध’ चलाएको आरोप लगाउँदै लागुऔषध डुङ्गामा सवारहरूलाई ‘रक्षाको अधिकार बिना मृत्युदण्ड दिइएको’ दाबी गरे । नगद सङ्कटमा परेको भेनेजुएलामा हजारौँ नागरिक मिलिसियामा सामेल भइरहेका छन् ।केही भेनेजुएलालीहरूले भने अमेरिकी कदमको स्वागत गर्दै मदुरोको पतन छिटो हुने अपेक्षा राखेका छन् । निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले सैन्य तैनाथीलाई ‘आपराधिक संरचना ध्वस्त पार्न आवश्यक’ भने ।

विपक्षी नेत्री मारिया कोरिना मचाडोले पनि यसलाई समर्थन गर्दै भेनेजुएलाका गिरोहहरू अमेरिकाको ‘सुरक्षा र स्थिरतामा बढ्दो खतरा’ भएको बताए । तर अर्का विपक्षी व्यक्तित्व हेनरिक क्याप्रिल्सले अमेरिकी हस्तक्षेपको विरोध गर्दै ‘समाधान सैन्य होइन, राजनीतिक हो’ भने । उनका अनुसार ट्रम्पका कदमहरूले उल्टै सत्तामा रहेकाहरूलाई बल पुर्‍याउने छन् ।

गत वर्ष मदुरोको विवादास्पद पुनःनिर्वाचनपछि हिंसात्मक प्रदर्शनमा दुई दर्जनभन्दा बढी मारिएका र सयौँ पक्राउ परेका थिए ।  विपक्षीहरूले नतिजाले मचाडोलाई प्रतिबन्ध लगाइएपछि उम्मेदवार बनेका गोन्जालेज उरुटियाले वास्तविक रूपमा जितेको दाबी गरेका छन् । गिरफ्तारीको डरले उनी स्पेनतर्फ भाग्नुभयो भने मचाडो अझै भेनेजुएलामै लुकेर बसेमन छन् । 
 


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP