Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
Search Here
विश्व
  • Home
  • विश्व
  • सुपर टाइफुन रागासा : फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी
सुपर टाइफुन रागासा : फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ६, २०८२

मनिला - सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई निकाल्ने तयारी थालेको छ । तटीय र तल्लो क्षेत्रका बासिन्दालाई आइतबार रातिदेखि नै सार्ने योजना बनेको हो ।

फिलिपिन्स मौसम सेवाका अनुसार दिउँसो ३ बजे (०७०० जिएमटी) टाइफुनले अत्यन्त कम जनसङ्ख्या भएको बाबुयान शृङ्खलाको कालायन टापुमा जमिन छोयो । दिउँसो २ बजेसम्म आँधीको केन्द्रमा दुई सय १५ किलोमिटर प्रतिघण्टा स्थिर हावा र दुई सय ९५ किलोमिटरसम्मका झट्कासहितको हावाको रिपोर्ट गरिएको थियो ।

“तीव्र हावाले झ्यालमा ठोक्किँदा स्विच अन भएको मेसिनजस्तो लाग्यो”, उत्तरी कागायन प्रान्तको अपार्रीका बासिन्दा तिर्सो तुगागाओले भने । प्रान्तीय विपद् प्रमुख रुएली राप्सिङले आफ्ना टोलीहरू ‘सबैभन्दा खराब’ अवस्थाका लागि तयारीमा रहेको बताए ।

Hardik health

मनिला र अन्य २९ प्रान्तमा विद्यालय तथा सरकारी कार्यालय बन्द भएका छन् । देशभर १० हजारभन्दा बढी मानिसलाई निकासी गरिएको छ । चीनतर्फ सेन्जेनमा ठूलो स्तरको सारसार गर्ने तयारी भइरहेको छ । तटीय र तल्लो क्षेत्रका बासिन्दालाई आइतबार रातिदेखि नै सार्ने योजना बनेको हो ।

गुआङ्डोङ प्रान्तका अन्य सहरहरूमा पनि कक्षा तथा कामकाज रोकिएको छ भने सार्वजनिक यातायात स्थगित गरिएको छ ।  हङकङस्थित क्याथे प्यासिफिकले पाँच सयभन्दा बढी उडानहरू रद्द गर्ने घोषणा गरेको छ । मङ्गलबार साँझ ६ बजेदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात अवरुद्ध हुने र बिहीबार दिउँसोतिर मात्र पुनः सुरु हुने बताइएको छ ।

ताइवानको मौसम सेवाले देशको पूर्वी भागमा ‘अत्यन्त मुसलधारे वर्षा’ हुने चेतावनी दिएको छ । करिब तीन सय २० किलोमिटर फैलिएको आँधीको दायरा अहिले नै टाढा भागसम्म असर गरिरहेको बताइएको छ । पिङटुङ नजिकैको पहाडी क्षेत्रमा निकासी कार्य भइरहेको स्थानीय अधिकारी जेम्स वुले जानकारी दिए ।

“क्षति दुई वर्षअघि टाइफुन कोइनु जस्तै हुने डर छ”, उनले युटिलिटी पोलहरू ढलेको र छाना उडेको विवरण दिँदै भने ।फिलिपिन्स मौसमविद् जोन ग्रेन्डर अल्मारियोले उत्तरी लुजोनमा ‘गम्भीर बाढी र भूस्खलन’ हुनसक्ने चेतावनी दिएका छन् । विगतका वर्षा नियन्त्रण आयोजना अपूरै रहेका वा बिग्रिएका कारण भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शनपछि आएको यो खतरा थप संवेदनशील बनेको हो ।

प्रशान्त चक्रवात बेल्टको अगाडि पर्ने फिलिपिन्समा वर्षैभर औसत २० वटा आँधीबेहरी वा टाइफुन आउने गर्छन् । यसले लाखौँलाई गरिबी र विपद्–जोखिममा पारिरहेको छ । वैज्ञानिकहरूले भने विश्व तातो हुँदै जाँदा मानवसृजित जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन् ।


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किमको प्रस्ताव : ट्रम्पसँगका ‘मनपर्ने सम्झना’, आणविक हातियारसहित अमेरिकी वार्तामा खुला
किमको प्रस्ताव : ट्रम्पसँगका ‘मनपर्ने सम्झना’, आणविक हातियारसहित अमेरिकी वार्तामा खुला सोमबार, असोज ६, २०८२
रोबोटिक गाडीमा फर्किँदै युक्रेनी सेना
रोबोटिक गाडीमा फर्किँदै युक्रेनी सेना सोमबार, असोज ६, २०८२
प्यालेस्टिनी राज्य वार्ताबाट मात्र सम्भवः जर्मनी
प्यालेस्टिनी राज्य वार्ताबाट मात्र सम्भवः जर्मनी सोमबार, असोज ६, २०८२
विश्व शान्तिका लागि तीन महादेशको साझा प्रतिबद्धता
विश्व शान्तिका लागि तीन महादेशको साझा प्रतिबद्धता सोमबार, असोज ६, २०८२
प्यालेस्टिनी राज्य नहुने इजरायली प्रधानमन्त्रीकाे चेतावनी
प्यालेस्टिनी राज्य नहुने इजरायली प्रधानमन्त्रीकाे चेतावनी सोमबार, असोज ६, २०८२
बंगलादेशमा डेङ्गुका कारण एकै दिन १२ जनाको मृत्यु
बंगलादेशमा डेङ्गुका कारण एकै दिन १२ जनाको मृत्यु सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP