Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • लुम्बिनी विश्वलाई नेपालको उपहार
लुम्बिनी विश्वलाई नेपालको उपहार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ६, २०७७
Hari Gopal copy
Hardik health

लुम्बिनी र पर्यटकहरुको लागि भ्रमण गर्ने स्थान

नेपाल विविध सभ्यता र संस्कृतिको संगम हो । यहाँ उत्खनन् र अन्वेषण गर्न सके विश्वलाई नै चकित पार्न सक्ने बौद्धिक खजानाहरु प्रशस्त फेला पार्न सकिन्छ भन्ने कुरा सबैलाई थाहा छ । त्यस्ता ठाउँमध्ये लुम्बिनी पनि एक हो । लुम्बिनी नाउँ स्मरणमा आइहाल्छ । लुम्बिनी कुनै स्थान मात्र होइन, अञ्चलको नाउँ पनि हो । हालको कपिलवस्तु जिल्लाले विश्वलाई उपहार दिएका गौतम बुद्धसँग गाँसिएको लुम्बिनी शब्दले तिलौराकोटजस्ता केही ठाँउहरुलाई मात्र सम्झाउँदैन, द लाइट एफ एसिया भन्ने उपाधि पाएका गौतम बुद्धप्रति हरेक नेपालीले गर्वित हुनुपर्ने परिस्थितिलाई पनि स्मरण गराउँछ । भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको पश्चिम तराई, रुपन्देही जिल्लामा पर्दछ । समुद्री सतहबाट १०० मिटरको उचाइँ रहेको यो क्षेत्र काठमाडौं ३२५ किलोमिटर दूरीमा रहेको छ र भैरहवा बजारबाट २३ किलोमिटर रहेको छ । कपिलवस्तुबाट २७ किलोमिटर नवलपरासीबाट ५० किलोमिटर दूरी रहेको पावन पूण्यभूमिमा बनेको लुम्बिनी नेपालमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनका क्षेत्रमा अत्यन्त महत्वपूर्ण गन्तव्यस्थल हो । लुम्बिनी करिब १२ सय विगाहा जग्गामा फैलिएको छ । कपिलवस्तु तिरौलाकोट दरबारबाट माइती देवदह जान हिँडेको मायादेवीले पुष्करिणी पोखरीको छेउमा आइपुगेपछि सिद्धार्थ जन्माएकी थिइन् । बुद्ध जन्म थलोमा मायादेवी मन्दिर छ । मन्दिर वरिपरि बिहारका भग्नावशेषहरु छन् । मन्दिरसँगै पुष्करिणी पोखरी छ । पिपल चौतारीमा बौद्धमन्त्र भिक्षुहरुले जपिरहेको प्राय जपिरहेका हुन्छन । मायादेवी मन्दिरसँगै अशोक स्तम्भ छ । मौर्य सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ बुद्ध जन्मस्थलको प्रमाण हो । यही लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भएको शिलालेखमा उल्लेख गरिएको छ । गौतमबुद्ध आमा मायादेवी सहाराका लागि दाहिने हातले रुखको हाँगा समातेकी छन् । देब्रेपट्टी उनकी बहिनी प्रजापति उभिएकी छन् भने दुईतिर देवगणले स्वागत गरिरहेको र शिशु र सिद्धार्थको मूर्ति बीचमा छ । बोधीबृक्षमुनि कपिलवस्तुका राजा शुद्धोधन र रानी मायादेवी पहिलो सन्तानका रुपमा सिद्धार्थ ईपू ५६३ बैशाख पूर्णिमाका दिनमा जन्मका थिए । सिद्धार्थको जन्मेको साता दिनपछि मायादेवीको स्वर्गारोहण भएको थियो । मायादेवीको मृत्युपछि सिद्धार्थको लालनपोषण सानीआमा महाप्रजापतिको रेखदेखमा हुर्केको थियो । सिद्धार्थको विवाह १६ वर्षको उमेरमा देवदहमा राजा दण्डपाणीकी पुत्री यशोधरासँग भएको थियो । सिद्धार्थका २८ वर्षको उमेरमा पुत्ररत्न राहुलको जन्म भएको थियो । पुत्रप्राप्त भएको सात दिनपछि सिद्धार्थ गौतमले दरबार छाडेर गएका थिए । जन्म होस् वा मृत्यु दुःख नै हो । मन परेको कुरा पाउनु झट्ट हेर्दा खुसीजस्तो लाग्नु पनि अन्ततः त्यो पनि दुःख नै हो । बैशाख पूर्णिमाका दिन जन्म हुनु, बैशाख पूर्णिमा दिन नै गौतम बुद्धले बोधिसत्व प्राप्त गर्नु, भिक्षु आनन्द तथा भक्तजनहरुसँग वार्ता गर्दागर्दै ८० वर्षको उमेरमा कुशीनगरपूर्णिमाका दिन बुद्धको स्वर्गारोहण भएको थियो । यस क्षेत्रलाई अहिलेको भन्दा व्यवस्थित बनाउन सके विश्वभरका धार्मिक पर्यटकहरुको ओइरो लाग्ने कुरामा कुनै शंका छैन । यही कुरा बुझेर यस स्थानको विकास गर्न धेरै वर्षअघिदेखि सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रशस्त प्रयासहरु भइरहेका छन् तैपनि सोचअनुसार कार्यान्वयन हुन सकेको छैन । मुलुकका लागि यो चिन्ताको विषय हो । जापान, बर्मा कोरियाजस्ता बुद्धधर्मावलम्बीहरुको बाहुल्य भएका मुलुकहरुले नेपाली लुम्बिनी क्षेत्रको विकासका लागि धेरै अघिदेखि पर्याप्त मात्रामा चासो देखाउँदै आएका छन् । युनेस्कोजस्ता अन्तर्राष्ट्रिय स्तरका ठूला संस्थाहरुको मात्र होइन, संयुक्त राष्ट्रसंघको ध्यान पनि लुम्बिनीमा पुगेकै छ । नेपालको सरकार, प्रजातान्त्रिक लोकतान्त्रिक सरकार लुम्बिनी क्षेत्रको उत्थानका लागि लागेका छन् । लुम्बिनी क्षेत्रको गुरुयोजनाको निर्माणकार्यदेखि अर्थ संकलन र विश्वव्यापी प्रचार प्रसारका लागि समेत सरकार लागेका छन् । हामीकहाँ सकारात्मक सोच र कार्यदक्षताको अभाव पनि छैन, हामीमा जोस जाँगर नभएको पनि होइन, आर्थिक अभावले काम हुन नसकेको पनि होइन, स्रोत साधन र जनशक्तिको कमी पनि छैन । त्यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय पर्यटकीय धार्मिक पर्यटन गन्तव्य स्थलका रुपमा लुम्बिनी क्षेत्रको विकास निर्माणका लागि किन काम हुन नसकेको हो, यो आश्चर्यको विषय भएको छ । विश्वको धार्मिक पर्यटनलाई हेर्ने हो भने लुम्बिनी विश्वकै बौद्ध धर्मावलम्बीहरुका लागि पहिलो रोजाइको धार्मिक पर्यटनस्थलका रुपमा पर्ने गरेको पाइन्छ । नेपालमा आउने बाह्य पर्यटकहरुमध्ये अधिकांश पर्यटकहरुको रोजाइमा लुम्बिनीको पर्यटन पनि पर्ने गरेको छ । हिन्दूधर्मावलम्बीहरु पनि लुम्बिनीको पर्यटनका निम्ति लालायित छन । पुरातात्विक र ऐतिहासिक महत्वको स्थलमा आधारमा पनि लुम्बिनीले सर्वस्विकृत मान्यता पाइआएको छ । इतिहासलाई वर्तमानसँग र वर्तमानलाई भविष्यसँग र वर्तमानलाई भविष्यसँग जोड्ने समयानुकूल कडीका रुपमा सुपरिचित लुम्बिनी इतिहास, राजनीति, धर्म संस्कृति, पुरातात्विक, प्राचीन भाषा, लिपी, अभिलेख, साहित्य र सभ्यता आदिको समायोजन भएको यस्तो अद्भूत स्थान हो जुनठाउँको अध्ययन जुनसुकै कोण, विधा र विषयबाट गर्न सकिन्छ । यस्तो ऐतिहासिक महत्वका, पुरातात्विक, बौद्धिक, धार्मिक र सांस्कृतिक खजानाहरु उपलब्ध हुने स्थल भएर पनि र कसैले उपेक्षामा पार्न नखोजेजस्तो लागे पनि लुम्बिनी उपेक्षाको सिकार भएको हो कि भन्ने शंका उठन थालेको छ । यो शंका निराधार हो भन्ने प्रमाणित गर्न अब ढिलो भइसकेको छ । लुम्बिनी अहिले पनि बृहत गुरुयोजनाको कार्यान्वनको पर्र्खाइमा छ । गुरुयोजना कार्यान्वित हुन सके नेपालको धार्मिक पर्यटनमा विस्तार हुनेछ र त्यसको असरबाट विश्वले अशान्त वातावरणबाट मुक्ति पाई शान्त वातावरणमा रमाउन पाउनेछ । गौतमबुद्ध विश्वका हरेक मानवलाई भाइचाराको दृष्टिले हेर्नुपर्ने र अहिंशाव्रतको पालना गर्नुपर्ने पाठ हरबखत सिकाइरहेका छन् । उनको जन्मस्थल हेरक बौद्धमार्गी र हिन्दूमार्गी मात्र होइन, जुनसुकै भूभागमा बस्ने हरेक व्यक्तिका लागि उत्तिकै आदरणीय, दर्शनीय, स्पर्शनीय र अभिपे्ररणीय छ । बुद्धको जीवनदर्शनलाई व्यवहारमा आत्मसात् गर्न सके विश्वका अशान्ति, कोलाहल र संघर्षहरु स्वतः समाप्त भएर जानेछन् । उनको सिद्धान्तलाई आत्मसात् गर्नका लागि पनि लुम्बिनीको भौतिक भ्रमण अपिरहार्य हुन्छ । स्थलगत भ्रमणले मानव मन प्रभावित हुने हुनाले मनका सम्पूर्ण बिकार हटाई मानव जातिको सर्वतोमुखी भलाइतर्फ मानवमनलाई उत्प्रेरित गराउन लुम्बिनीको भ्रमणले सघाउ पु¥याउनेछ । नेपालको लुम्बिनी क्षेत्र भनेको सम्पूर्ण विश्वलाई नेपालले दिएको अनमोल उपहार हो । यस्तो उपहारको संरक्षण गर्नु सबैको कर्तव्य हो । यस क्षेत्रबाट प्रेरित भएर मानव जातको भलाइका लागि विश्वको हरेक मानव लाग्न सक्छ । विश्वका सम्पूर्ण मानव जातिका लागि ऐतिहासिक र पुरातात्विक गौरवस्थलका रुपमा रहेको लुम्बिनी सधैँका लागि र सबैका लागि मानवतावादी प्रेरणाको स्रोत बनिरहनेछ भन्ने कुरामा कुनै शंका छैन । नेपालमा बौद्ध धर्ममा आवद्व जातजातिहरुमा शाक्य, बज्राचार्य, कंसाकार, ज्यापु, मानन्धर आदि र तामाङ, शेर्पा, थकाली, थारु, गरुङ, मगर आदिले बौद्ध धर्मलाई मान्छन् । नेपालको नोटमा लुम्बिनीको फोटो राखेर निकाल्न अति आवश्यकता भइसकेको छ । यो मात्र होइन नेपालको युनेस्कोबाट सूचीकृत १० स्थानहरु सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, चाँगुनारायण, स्वयम्भू, बौद्ध, काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्यवायर, ललितपुर दरबार स्क्वायर, सौराहआदिका फोटोहरु अंकित गरी नेपालको नोट र हुलाक टिकटहरु निकाल्न अति जरुरी भइसकेको छ । लुम्बिनी महत्वपूर्ण धार्मिक केन्द्रको रुपमा बुद्धको परिनिर्वाणको लगत्तै स्थापित हुनु पुगेको थियो । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुक्षेत्र इसापूर्व २४५ देखि १९७६ बीच पाँचवटा स्तम्भहरुले त्यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराएको छ । लुम्बिनी अशोक स्तम्भ (माया देवी मन्दिर) परिसरसँगै रहेको छ । लुम्बिनी महेन्द्र स्तम्भ लुम्बिनी उद्यानका बगैंचासँगै, लुम्बिनी केशर स्तम्भ (राणा वंशका केशर समसेरलाई पुरातात्विक रुची रहेकोले १९३६–३९ बीच तिलौराकोट बगैँचाभित्र इँट्टाको स्तुपा बनाएको थियो । निग्लीहवाको अशोक स्तम्भ सम्राट अशोकको चौँथौ राज्याभिषेकको उपलक्ष्यमा तौलिहवाबाट ७ किलो पर निग्लिहवा र यो गोटिहवाको स्तम्भस्थित रहेको छ । लुम्बिनीमा धर्मयात्राको पहिलो गन्तव्य बनाएको सम्राट अशोकले बुद्ध जन्मोत्सव बैशाख पूर्णिमाका दिन त्यहाँ स्तम्भ ठड्याउन लगाएका थिए । बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वसामु परिचित गराउन व्यक्तिगत प्रयास गर्ने नेपालीहरु पनि बढेर गएका छन् । पवित्र स्थानहरुमध्ये चार स्थानलाई मानिन्छ र ती मध्ये बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा पर्दछ भने अन्य तिन स्थान पवित्र स्थान भारतमा पर्दछ । सन् १८९५ मा जर्मन पुरातत्व सर्भेयर ङ्खयुहररले तिलौराकोट पुरातात्विक स्थल भएको पत्ता लगाएपछि सन् १८९९ मा भारतको तत्कालीन ब्रिटिस सरकारको पालामा सर्भे अफ इन्डियाका तर्फबाट पहिलोपटक तिलौराकोटको उत्खनन् गर्दा भारतका पुरातत्वविद पूर्णचन्द्र मुखर्जीले राजा शुद्धोधनको दरबार र शाक्य राजाको राजधानी तिलौराकोट भएको ठोकुवा गरेका थिए । सन् १९६७ देखि १९७२ सम्म उत्खनन् गरेको तारानन्द मिश्र र त्यसपछि उत्खनन् गरेको बाबुकृष्ण रिजालले पनि शाक्य राजाको राजधानी तिलौराकोट नै भएको पत्ता लगाएका थिए । सन् १९९७– १९९९ मा युनेस्को मिसनले रविन कनिङघमको नेतृत्वमा कोषप्रसाद आचार्य र वसन्त बिडारीसहितको टोलीलाई उत्खनन् गर्न लगाएको थियो । त्यस बेला फेला पारिएको पुरातात्विक तथा ऐतिहासिक सामग्रीले र सन् २००५ र २००६ मा पुरातत्व विभागले गरेको सुरक्षा किल्ला पर्खालको उत्खनन्बाट पनि तिलौराकोटमा राजा शुद्धोधनको दरबार रहेको पुष्टि भइसकेको छ । युनेस्को मिसनबाट उत्खनन् गरिँदा तिलौराकोट बुद्धको जन्मस्थल भएको पत्ता लागेपछि सन् १९९७ मा नै लुम्बिनीलाई युनेस्कोले नेपालको विश्वसम्पदा सूचिमा समावेश गरिसकेको हो । लुम्बिनी क्षेत्रको अनुसन्धान गर्ने अझै जारी छ । पछिल्लोपटक बेलायतको दुर्हाम विश्वविद्यालय, युनेस्को काठमाडौं, नेपालको पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्हरुले तीन वर्ष लगाएर त्यस क्षेत्रको अध्ययन गरेका थिए । जापानी फन्ड एन्ड ट्रस्ट नामक संस्थाको आर्थिक सहयोगमा टोलीले मायादेवी मन्दिर उत्खनन् गरेको थियो । त्यहाँ अध्ययन गर्दा लुम्बिनीमा बुद्ध जन्मनुभन्दा झन्दै सात सय वर्षअघि नै त्यहाँ मान्छेको बसोबास रहेको ऐतिहासिक तथ्य फेला परेको छ । मायादेवी मन्दिर र गुम्बामा काठबाट निर्मित संरचना र उत्खनन्मा भेटिएका प्रमाण ईसापूर्व छैटौँ शताब्दीमा रहेको वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेको छ । उत्खनन्मा भेटिएका इँटा, घर बनाउँदा गाडिएका काठ, अँगार, माटाका भाँडाका टुक्रा, भत्केका स्तुप, इनारलगायत सामग्री ३ हजार ३ सय वर्ष पुराना रहेको पाइएको छ । त्यहाँ भेटिएका वस्तुहरुको परीक्षण प्रयोगशालामा गरिएको थियो । लुम्बिनीको उत्खनन् र अध्ययन सन् १९६० देखि नै थालिए पनि यसअघि यस्ता प्रमाणहरु भेटिएका थिएनन् । यसबाट बुद्ध जन्मनुभन्दा ७ सय वर्षअघि नै त्यहाँ मानववस्ती रहेको तथ्य फेला परेको छ । लुम्बिनीमा रहेको सम्राट अशोकले गाडेको शिलास्तम्भबाट बुद्ध जन्मनुभन्दा करिब ५ सय वर्ष नै त्यहाँ बस्ती रहेको अनुमान गरिएकोमा अहिले ७ सय वर्ष पुरानो बस्ती रहेको प्रमाण भेटिएकोले नेपालका लागि यो अत्यन्त महत्वको विषय बनेको छ । लुम्बिनी क्षेत्रभित्र विभिन्न ३५ राष्ट्रहरुले आफ्नै शैलीका मोनाष्ट्री (गुम्बा) बनाएका छन् । विश्वभरका बौद्ध धर्मावलम्बीले एकपटक लुम्विनी दर्शन गर्न इच्छा राख्दछन् तर धर्मावलम्बीहरुलाई लुम्बिनीमा ल्याउने वातावरण तयार गर्न नसक्नु, हाम्रो प्रमुख कमजोरी हो । जसरी विश्वभरका मुसलमानहरुलाई एकपटक मक्का मदिना पुग्नै पर्ने ठूलो तस्र्थ यात्राको रुपमा विश्वास राख्दछन् र सो ठाउँमा हज गर्न जाने उनीहरुको ठूलो उद्देश्यका साथ भविष्यमा मिलाएर जाने वातावरण राखेको हुन्छ । लुम्बिनी (मायादेवी) मन्दिर र पुष्करिणी पोखरीको परिसरमा राम्रो खालको बल्बहरु राखी झिलीमिली पारेमा अझ राम्रो हुने थियो । हरेक पूर्णिमामा हुने दीप प्रज्ज्वलन लुम्बिनीको अर्को अकार्षण केन्द्र हो । लुम्बिनीभित्र रहेका हरेक सम्पूर्ण देवालयहरुलाई सधैँ बत्ती तथा फोकसलाइट बत्तीहरु राखी सधैँ झिलीमिली बनाइदिए साँझपख पनि यस्को आकर्षण बढने थियो । प्राय भारतीय पर्यटकहरु दिनभरि घुमेर साँझपख फर्किने हुँदा साँझ रातिमा ‘लाइट एन्ड साउन्ड सो’ को व्यवस्था गरी थप सांस्कृतिक महत्व तथा रोजगारी तथा अर्थ आर्जनमा योगदान हुने कुरामा दुईमत छैन । लुम्बिनी क्षेत्र घुम्न टुकटुकी, रिक्सा, साइकल, मोटरसाइकल भाडमा पाइन्छ र साथै गाइडहरु पनि पाइन्छ । लुम्बिनी बिहानदेखि साँझसम्म सबै मठमन्दिर, गुम्बाहरु एकै दिनमा हेर्न सकिन्छ । लुम्बिनीभित्र २–३ दिन बसी हेर्न गुरु योजना केही छैन । साँझ बेलुकीपख रमाउने वातावरण, योजनाहरु, ध्यान, पूजाहरुमा सहभागी हुन, सात्विक मनोरञ्जनात्मक वातावरण राखी दिएमा २–३ लुम्बिनीमा रमाउने वातावरण बन्ने सक्थ्यो । लुम्बिनीमा पर्यटकहरु २–३ दिन बसाइँ लम्ब्याउने वातावरण नै छैन । सुविधा सम्पन्न संरचना पार्क, बौद्ध दर्शन, कला, संस्कृति सम्बन्धी प्रस्तुतिहरु बौद्धपूजा, ध्यानजस्ता सामान्य रुपमा रहेको हुँदा पर्यटकहरुले त्यहाँ धेरै रात नबिताउनु मुख्य कारण यही हो । लुम्बिनीभित्र ५ कि.मि.को वरिपरि मात्र भ्रमण गर्ने पर्यटकहरु १० प्रतिशले मात्र तिलौराकोट, देवदह दरबार, रामग्रामता, कुदान, गोरिहवा, प्राचीन स्तुप भ्रमणमा जाने गर्दछन् । लुम्बिनीलाई राम्रोसँग भ्रमण गर्ने ३ रात बस्नु पर्दछ, लुम्बिनी र तिलौराकोट क्षेत्र घुम्न भ्याइन्छ । लुम्बिनी उद्यानबाहिर ठूला सानाहरु १००औँ होटलहरु प्रशस्त रहेको छ । लुम्बिनीमा होटलहरुको बास, खाना, सा¥है महँगो भएको कारणले गर्दा केही राष्ट्रहरुले बनाएको गुम्बाभित्र ३ छाक खाना, बास आदिको न्यूनतम मूल्य मात्र लिने गरेको छ भने बाहिरका होटलहरुले साधारण खानाको नै पाँच गुणा बढी लिन्छन् । न्यूनतम मूल्यमा बास, खाना आदि पाइएमा आन्तरिक पर्यटकहरु नै प्रशस्त हुन्थ्यो । लुम्बिनी, भ्रमण गर्न आउने पर्यटकलाई नेपाल–भारतमा नाकामा भैरहवा बजार र भैरहवा एयरपोर्टमा लुम्बिनीबारे कुनै कतै केही जानकारीसमेत हुँदैन ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १३:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP