काठमाडौं- सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका असोज मसान्तभित्र गर्नुपर्ने भएको छ । सरकारले व्यवस्था संशोधन गरी समयावधि बढाएर हो ।
यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरेको छ ।
सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत् सरकारले यस्तो व्यवस्था ल्याएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
‘सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ( को उपनियम (१) मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्’, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।