Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सडक सुरक्षामा सरकारको ध्यान पुगोस्
सडक सुरक्षामा सरकारको ध्यान पुगोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ६, २०८२

दसैं सुरु भएसँगै सहरी बजार ‘भाइब्रेन्ट’ हुने छाँट देखिन्छ । किनमेलका लागि देशभरबाट काठमाडौं ओइरने क्रम पनि बढ्दो छ । किनमेल गर्न आउने र गाउँ जानेको लर्कोले प्रमुख राजमार्गहरुमा सवारीको चाप बढ्दो छ । यस्तै आउजाउका कारण राजमार्गहरु व्यस्त हुने समय हो यो । अर्को विषय पर्यटक भित्रने याम पनि हो यो । तर वर्षाका कारण सडक भने निरन्तर अवरुद्ध हुन थालेको छ । शनिबार बिहानैबाट मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध हुँदा यात्रीले सास्ती खेप्‍नुपर्‍याे। एक त निरन्तर वर्षा, अर्को पूर्वपश्चिम जाने सुरक्षित सडकको विकल्प नहुनु । 

पहिरो खस्दा पनि एकछिन नरोकी खोल्नुपर्ने बाध्यता छ । आइतबार केही बेर खुला गरेको तुइन खोलाको सडक पहिरो खस्न थालेपछि साँझ ८ बजेबाट पूर्णरुपमा बन्द भएको छ । मनसुन सक्रिय भएकाले पूर्व जाने बिपी राजमार्गमा रातिमा सवारी आवागमन बन्द गरिएको छ । अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ८ः०० देखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गमा सवारीसाधन आवागमनमा रोक लगाइएको हो । यसले पनि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी चाप बढाएको थियो ।

कोशी राजमार्गको सखुंवासभास्थित भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षापछि सडक पूर्णरूपमा बिग्रिएको छ । सिद्धिचरण लोकमार्गको उदयपुरको कटारी नगरपालिकारू–८ को सिरिरेमा सडक अवरुद्ध भयो । रसुवागढीमा नेपाल–चीन जोड्ने पुल बाढीले बगाए पनि अझै पुनर्निर्माण हुन सकेको छैन, जसले गर्दा अझैसम्म पूर्णरूपमा यो सडक अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पर्ने कोदारी र सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित डाक्लाङमा पहिरोका कारण सडक पूर्णअवरुद्ध रहेको छ । जाजरकोट–डोल्पा खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ भिरकुनास्थित जाजरकोट–डोल्पा खण्डमा माथिबाट ढुंगा, माटोसहितको सुक्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ । त्यस्तै, म्याग्दी बेनी–दरवाङ खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । 

Hardik health

निरन्तर वर्षाले माटो खुकुलो बनाएपछि पहिरो खस्ने र जमिन भासिने गर्छ । यस्तो विषयमा सडक विभागदेखि सम्बन्धित निकायले विशेष ध्यान पु¥याउनैपर्छ । यस्तै चापको बेला दुर्घटना हुने सम्भावना बढी रहन्छ । यसैका लागि सरकारले सुरक्षाका योजनाहरु अघि बढाउने र रातको समयमा सडक बन्द गर्नुपर्छ । पहिरोग्रस्त क्षेत्रमा सावधानीपूर्वक पहिरो पन्छाएरमात्र यातायात सञ्चालन गरेमा सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ ।
 


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP