Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • प्राधिकरणबाट शाक्यलाई हटाइयो, पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोग गठन 
मन्त्रिपरिषद्को निर्णय प्राधिकरणबाट शाक्यलाई हटाइयो, पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोग गठन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ६, २०८२
  • जेन–जी आन्दोलनमा भएका दमनको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन
  • नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा, मनोज सिलवाल प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त
  • ओली सरकारले अघि बढाएको तीन करोडभन्दा कमका टुक्रे योजना रोक्का
  • जेन–जी आन्दोलनबाट सिर्जित असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठानका लागि राहत कार्यक्रम 
  • जेन–जी आन्दोलनका कारण आगजनी र तोडफोड भएका वस्तुहरू पुनः आयात गर्नुपर्दा निश्चित प्रतिशत भन्सार छुट दिने व्यवस्थासहितको पुनरुत्थान योजना
  • ध्वस्त भएका संरचना पुनर्निर्माण गर्न आवश्यक वस्तु आयातमा ५० प्रतिशत छुट

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ । शाक्यको ठाउँमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक इञ्जिनियर मनोज सिलवाललाई नियुक्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणबाट शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको हो । ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ,’ आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री अर्यालले भने । आयोगमा शाक्यका लागि विशिष्ट श्रेणीको पद सिर्जना गरिएको बताइएको छ ।

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गत ११ चैतमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो । निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा तत्कालीन मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको थियो । जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारमा घिसिङ ऊर्जामन्त्री छन् । उनै घिसिङको सिफारिसमा सुशीला कार्की नेतृत्वको सरकारले शाक्यलाई पदबाट हटाएको हो ।

आफूलाई पदबाट हटाएसँगै शाक्य सर्वोच्च अदालत जाने तयारीमा छन् । यद्यपि, अदालत भने दसैंतिहारसम्मै बन्द हुने बताइएको छ । शाक्यलाई हटाइएपछि ऊर्जामन्त्री घिसिङ पूर्वमन्त्री दीपक खड्काकै पथमा लागेको भन्दै आलोचना सुरु भएको छ ।

Hardik health

उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन
सरकारले भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको क्रममा भएको दमन, तोडफोड र आगजानीबारे अध्ययन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा समिति गठन भएको गृहमन्त्री अर्यालले बताए ।

बैठकपछि मन्त्रिपरिषद्का निर्णय सुनाउँदै उनले आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको बताए । आयोगको कार्यावधि तीन महिना रहेको उनले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा एआइजी डा. मनोजकुमार केसीलाई जिम्मेवारी दिइएको पनि उनले बताए । 

यसैगरी सरकारले प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीबाट भएको क्षतिको मूल्यांकन गर्न राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिएको छ । ‘राष्ट्रिय योजना आयोगको नेतृत्वमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सम्बन्धित मन्त्रालय, जेन–जीका विषयविज्ञ प्रतिनिधिसमेत राखेर ४५ दिनभित्र क्षतिको मूल्यांकन नेपाल सरकारलाई बुझाउने,’ अर्थमन्त्री रामेश्वर खनालले भने ।

तीन करोडभन्दा कमका टुक्रे योजना रोक्का
सरकारले तीन करोडभन्दा कम रकमका टुक्रे आयोजनाहरूमा विनियोजन गरिएको रकम तत्कालका लागि रोक्का राख्ने निर्णय गरेको छ । ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा परेका यस्ता योजनाहरुलाई रोक्का गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जनमनरी दिए ।

राजनीतिक दबाबमा राखिएका आयोजनाहरूका लागि छुट्याइएको रकम पनि रोक्का गरिएको छ । ‘खर्च कटौत िगर्न तीन करोड रुपैयाँभन्दा कमका टुक्रे आयोजना र तीन करोड रुपैयाँभन्दा माथिका आयोजना बैंकमा प्रविष्ट नगरेका वा पछि प्रविष्ट गराएका र राजनीतिक दबाबमा प्रविष्टी गराएका आयोजनाहरु अर्थ मन्त्रालयको सूचना प्रणालीमा अभिलेख भएकासमेत १२० अर्ब रुपैयाँ चालु खर्चसमेत बच्न सकिने देखिएकोले त्यो रोक्का राखेको छ,’ मन्त्री खनालले भने ।

यो रकम निर्माण व्यवसायीको बाँकी भुक्तानी गर्न र राष्ट्रिय महŒवका आयोजनामा खर्च गर्न सकिने उनले बताए । यसले निर्माण व्यवसायीको सम्मान हुने, अनावश्यक आयोजना कटौती हुने र बचेको रकम राष्ट्रिय महŒवका प्राथमिकताका ठूला आयोजनामा द्रुत गतिले काम अगाडि बढाउन खर्च गरिने निर्णय भएको अर्थमन्त्री खनालले स्पष्ट पारे ।

त्यसैगरी, मन्त्रिपरिषद्ले देशमा कुनै पनि प्राकृतिक वा अन्य विपद्बाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माण गर्नका निम्ति ‘पुनर्निर्माण कोष’ खडा गर्ने निर्णय गरेको छ । यो कोषमा नेपालभित्र र नेपालबाहिर रहेका नेपालीहरूले इच्छाअनुसार योगदान गर्न सक्ने छन् । साथै, बैंक तथा वित्तीय संस्थाहरू र औद्योगिक सिएसआर (संस्थागत सामाजिक उत्तरदायित्व)को रकम पनि यस कोषमा राख्न पाइने छ । सिएसआरको रकम राख्दा कर सिटमा कटौती गर्न पाउने प्रबन्धसहितको यो कोष हुने जानकारी दिइएको छ । यस कोषको सञ्चालन र व्यवस्थापनका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ गठन गर्ने निर्णयसमेत भएको अर्थमन्त्री खनालले बताए ।

कर तिर्ने म्याद थपियो, व्यवसायीलाई राहत
सरकारले जेन–जी आन्दोलनका कारण क्षति पुगेको उद्यम व्यवसायलाई पुनरुत्थानका लागि ‘रिकभरी’ योजना घोषणा गरेको छ । सरकारले आगजनी र तोडफोडमा परेका व्यापार व्यवसाय पुनः सक्रिय गराउन कर्जाको पुनर्संरचना, सस्तो ब्याजदरमा कर्जा तथा बिमा दाबीको ५० प्रतिशत अग्रिम भुक्तानीदेखि कर तिर्ने समय थपिदिनेसम्मका व्यवस्था ल्याएको हो ।

‘जेन–जी आन्दोलनको क्रममा सिर्जना भएका असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्न नेपाल सरकारले नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरुमार्फत राहत कार्यक्रम सुरु गर्ने,’ अर्थमन्त्री खनालले भने ।

जेन–जी आन्दोलनका कारण आगजनी र तोडफोड भएका वस्तुहरू पुनः आयात गर्नुपर्दा निश्चित प्रतिशत भन्सार छुट दिने व्यवस्थासहितको पुनरुत्थान योजना पनि सरकारले ल्याएको छ । त्यस्तै, मौज्दातमा रहेको सामान क्षति भएकोमा त्यसको बिमा भएको रहेनछ भने त्यस्तो मौज्दातलाई कट्टी गरी कर प्रयोजनका लागि खर्च लेख्न पाउने व्यवस्था पनि गरिएको छ । 

ध्वस्त भएको संरचना पुनर्निर्माण गर्न आवश्यक वस्तु आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय मन्त्रिपरिषद्बाट भएको मन्त्री खनालले बताए । अर्थ मन्त्रालयले यसअघि नै मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा शुल्क र विलासिता शुल्कको विवरण र कर रकम तिर्ने समय २५ असोजसम्म लम्ब्याइसकेको छ । २५ भदौमा पेस गर्नुपर्ने कर विवरण र तिर्नुपर्ने करको समय एक महिना बढाइएको छ ।

 

थपिँदै पाँच मन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जनालाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् । विभिन्न समूहसँगको छलफलपछि उनले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, तत्कालीन राज्य पुनर्संरचना आयोगका संयोजक डा. मदन परियार, अतिरिक्त सचिव संगीता कौशल मिश्रा र पत्रकार जगदीश खरेललाई मन्त्रीमा सिफारिस गरेकी हुन् । 

सिन्हालाई कानुन तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि सुधारसहितका मन्त्रालय दिने तयारी छ । यस्तै पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, डा. मिश्रालाई स्वास्थ्य तथा जनसंख्या, खरेललाई सञ्चार तथा सूचना प्रविधि र डा. परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । पाँचै जना मन्त्रीको शपथ आज हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

खरेल इमेज टेलिभिजनका प्रमुख हुन् भने डा. मिश्रा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएर मन्त्री बन्न लागेकी हुन् । कांग्रेस नेता प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुँदा उनी मन्त्रालयको सचिवका आकांक्षी थिइन् । आफू मधेसी मुलकी भएकै कारण सचिव पद नदिएको भन्दै उनी असन्तुष्ट बन्दै अवकाशअघि नै बिदामा बसेकी थिइन् । 

यसैगरी शिक्षामन्त्री बन्न लागेका पुन राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष हुन् । उनी म्याग्दीको दुर्गम क्षेत्रमा पहिलोपटक ताररहित इन्टरनेट सञ्चालन गरेर चर्चामा आएका थिए । त्यसपछि पुनले म्यागासेसे पुरस्कारसमेत पाएका थिए । पछिल्लो समय उनी आफ्नो पुस्तक बेच्न देशका विभिन्न स्थानमा आफैं खटिएर चर्चामा थिए । उनले पुस्तक बेचेर करोडौं रकमसमेत संकलन गरेका छन् । उक्त रकम वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा खर्च गर्ने उनको तयारी छ ।   

कृषिमन्त्री बन्न लागेका डा. परियार समता फाउन्डेसनका अध्यक्ष हुन् । वरिष्ठ जलवायु तथा कृषिविज्ञ डा. परियारले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए । कानुनमन्त्री बन्न लागेका सिन्हा सर्वोच्च अदालतमा पूर्वन्यायाधीश हुन् । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए ।

भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले यसअघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद् विस्तारसँगै अब कार्की मन्त्रिपरिषद् नौ सदस्यीय हुने  भएको छ ।
 


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का बिहीबार, पुस १०, २०८२
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना बिहीबार, पुस १०, २०८२
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज बिहीबार, पुस १०, २०८२
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै बिहीबार, पुस १०, २०८२
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा बिहीबार, पुस १०, २०८२
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण बिहीबार, पुस १०, २०८२
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP