Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
विश्व
  • Home
  • विश्व
  • लोकतन्त्रका लागि १६० माइल पदयात्रा वासिङ्टनमा सम्पन्न
लोकतन्त्रका लागि १६० माइल पदयात्रा वासिङ्टनमा सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ५, २०८२

 वासिङ्टन- करिब दुई सय जनाले १४ दिनको अवधिमा फिलाडेल्फियाबाट सुरु गरेको लोकतन्त्रको समर्थनमा गरिएको एक सय ६० माइल लामो पदयात्रा शुक्रबार वासिङ्टन डिसीमा सम्पन्न भएको छ ।

बालबालिकादेखि वृद्धसम्म सहभागी ‘वि आर अमेरिका’ का सदस्यहरू राजधानीमा आइपुग्दा समर्थक र काङ्ग्रेस सदस्यहरूले आलिङ्गन र जयजयकारसहित स्वागत गरे । उनीहरू थकित भए पनि उत्साहित देखिन्थे ।पदयात्राको उद्देश्य सरकारी निकायहरूमा हुने सामूहिक गोलीबारी, डिस्ट्रिक्ट अफ कोलम्बियाको कानून प्रवर्तनमाथि सङ्घीय नियन्त्रण र ट्रम्प प्रशासनसहित नेताहरूका विवादास्पद गतिविधिबारे जवाफदेही बनाउन सशक्त आन्दोलन निर्माण गर्नु थियो ।

फिलाडेल्फियाबाट सुरु भएको यात्रा नेवार्क, विल्मिङ्टन र बाल्टिमोर हुँदै वासिङ्टन पुगेको हो । बाटोमा सहभागीहरूलाई चर्च र स्थानीय घरहरूमा बस्ने व्यवस्था मिलाइएको थियो । एक रात भने सहभागीहरू बाहिरै शिविर लगाएर बास बसेका थिए ।संस्थापक म्यागी बोहाराले यात्राका क्रममा भेटिएका समुदायहरूले दिएको सहयोगबारे भन्नुभयो, “हामी जुन कुरामा विश्वास गर्छौं, त्यसमा अरू पनि हामीसँग छन्, हामी एक्ला छैनौँ भन्ने यसले देखाउँछ ।”

Hardik health

असी वर्षीया डायने शॉ–कमिन्स आफ्ना छोरा टेड रेग्नडसँगै पदयात्रामा सहभागी भए । उनले भने, “म मेरा नातिनातिनाहरू, मेरा बच्चाहरू र अमेरिकामा बस्ने सबैका लागि अझ राम्रो चाहन्छु ।”पदयात्रामा सहभागीहरूलाई सम्बोधन गर्दै टेक्सासका प्रतिनिधि अल ग्रीनले यस पदयात्रालाई सन् १९६५ को ‘ब्लडी सन्डे’ मार्चसँग तुलना गरे । उनले भने, “तपाईँहरूले एक सय ६० माइल पदयात्रा गर्नुभयो र आज वासिङ्टन, डिसीमा एडमन्ड पेटस ब्रिजको क्षण पुनः जिवन्त बनाउनुभयो ।”

पदयात्रामा सहभागीहरूले बालबालिकाले तयार पारेको अमेरिकी संविधानको प्रतिलिपि बोकेका थिए, जुन उनीहरूले वासिङ्टनमा आइपुगेर सिनेटर क्रिस भ्यान होलेनलाई उपहार दिए । संस्थापक एमजे ट्युनका अनुसार संविधान बोकेर निर्वाचित प्रतिनिधिहरूलाई विदेशी वा घरेलु दुश्मनबाट देशलाई रक्षा गर्ने शपथ सम्झाउनु नै उद्देश्य थियो । उनले भने, “हामीले यो पदयात्रामार्फत समुदायको भावना जगाउने कोसिस गरेका हौँ । अहिंसात्मक दीर्घकालीन आन्दोलन टिकाउन समुदाय अत्यावश्यक छ, यही हाम्रो अन्तिम लक्ष्य हो ।”
 


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छ : आइएमएफ प्रमुख
एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छ : आइएमएफ प्रमुख शुक्रबार, असोज ३१, २०८२
मलेसियामा अपराध दरमा वृद्धि
मलेसियामा अपराध दरमा वृद्धि शुक्रबार, असोज ३१, २०८२
जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस
जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस शुक्रबार, असोज ३१, २०८२
दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि
दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि शुक्रबार, असोज ३१, २०८२
स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी
स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी शुक्रबार, असोज ३१, २०८२
जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको स‌ंकेत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना
जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको स‌ंकेत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना शुक्रबार, असोज ३१, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP