Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
विश्व
  • Home
  • विश्व
  • संयुक्त राष्ट्रसङ्घ बहसअघि बेलायत र पोर्चुगलद्वारा प्यालेस्टाइनलाई मान्यता
संयुक्त राष्ट्रसङ्घ बहसअघि बेलायत र पोर्चुगलद्वारा प्यालेस्टाइनलाई मान्यता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ५, २०८२

एएफपी- संयुक्त राष्ट्रसङ्घ बहसअघि बेलायत र पोर्चुगलद्वारा प्यालेस्टाइनलाई मान्यता दिने भएको छ ।  आइतबार प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरेकाे हाे ।

संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे हुने प्रमुख बहसको एक हप्ताअघि बेलायत र पोर्चुगलले आइतबार प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्ने भएकाे छ । सन् २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामाथि तीव्र आक्रमण चलाएको थियो । यसका कारण लामो समयदेखि इजरायलका सहयोगी रहँदै आएका धेरै राष्ट्रहरू हालै आफ्ना नीतिमा परिवर्तन गर्न बाध्य भएका छन् । घेराबन्दीमा परेको गाजाले ठूलो विनाश, मृत्यु र खानाको अभावका कारण गम्भीर मानवीय सङ्कट भोगिरहेको छ ।

यसैबीच, विश्व नेताहरू यो हप्ता न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको बहसमा सहभागी हुनेछन् । बहसमा दुई–राज्य समाधान मुख्य एजेन्डा हुनेछ । करिब १० राष्ट्रले निकट भविष्यमा प्यालेस्टाइनलाई मान्यता दिने अपेक्षा गरिएको छ । बेलायती मिडियाले प्रधानमन्त्री किर स्टार्मरले आइतबार नीति परिवर्तनको घोषणा गर्ने जनाएका छन्  । यद्यपि यसबारे इजरायलले कडा आपत्ति जनाएको छ । स्टार्मरले जुलाईमै यदि संयुक्त राष्ट्र महासभा सुरु हुनुअघि इजरायलले हमाससँग युद्धविरामतर्फ ठोस कदम नचाले बेलायतले प्यालेस्टाइनलाई मान्यता दिनेछ भन्दै चेतावनी दिनुभएको थियो । उनले यो कदमले ‘दुई–राज्य समाधानका लागि अधिकतम प्रभाव पार्ने उचित क्षणमा शान्ति प्रक्रियामा योगदान पुर्‍याउने’ बताएका  थिए । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उहाँलाई ‘राक्षसी आतङ्कवादलाई पुरस्कृत गर्ने’ आरोप लगाएका  थिए ।

Hardik health

पोर्चुगलको विदेश मन्त्रालयले पनि आइतबारै मान्यता दिने घोषणा गर्ने जनाएको छ । लिस्बनले यसअघि नै गाजाको मानवीय सङ्कट र इजरायलको कब्जा गर्ने धम्कीलाई कारण देखाउँदै आफ्नो अभिप्राय सार्वजनिक गरेको थियो । यसबीच, इजरायलले गाजामा बमबारी जारी राखेको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित भोक निगरानीकर्ताले क्षेत्रका केही भागमा अनिकाल घोषणा गरेका छन् । इजरायली सेनाले गाजा सहर कब्जा गर्न ‘अभूतपूर्व बल’ प्रयोग गर्ने चेतावनी दिएको छ । फ्रान्स र क्यानाडा पनि आगामी संयुक्त राष्ट्र बैठकमा प्यालेस्टाइनलाई मान्यता दिने तयारीमा रहेका छन् । तर इजरायलले यस कदमको कडा विरोध गर्दै पश्चिम किनारलाई विलय गर्ने धम्की दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने,‘विश्वले इजरायलको प्रतिशोधको जोखिमबाट डराउनुपर्ने छैन ।’ आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय १९ जना मारिएका थिए ।  गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणमा हालसम्म कम्तीमा ६५ हजार दुई सय आठ जनाको मृत्यु भएको छ, जसमा अधिकांश सर्वसाधारण रहेका छन् ।


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छ : आइएमएफ प्रमुख
एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छ : आइएमएफ प्रमुख शुक्रबार, असोज ३१, २०८२
मलेसियामा अपराध दरमा वृद्धि
मलेसियामा अपराध दरमा वृद्धि शुक्रबार, असोज ३१, २०८२
जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस
जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस शुक्रबार, असोज ३१, २०८२
दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि
दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि शुक्रबार, असोज ३१, २०८२
स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी
स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी शुक्रबार, असोज ३१, २०८२
जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको स‌ंकेत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना
जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको स‌ंकेत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना शुक्रबार, असोज ३१, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP