काठमाडाैं - मनसुन अवधिभर बिपी राजमार्ग रातिको समयमा बन्द रहने भएकाे छ ।
मनसुन सक्रिय भएकाले वर्षात्का कारण विपद्को घटना हुन नदिनका लागि बिपी राजमार्गमा रातिमा सवारी आवागमन बन्द गरेकाे प्रहरीले जनाएको हाे ।
अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ८ः०० देखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गमा भाडाका सवारीसाधन आवागमनमा रोक लगाइएको हो । अन्य निजी सवारीसाधन सञ्चालन रहेको प्रहरीले जनाएको छ ।