Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जेन–जी आन्दोलनको ‘म्याण्डेट’मा केन्द्रित होऊ
जेन–जी आन्दोलनको ‘म्याण्डेट’मा केन्द्रित होऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ५, २०८२

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको प्रमुख कार्यभार हो, प्रतिनिधिसभा निर्वाचन सम्पन्‍न गर्नु । जसअनुसार निर्वाचनको मितिसमेत तोकिसकिएको छ । जेन–जी आन्दोलनको बलमा बनेको कार्की सरकारलाई राज्यसत्ताबाट विस्थापित दलहरुलाई विश्वासमा लिएर चुनाव सम्पन्न गर्नु निकै चुनौतीपूर्ण हुने निश्चित छ । त्यसैले दलहरुलाई विश्वासमा लिन तत्काल प्रधानमन्त्री कार्कीले पहल गर्नुपर्छ । 

वर्तमान सरकारको अर्को महत्‍वपूर्ण कार्यभार हो, जेन–जी आन्दोलनले अघि सारेको म्याण्डेट पूरा गर्नु । उक्त आन्दोलनको मुख्य म्याण्डेड थियो– भ्रष्टाचारीको सम्पत्ति छानबिन र सुशासन । भ्रष्टाचार गरेकाहरुको सम्पत्ति छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री कार्कीले आयोग गठन गर्ने घोषणा पनि गरिसकेकी छन् । तर, आयोग कहिले बन्ला ? आयोगले साँच्चिकै भ्रष्टाचारीको सम्पत्ति निष्पक्ष रुपमा छानबिन गर्ला ? विगतका विभिन्न आयोगहरु जस्तै कर्मकाण्डीमात्रै बन्ने त होइन ? यस्तै प्रश्नहरु उठिरहेका छन् जनजनमा । 

तर, कार्की सरकार गठन भएको एक साता बितिसक्दासम्म अपूर्ण छ । जसोतसो तीन जना मन्त्री नियुक्त गरेर चार सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रधानमन्त्री कार्कीले थप मन्त्रीहरु पाउन सकेका छैनन् । उनले बढीमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउने बताएकी छन् । अहिलेसम्म भने मन्त्री बन्ने व्यक्तिकै खोजीमा अलमलिएकी छन् । मन्त्रीको खोजीमा यसरी अल्झिएर मन्त्रिपरिषद् विस्तारमै समय बिताउँदा मूल लक्ष्यमा सरकार ‘असफल’ बन्ने खतरा देखिएको छ ।

Ncell
Hardik health

सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् विस्तार तत्काल गर्नुपर्छ । किनभने, प्रधानमन्त्री कार्की एक्लैको काँधमा अहिले १५ वटा मन्त्रालय छ । यसरी मन्त्रालय बोकेर प्रधानमन्त्रीले काम गर्नै सक्दैन । सरकारले परिणाम दिन सक्दैन । त्यसैले मन्त्रिपरिषद् विस्तारमा अल्झिनु हुँदैन । आन्दोलनको म्याण्डेटलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । सोहीअनुरुप जिम्मेवारी वहन गर्नसक्ने व्यक्तिहरुलाई मन्त्रिपरिषद्मा ल्याउनुपर्छ । 

जेन–जी आन्दोलनका कारण अर्बौंको भौतिक संरचना ध्वस्त भएका छन् । यसले अर्थतन्त्रलाई फेरि संकटतर्फ धकेलेको छ । मुलुकलाई वर्षौं पछाडि धकेलेको छ । वर्तमान सरकारको दायित्व क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य अगाडि बढाउनु रहेको छ । यसका लागि बजेटको व्यवस्थापन कम चुनौतीपूर्ण छैन । आन्तरिक तथा बाह्य स्रोतको पहिचान र परिचालनमार्फत सरकारले अर्थतन्त्रलाई उकास्ने प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्न जरुरी छ । 

अहिले जसरी मन्त्रिपरिषद् विस्तारमै प्रधानमन्त्री अल्झिरहेकी छन्, यो राम्रो संकेत होइन । मन्त्रीमण्डललाई तत्काल पूर्णता दिएर सरकारको कामलाई चुस्त बनाउन प्रधानमन्त्रीको ध्यान जाओस् । अन्यथा फेरि जनआक्रोशको सामना गर्नुपर्ने निश्‍चत छ ।
 


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP