Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्
खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ५, २०८२

मन्थली -  रामेछापको अधिकांश गाउँमा मानिस बस्न छाडेपछि यहाँका बस्ती उजाड हुन थालेका छन् । गाउँमा रोजगारीको अवसर, शिक्षा र स्वास्थ्यको सुविधासमेत राम्रो नहुने भएपछि बसाईँ सर्नेक्रम नरोकिएको हो । 

गाउँगाउँमा सिहंदरबार भने पनि गाउँमा भएको सिंहदरबारले प्रदान गर्ने सेवाले काम खासै केही गर्न सकेको छैन । दुई नगरपालिका र छवटा गाउँपालिकासहित आठवटा पालिका रहेको यस जिल्लाका सबै पालिकाका ग्रामीण बस्तीका घर खाली हुँदै गएका पाइएको छ । बस्ती खाली हुनेमध्ये मन्थली नगरपालिका–८ को चिसापानी पनि एक हो ।

चिसापानीका अधिकांश घरमध्ये धेरै खाली छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य र गाउँमै रोजगारीको अवसर नभएपछि यहाँका मानिस सोको खोजीमा सुविधासम्पन्न ठाउँमा गएका स्थानीय बताउँछन् । चाडपर्व र अन्य विषेश खालका कार्यक्रममा मात्र जम्मा हुने यहाँका मानिस अहिले धेरैले आफ्ना घर छाडेर हिँडिसकेका छन् ।

Hardik health

सुरुसुरुमा चिसापानीमा खानेपानी अभावका कारण धेरैले गाउँ छाडेका भए पनि अहिले आएर शिक्षा, स्वास्थ्य र रोजगारीका कारण मानिस घर छाडेर परिवार नै अन्यत्र बसोबास गर्ने गरेको मन्थली –८ की  केशरी श्रेष्ठले जानकारी दिए । उनले भने ,“पाखो बारीमा खासै उब्जनी हुँदैन । केही बालीनाली लगाए पनि त्यसको खर्च उठ्दैन  । उब्जनी पाक्ने बेलाका बाली बाँदरले खाइदिन्छ ।  दैनिक बाँदर धपाउनुपर्ने समस्या छ । ”

त्यही समस्या र गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका लागि यहाँका मानिस सहर गएकाले गाउँमा मलामी जाने र जन्ती जाने मान्छे पनि पाउन गाह्रो भएको मन्थली–८ का निवर्तमान वडाध्यक्ष राजकुमार श्रेष्ठले बताए । यहाँ सामुदायिक विद्यालयमा गाउँलेको आकर्षण नभएका र राम्रो स्वास्थ्य सेवा नभएकाले गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि मानिस सहर पसेका मन्थली –८ का वडाध्यक्ष गोपाल श्रेष्ठले  बताए। 

उनले भने, “विषेशगरी नेवारी समुदायको बढी बस्ती रहेको यस गाउँमा गाउँमै स्वरोगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ भनी यस वडामा आफ्नो पहलमा गाउँमा ‘होमस्ट’ सञ्चालन गरिएको, पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक चिसापानी गढीलाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ । अन्य सीपमूलक तालिम पनि सञ्चालन गरिएको भए पनि गाउँमा कममानिस बसेका हुन् ।”

मन्थली नगरपालिका–८ की स्थानीय मोहनदेवी श्रेष्ठले रोजगारीका लागि घर छाडेर हिँडेकाले घर खाली भएको र मान्छे भएका घरमा पनि आफूजस्ता बूढाबूढीमात्र भएको बताउनुहुन्छ । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले मुलुक सङ्घीयतामा गएसँगै गाउँमै अब सबै सुविधा हुन्छ भनिए पनि गाउँमा हुनुपर्ने जति आधारभूत आवश्यकताका चिज पाउन मुस्किल भएकाले प्रायः गाउँका मानिसले घर छाड्नुपरेको बताए ।

उनले भने, “अहिले धेरै घरका मानिस वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा भएका परिवार गाउँमा नबसी काठमाणडौँ वा जिल्ला सदरमुकाम मन्थलीमा छोराछोरी पढाउने नाममा बस्ने गरेकाले पनि गाउँबस्ती खाली हुँदै गएका हुन् ।”  सरकारले गाउँमै रोजगारीको अवसर दिने वा स्वरोजगारमूलक कार्यक्रम ल्याई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाह गर्न सके यसरी गाउँ खाली नहुने मन्थली माविका पूर्वप्रधानाध्यापक एवं नागरिक अगुवा गुञ्जबहादुरर श्रेष्ठ सुझाव दिए । 


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP