Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
विश्व
  • Home
  • विश्व
  • सुडानको युद्धलाई विश्वले बेवास्ता गरिरहेको छ : राष्ट्रसंघ
सुडानको युद्धलाई विश्वले बेवास्ता गरिरहेको छ : राष्ट्रसंघ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३, २०८२

जेनेभा - सुडानमा तेस्रो वर्षमा प्रवेश गरेको गृहयुद्ध झनै क्रूर र जटिल बन्दै गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । यस युद्धमा सर्वसाधारणमाथि अत्यधिक प्रभाव परेको छ, जसमा हजारौंको ज्यान गइसकेको छ भने जातीय हिंसा र युद्ध अपराधहरू बढिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले उक्त प्रतिवेदन सार्वजनिक गर्दै भने,“सुडानको द्वन्द्व अहिले विश्वको नजरबाट ओझेलमा परेको छ । आशा छ, यो प्रतिवेदनले उक्त भयावह परिस्थितिमा फेरि ध्यान आकर्षित गर्नेछ, जहाँ युद्ध अपराधसहितका क्रूरताहरू भइरहेका छन् ।”

अप्रिल सन् २०२३ देखि सुडानमा नियमित सेना र अर्धसैनिक बल रेपिड सपोर्ट फोर्स (आरएसएफ) बीच सशस्त्र संघर्ष जारी छ । यो द्वन्द्वले हालसम्म दशौं हजारको ज्यान लिइसकेको छ र लाखौंलाई विस्थापित पारेको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वकै सबैभन्दा भयावह मानवीय संकटमध्ये एक भनेको छ ।

Hardik health

हाल युद्धले देशलाई दुई भागमा विभाजित गरिदिएको छ । सरकारी सेनाले उत्तर, पूर्व र मध्य भूभाग नियन्त्रणमा राखेको छ भने आरएसएफले दक्षिण र पश्चिम दार्फुर क्षेत्र कब्जामा लिएको छ । दुबै पक्षबीच युद्धविरामका लागि गरिएका कूटनीतिक प्रयासहरू अहिलेसम्म असफल भएका छन् ।प्रतिवेदनअनुसार,सन्  २०२५ को पहिलो ६ महिनामा मात्र तीन हजार ३८४ जना सर्वसाधारणको मृत्यु भएको छ, जुन सन् २०२४ को कुल मृत्यु सङ्ख्याको ८० प्रतिशत हो । यसले द्वन्द्व झनै क्रूर बन्दै गएको संकेत गर्दछ ।

त्यसैगरी, यौनजन्य हिंसा, अन्धाधुन्ध आक्रमण र जातीय आधारमा प्रतिशोधी हमला भइरहेका घटनाहरू निरन्तर जारी छन् । प्रतिवेदनमा नयाँ प्रवृत्तिका रूपमा ड्रोन आक्रमणसमेत देखिएको उल्लेख छ, जसले उत्तर र पूर्वजस्ता हालसम्म सुरक्षित मानिएका क्षेत्रहरूलाई पनि असर पार्न थालेको छ ।मानव अधिकार प्रमुख टर्कले चेतावनी दिँदै भने ,“जातीय विभाजनमा आधारित द्वन्द्वले देशको दीर्घकालीन स्थिरता र सामाजिक एकतामा गम्भीर संकट ल्याउनेछ ।” साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई तुरुन्त हस्तक्षेप गरी द्वन्द्व अन्त्य गराउन आग्रह गरे  ।“यदि तत्काल नागरिकको सुरक्षा र मानवीय सहायता पहुँच सुनिश्चित गरिएन भने, अझ धेरै निर्दोष मानिसले ज्यान गुमाउनेछन्,” टर्कले भने  । 

 


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
थप विश्व
हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु
हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु शुक्रबार, मंसिर १२, २०८२
अक्टोबरमा १.४ प्रतिशतले बढ्यो जापानको औद्योगिक उत्पादन
अक्टोबरमा १.४ प्रतिशतले बढ्यो जापानको औद्योगिक उत्पादन शुक्रबार, मंसिर १२, २०८२
विश्वकाे  पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र
विश्वकाे पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र शुक्रबार, मंसिर १२, २०८२
फुटबल खेलाडी मेसी भारत भ्रमणमा आउने
फुटबल खेलाडी मेसी भारत भ्रमणमा आउने शुक्रबार, मंसिर १२, २०८२
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान शुक्रबार, मंसिर १२, २०८२
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु शुक्रबार, मंसिर १२, २०८२
अमेरिका–तेस्रो विश्वदेशबाट आप्रवासन ‘स्थायी रोकिने’: ट्रम्पको कडा घोषणा
अमेरिका–तेस्रो विश्वदेशबाट आप्रवासन ‘स्थायी रोकिने’: ट्रम्पको कडा घोषणा शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP