Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक 
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३, २०८२

जेनजी आन्दोलनले सत्ताच्युत ओली आज पार्टी मुख्यालय च्यासल निरीक्षणमा  
२४ भदौको अपराह्न बालुवाटारबाट सेनाले ओलीको उद्धार गरेको थियो 
ओली-शाक्य दम्पती नेपाली सेनाको महाराजगञ्ज युद्ध भैरब ब्यारेकमा राखिएको थियो

पूर्वप्रधानमन्त्री तथा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली सेनाको ब्यारेकबाट निस्किनुभएको छ । उहाँले आज पार्टी कार्यालयको निरीक्षण गर्नुहुन्छ र संविधान दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुन्छ
पद्म अर्याल
सचिव, नेकपा एमाले

काठमाडौं- जेनजी आन्दोलनमा भएको दमनले हिंसा भड्किँदा राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा शरण लिन पुगेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १०औं दिनमा सार्वजनिक भएका छन् । उनलाई बिहीबार एमाले नेताकार्यकर्ताले स्वागत गरे । 

आन्दोलनकारीले २४ भदौको अपराह्नतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेपछि बढ्दो असुरक्षाका कारण उनले प्रधानमन्त्रीबाट राजीनामा दिए । लगत्तै नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनको    उद्धार भयो ।    यसबीचमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गैरदलीय अन्तरिम सरकार गठन भएको छ । कार्की नेतृत्वका सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको छ । आगामी २१ फागुनमा चुनाव हुने भएको छ । विकसित यिनै राजनीतिक घटनाक्रमसँगै देशमा शान्ति बहाली भएको छ । यस्तो अवस्थामा पूर्वप्रधानमन्त्री ओली सार्वजनिक भएका हुन् । उनीभन्दा दुई दिनअघि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल सेनाको ब्यारेकबाट निस्किएका थिए । 

Hardik health

एमाले सचिव पद्म अर्यालका अनुसार ओली आज जेनजी प्रदर्शनकारीले ध्वस्त बनाएको पार्टी मुख्यालय जाँदैछन् । त्यहाँ बिहान ८ बजे पार्टीले संविधान दिवस कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् । 
‘पूर्वप्रधानमन्त्री तथा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली सेनाको ब्यारेकबाट निस्किनुभएको छ । उहाँले आज पार्टी कार्यालयको निरीक्षण गर्नुहुन्छ र संविधान दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुन्छ’, अर्यालले भनिन् । 

२३ भदौमा घातक बल प्रयोग गरेर जेनजी आन्दोलनलाई दबाउन खोजेको गम्भीर आरोप ओलीमाथि छ । त्यसदिन काठमाडौंमा १७ जना र इटहरीमा दुई जना गरी १९ जना जेनजी प्रदर्शनकारीको प्रहरीले चलाएको गोली लागेर मृत्यु भयो । ३ सय ४७ जना घाइते भए । निहत्था युवा विद्यार्थीमाथि गोली बर्साएर बर्बर दमन गरेको भन्दै २४ भदौमा ओलीको आलोचना मात्रै भएन, देशव्यापी ठूलो प्रदर्शन भयो । हिंसात्मक बनेको प्रदर्शन नियन्त्रणबाहिर गयो । त्यसपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर ओली ज्यान जोगाउन सेनाको शरणमा पुगे । उनको साथमा श्रीमती राधिका शाक्य पनि थिइन् । उनीहरू दुवै जना १० औँ दिनमा सेनाको ब्यारेकबाट निस्किएका हुन् । भनिन्छ, ओली–शाक्य दम्पती नेपाली सेनाको महाराजगञ्ज युद्ध भैरब ब्यारेकमा थिए । ब्यारेकबाट निस्किएपछि उनीहरूका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुन्डुमा बसोबासको चाँजोपाँजो मिलाइएको छ, यो एमालेकै पोलिटब्युरो सदस्य महेश बस्नेतको गाउँ हो । 

बस्नेतका अनुसार दसौँ हजार कार्यकर्तामाझ ओली आज पार्टी कार्यालयमा सार्वजनिक हुँदैछन् । ओलीविरुद्ध भने कर्तव्य ज्यानसम्बन्धी कसुरमा यसअघि नै जाहेरी परेको छ । जाहेरीका आधारमा प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना छ । यस्तो अवस्थामा ओलीलाई बस्नेतको अगुवाइमा पार्टी कार्यालयमा सार्वजनिक गर्न लागिएको हो । 
ओली ती नेता हुन्, जसले जेन–जी आन्दोलनको २७ घण्टामै घुँडा टेके । राजनीतिक इतिहासका जानकारहरूका अनुसार यति छोटो अवधिमा प्रधानमन्त्रीले घुँडा टेकेको नेपालको राजनीतिक इतिहासमा पहिलोपटक हो । ज्यान जोगाउन प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको शरणमा पुग्ने पनि ओली नै पहिलो नेता हो । 

ओली गत वर्षको ३१ असारमा कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री भएको १५औं महिनामा राजनीतिमा खासै चासो नराख्ने जेनजी पुस्ताले उनको सत्ता पल्टाइदियो ।  यो पुस्ताले १९ भदौमा ओली सरकारले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउन गरेको निर्णयलाई अप्रिय ठान्यो । त्यहीबेला उनीहरूले नेपोबेबी अभियान चलाए, जहाँ उनीहरूले नेताका छोराछोरीको विलासितापूर्ण जीवन जिउन मिल्नेगरिको आर्थिक स्रोत के हो भन्दै प्रश्न उठाए । भ्रष्टाचार अन्त्यको माग गरे । अन्ततः २३ भदौमा उनीहरू हजारौंको सङ्ख्यामा सडकमा आए । जबकि, ओली सरकारले उनीहरूको आन्दोलनलाई नजरअन्दाज ग¥यो । तर, त्यही आन्दोलनले ओलीलाई सत्ताच्युत मात्रै गरेन, राजनीतिको किरानामा पु¥याइदियो । दोस्रोपटक गैरदलीय सरकार बन्ने स्थिति आयो । 

यो स्थिति निम्तिनुमा ओलीकै अहंकार र दम्भले काम गरेको टिप्पणी गर्छन् । उनी जेन–जीलाई बेलैमा सुन्न तयार भएको भए देश खरानी नहुने बताइन्छ । 
 


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना बिहीबार, पुस १०, २०८२
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम बिहीबार, पुस १०, २०८२
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP