Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
विश्व
  • Home
  • विश्व
  • दक्षिण कोरियामा पूर्व प्रथम महिलासम्बन्धी अनुसन्धानः युनिफिकेसन चर्च नेताविरुद्ध गिरफ्तारी वारेन्ट माग
दक्षिण कोरियामा पूर्व प्रथम महिलासम्बन्धी अनुसन्धानः युनिफिकेसन चर्च नेताविरुद्ध गिरफ्तारी वारेन्ट माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २, २०८२

एपी- दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले बिहीबार युनिफिकेसन चर्चकी नेत्री हाक जा हानविरुद्ध गिरफ्तारी वारेन्टको माग गरेका छन् ।  यो कदम जेलमा रहेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन ही र एक सांसदलाई घुस दिएको आरोपबारे सोधपुछ भएको भोलिपल्ट आएको हो ।

हान चर्चका संस्थापक सन म्युङ मुनकी ८२ वर्षीया विधवा हुनुहुन्छ । उनले र चर्चले युनकी पत्नी किम र सांसद क्वोन सेओङ–डोङलाई घुस दिएको आरोप अस्वीकार गरेका छन् । अदालतले सोमबार सुनुवाइ गरी गिरफ्तारी अनुमोदन गर्ने कि नगर्ने निर्णय गर्नेछ ।

किमलाई गत महिना घुसखोरी, स्टक हेरफेर र उम्मेद्वार चयनमा हस्तक्षेप गरेको अभियोगमा पक्राउ गरिएको थियो । उनका वकिलहरूले आरोप अस्वीकार गरेका छन् । सांसद क्वोन पनि यसै हप्ता पक्राउ परेका थिए । उनीमाथि पार्टीको सन् २०२३ को नेतृत्व दौड अघि चर्चबाट समर्थन र पैसा लिएको शङ्का गरिएको छ । यो अनुसन्धान सियोलको नयाँ उदार सरकारले सुरु गरेको तीन विशेष अभियोजक जाँचहरूमध्ये एक हो । अन्य जाँचहरूमा युनको मार्सल लको योजना र सन् २०२३ को बाढी उद्धार अभियानमा मृतकको ढाकछोपसम्बन्धी आरोप समावेश छन् । युनले अल्पकालीन रूपमा मार्सल ल लागू गरेपछि उनको महाभियोग भयो र गत अप्रिलमा पदच्युत गरियो ।

Hardik health

चर्चले हानको गिरफ्तारी प्रयासको आलोचना गर्दै उनी उडान जोखिम नभएको, प्रमाण नष्ट गर्ने खतरा नरहेको र मुटु उपचारपछि पनि अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘स्पष्ट प्रमाण बिना अन्तर्राष्ट्रिय रूपमा सम्मानित धार्मिक नेत्रीविरुद्ध वारेन्ट माग गर्नु अत्यधिक कदम हो, जसले धार्मिक नेतालाई दिइने आधारभूत सम्मानलाई बेवास्ता गर्दछ ।’

अनुसन्धानकर्ताहरूको दाबीअनुसार किमले कम्बोडियामा चर्चको विकास परियोजनासम्बन्धी विलासी उपहारहरू स्वीकार गरेका थिए  । त्यस्तै, एक चर्च अधिकारीमार्फत सांसद क्वोनलाई १० करोड वोन ९करिब ७२ हजार चार सय डलर) घुस दिएको आरोप छ । हानलाई बुधबार करिब १० घण्टा सोधपुछ गरिएको थियो । उनी र चर्चले अधिकारीहरूले अधिकारको दुरुपयोग गरेको बताएका छन् ।


हान चर्चको शीर्ष नेत्री हुनुहुन्छ । आधिकारिक रूपमा ‘विश्व शान्ति र एकीकरणका लागि परिवार महासंघ’ भनेर चिनिने यो चर्च सन म्युङ मुनले सन् १९५४ मा स्थापना गरेका थिए । आफूलाई मसीहा घोषणा गर्ने मुनले लाखौँ अनुयायी, विशाल व्यापारिक चासो र सामूहिक विवाहका लागि चर्चलाई विश्वभर परिचित बनाएको थियो ।
 


प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानकाे भूकम्पमा २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते
अफगानिस्तानकाे भूकम्पमा २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प सोमबार, कात्तिक १७, २०८२
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP