Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
समाचार
  • Home
  • समाचार
  • नौ हजार कैदीबन्दी जेलबाहिर, त्रासमा अपराधपीडित
नौ हजार कैदीबन्दी जेलबाहिर, त्रासमा अपराधपीडित
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, असोज २, २०८२

 

प्रहरी र अध्यागमनसँग समन्वय गरेर फरार भएकाहरूलाई पक्राउ गर्ने क्रम जारी छ । कतिपय सूचना ढिलो थाहा पाएर फर्किंदै छन् ।
चोमेन्द्र न्यौपाने
निर्देशक, कारागार व्यवस्थापन विभाग

काठमाडौं- अपराधपीडितहरू गएको सातादेखि भयभीत छन् । न्याय नपाउने हो कि भनेर चिन्तित पनि छन् । जेन–जी आन्दोलनका क्रममा गएको २४ र २५ भदौमा देशभरका २७ वटा कारागारबाट फरार कैदी र बालबिज्याइकर्ताहरूमध्ये अझै नौ हजार १२१ जना कारागार फर्किएका छैनन् ।

उनीहरूमध्ये कोही गाउँघरमा लुकेर बसेका, कोही भारत पुगेका आशंका गरिएको छ । गाउँघरमा लुकेर बसेका कैदीबन्दीहरूका कारण अपराधपीडितहरू त्रासमा छन् । बलात्कार मुद्दामा दुई वर्षअघि नख्खु कारागार चलान भएका प्रवीण राना मगर २४ गते नै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको डाँची पुग्दा असुरक्षाको महसुस भएको पीडित परिवारले बताएका छन् । पीडित परिवारकी एक सदस्यले प्रभावसँग भनिन्, ‘छ-सात दिनदेखि यतै छन् । हामीलाई डर भइसक्यो ।’

Hardik health

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै गम्भीर अपराधमा संलग्न अपराधी फरार भएपछि आमनागरिकमा त्रास बढेको जनाएको छ । कैदीबन्दी कारागारबाट फरार हुँदा अदालतले सुनाएको सजाय कार्यान्वयन नहुने भन्दै चिन्तासमेत प्रकट गरेको छ । कैदीबन्दी र बालबिज्याइका आरोपीहरू फरार हुनुमा इन्सेकले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिम्मेवार ठहर गरिसकेको छ । लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री हुन् ।

जेन-जी आन्दोलन उत्कर्षमा पुगेको दिन २४ भदौको बेलुकी उनी कारागारबाट विजयशैलीमा दलबलसहित बाहिरिएका थिए । उनलाई लिन रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, तत्कालीन सांसद हरि ढकाललगायत नख्खु कारागार पुगेका थिए । कारागारबाट निस्किएपछि रवि एकदमै हर्षित देखिएका थिए । त्यसबेला सुरक्षाको कारण देखाउँदै कारागार प्रशासनले उनलाई छाडेको भन्ने एउटा पत्र लामिछानेले सार्वजनिक गरे, जुन ‘फेक’ भएको पुष्टि भयो ।  तर, लामिछाने कारागारबाट बाहिरिएपछि तोडफोड गर्दै सोही कारागारका एक हजार २५६ जना कैदीबन्दी फरार भए । फरार भएकाहरूको एक समूह गएर तोडफोड गर्दा केन्द्रीय कारागार सुन्धाराबाट तीन हजार ४५० जना कैदीबन्दी फरार भए । २५ भदौको बेलुकीसम्म देशका अन्य कारागारबाट तोडफोड र आगजनी गर्दै फरार हुने क्रम बढ्यो ।

कारागार व्यवस्थापन विभागका अनुसार झुम्का कारागार सुनसरीबाट एक हजार ५७२ जना, कास्की कारागारबाट ७४६ जना, भरतपुर कारागार चितवनबाट ६९४ जना, कैलाली कारागारबाट ६६७ जना, महोत्तरी कागाराबाट ५७६ जना, सिन्धुली कारागारबाट ४७३ जना, कञ्चनपुर कारागार ४५४ जना कैदीबन्दी फरार भए ।  नाम बताउन नचाहने एक जना प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘रवि लामिछाने ननिस्किएको भए यस्तो हुने थिएन । उनी निस्किएपछि नै देशभरका कारागारहरू रित्तिने अवस्था आयो ।’

फरार हुने क्रममा कैदीबन्दीहरूले कारागार तोडफोड र आगजनी गरेका थिए । यो क्रम २५ भदौसम्मै चलेको थियो, जतिबेलासम्म प्रहरी कारागार त के आफ्नै ब्यारेक रक्षा गर्न सक्ने अवस्थामा थिएनन् । खासगरी २४ भदौको आँधीमय जेन–जी आन्दोलनले प्रहरीको मनोबल खस्किएको थियो । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले एक भिडियो सन्देश जारी गर्दै त्यही दिन उच्च मनोबलसहित कर्तव्य पालना गर्न मातहतका प्रहरीहरूलाई निर्देशन दिएबाट प्रहरी मानसिकरूपमा हतास भएको पुष्टि हुन्छ । यही मौका छोपेर सुरुमा रवि निस्किए । त्यसपछि देशका अन्य कारागारबाट कैदीबन्दीमात्रै होइन, बालबिज्याइकर्ताहरू पनि फरार भए । 

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार दुई दिनमा २७ वटा कारागारबाट १४ हजार ५५५ जना फरार भएका थिए । त्यसमध्ये ६४ जना बालबिज्याइकर्ता थिए । फरार भएकाहरूलाई सम्पर्कमा आउनू भनी २६ भदौमा कारागार व्यवस्थापन विभागले सूचना जारी गर्‍यो । सूचनामा चेतावनीपूर्ण भाषा पनि भनियो, ‘अन्यथाः कारागार ऐन २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

सूचनापछि पाँच हजार ४३४ जना फरार भएका कैदीबन्दी फर्किएका छन् । बाँकी नौ हजार १२१ जना कहाँ छन् भन्ने अत्तोपत्तो छैन । विभागका निर्देशक न्यौपानेले भने, ‘प्रहरी र अध्यागमनसँग समन्वय गरेर फरार भएकाहरूलाई पक्राउ गर्ने क्रम जारी छ । कतिपय सूचना ढिलो थाहा पाएर फर्किंदै छन् ।’ देशभरका कारागारहरूमा ३० हजार ६३४ जना कैदीबन्दी छन् । त्यसमध्ये बाल सुधारगृहमा एक हजार ६२२ जना छन् । फरार हुनेमा १३ हजार ५९१ जना कैदीबन्दी र बाँकी ६४ जना बिज्याइकर्ता हुन् । उनीहरूको खोजी र पक्राउ प्रहरीका लागि यतिबेला टाउको दुखाइ बनेको छ । 

यसरी कारागार नै रित्तिनेगरी कैदीबन्दीहरू फरार हुनुमा रास्वपा सभापति लामिछानेलाई मुख्य जिम्मेवार ठानिएको छ । सार्वजनिक रूपमै उनीमाथि प्रश्न उठ्यो । जेन–जी आन्दोलनकै एउटा समूहले रविलाई निकाल्न आन्दोलन नभएको जनायो । अदालतमा मुद्दा विचाराधीन छँदै निस्केर विधिको शासनलाई रविले चुनौती दिएको अर्थमा टिप्पणी भयो । कतिसम्म भने उनलाई कारागार फर्काउन दबाब दिन ‘मस्ट वान्टेड क्रिमिनल’ लेखेको तस्बिर नै टाँस्ने काम भयो । यसपछि रविमाथि चौतर्फी दबाब बढ्यो । अन्ततः रवि कारागार फर्किए । 

तर, उनी निस्किएपछि फरार भएका नौ हजारभन्दा बढी कैदीबन्दी अझै कारागार फर्किएका छैनन्, जसकारण अपराधपीडितहरूमा न्याय नपाइने हो कि भन्ने चिन्ता थपिएको छ ।  उसो त कैदीबन्दीलाई रोक्न प्रहरीले गोली नचलाएको होइन । गोली चलाउँदा १० जनाको मृत्यु भयो । रामेछापमा तीन जना, धादिङमा दुई जना र बालसुधार केन्द्र बाँकेमा पाँच जनाको ज्यान गयो । केही घाइते छन् । तर, रवि अगुवा भएर कारागारबाट निस्किँदा देशभरबाट फरार हुने ‘ट्रेण्ड’ नै बन्यो ।
 


प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीमा  ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, जेठ १२, २०८३
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP