Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
विश्व
  • Home
  • विश्व
  • बेलायतको मूल्यवृद्धि दर यथावत् आर्थिक वृद्धि चुनौतीपूर्ण
बेलायतको मूल्यवृद्धि दर यथावत् आर्थिक वृद्धि चुनौतीपूर्ण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १, २०८२

एएफपी- बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्यांकले देखाएको छ । यसले बेलायतको केन्द्रीय बैंकले ब्याजदर हाललाई यथावत् राख्ने अपेक्षालाई बल दिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, उपभोक्ता मूल्य सूचकांक अगस्टमा ३.८ प्रतिशतमा कायम रह्यो, जुन जुलाईमा पनि यति नै थियो । यो दर विश्लेषकहरूले गरेका अनुमानसँग मिल्दोजुल्दो छ । केन्द्रीय बैंकले अघिल्लो महिना ब्याजदर घटाएर ४ प्रतिशतमा ल्याएको थियो, जुन अढाई वर्षयताकै न्यून स्तर हो । तर, यो साता हुने बैठकमा भने ब्याजदरमा फेरबदल नहुने सम्भावना देखिएको छ, साथै सन् २०२५ को बाँकी अवधिमा पनि यसै अवस्थामा रहन सक्ने अनुमान गरिएको छ ।

यसैबीच, सरकारले गत साता सार्वजनिक गरेको आर्थिक विवरणले जुलाई महिनामा देशको आर्थिक वृद्धि स्थिर रहेको देखाएको छ । यो अवस्थाले प्रधानमन्त्री कियर स्टारमर नेतृत्वको सरकारलाई थप चुनौती दिएको बताइएको छ । अर्को तथ्यांक अनुसार, बेलायतमा बेरोजगारी दर चार वर्षयताकै उच्च ४.७ प्रतिशतमा कायम रहेको छ । यद्यपि जुलाई महिनाको कुल गार्हस्थ उत्पादन (जीडीपी) पूर्वानुमानअनुसार आएको थियो, सरकारले आर्थिक वृद्धि हासिल गर्न केही कठिनाइहरू रहेको स्वीकार गरेको छ । आगामी नोभेम्बरमा बजेट घोषणा हुने पृष्ठभूमिमा यो विषयलाई गम्भीरतापूर्वक हेरिएको छ ।

Hardik health

केन्द्रीय बैंकले सेप्टेम्बर महिनामा मुद्रास्फीति ४ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेको छ, जुन त्यसको दुई प्रतिशतको लक्ष्यको दोब्बर हो ।‘आजको तथ्यांकले अहिलेको जस्तो उच्च ब्याजदर अवस्था अझै केही समय रहन सक्ने देखाउँछ,’ सम्पत्ति व्यवस्थापन कम्पनी क्विल्टरकी लगानी विश्लेषक लिण्डसे जेम्सले टिप्पणी गरे ।

उनले थपे,‘यसले दैनिक जीवनमा खर्च वृद्धि भोगिरहेका परिवारहरू र घट्दो मागसँग जुझिरहेका व्यवसायहरूमा थप दबाब सिर्जना गर्न सक्छ ।’ तथ्यांक कार्यालयले हवाइ भाडा अगस्टमा केही घटेको जनाएको छ, तर पेट्रोल, डिजेल तथा खाद्यान्न वस्तुहरूको मूल्यमा भने केही वृद्धि भएको देखिएको छ । बेलायतकी अर्थ मन्त्री रेचेल रिभ्सले सार्वजनिक खर्चमा कडाइ गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै भने,‘म जान्दछु कि अहिलेको आर्थिक अवस्था धेरै परिवारका लागि कठिन छ र धेरैलाई अर्थतन्त्र अड्किएको जस्तो महसुस भइरहेको छ ।’

पछिल्ला केही महिनामा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको विश्लेषण भइरहेका बेला, केही अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूले बेलायतमा लगानी गर्ने घोषणा गरेका छन् । हालै बेलायतको भ्रमणमा आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै माइक्रोसफ्ट र गुगल जस्ता प्रतिष्ठित कम्पनीहरूले लगानीको घोषणा गरेका छन् ।


 


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानकाे भूकम्पमा २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते
अफगानिस्तानकाे भूकम्पमा २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प सोमबार, कात्तिक १७, २०८२
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP