Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विश्व
  • Home
  • विश्व
  • बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान संकटमा
बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान संकटमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १, २०८२

एएफपी-  खेतहरू पानीले भरिएका छन् तर धान खैरो र सुकेको छ । सडेको बाली र गाईवस्तुको दुर्गन्धले हावा गन्हाएको छ ।यस वर्षको रेकर्ड मनसुनी वर्षाले भारतको अन्न भण्डार पञ्जाबलाई तहसनहस पारेको छ ।

लन्डन र न्युयोर्क सहरको संयुक्त आकार बराबरको खेतीयोग्य जमिन बाढीले डुबाएको छ । भारतका कृषि मन्त्रीले ‘बालीहरू पूर्णतया नष्ट’ भएको बताउनुभयो भने पञ्जाबका मुख्यमन्त्रीले यसलाई ‘दशकौँदेखिको सबैभन्दा भीषण बाढी’ भनेका छन्  ।

अमृतसर नजिकै शेहजादा गाउँका ७० वर्षीय किसान बलकार सिंहले भन्नुभयो, “यस्तो बाढी अन्तिम पटक सन् १९८८ मा देखेका थियौँ ।” उनको धानबारी दलदल बनेको छ र घरका भित्तामा चिरा परेको छ ।

जलवायु परिवर्तन र क्षति 

Hardik health

मनसुनमा बाढी र भूस्खलन सामान्य भए पनि विज्ञहरूका अनुसार जलवायु परिवर्तन र कमजोर योजनाबद्ध विकासले यसको आवृत्ति र विनाश बढाएको छ । राष्ट्रिय मौसम विभागका अनुसार पञ्जाबमा वर्षा औसतभन्दा दुई तिहाइले बढी भएको छ । यसले कम्तीमा ५२ जनाको ज्यान लिएको छ र चार लाखभन्दा बढीलाई प्रभावित पारेको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीले १८ करोड डलरको राहत प्याकेज घोषणा गरेका छन्  ।

गाउँहरू डुबानमा

गुरदासपुर जिल्लाको तुर गाउँ बाढीले पूर्णतया ध्वस्त पारेको छ । खेत मजदुर सुरजन लालले भने, “अगस्ट २६ को मध्यरातमा पानी आयो, केही मिनेटमै १० फिटसम्म पुग्यो । हामी छतमा मात्र अडिएर बस्यौँ, जनावर र सबै सामान बगायो ।” “यो वर्ष मेरो लगानी सबै डुब्यो ।

गहुँ रोप्न खेत तयार नहुने चिन्ता छ”, सीमावर्ती लस्सियाका किसान राकेश कुमारले भने, “पहिले सुकाएर हिलो सफा नगरी केही सम्भव छैन ।”भूमिहीन मजदुर मनदीप कौर अझै संकटमा पर्नुभएको छ । “जमिनदारका खेतमा काम गरेर बाँच्थ्यौँ, तर अहिले सबै खेत डुबेका छन्”, उनले भने । उनको घर बगाएपछि उहाँ आँगनमा तिरपालमुनि सुत्न बाध्य हुनुभएको छ । त्यहाँ सर्पहरूको डर छ ।

बासमतीमा असर

पञ्जाब भारतको खाद्य सुरक्षाका लागि गहुँ र चामलको प्रमुख आपूर्तिकर्ता हो । पञ्जाबले ८० करोडभन्दा बढीलाई अनुदानित अन्न दिन्छ । यस वर्षको घाटाले घरेलु आपूर्ति तत्काल प्रभावित नगरे पनि प्रिमियम बासमती चामलको निर्यातमा ठूलो असर पर्ने अनुमान छ । अर्थशास्त्री अविनाश किशोरका अनुसार बासमती चामल उत्पादन, मूल्य र निर्यातमा सीधा असर पर्छ । पहिले नै अमेरिकी भन्सार शुल्कले भारतीय बासमतीलाई कमजोर बनाइसकेको अवस्थामा बाढीले थप चुनौती थपेको छ ।

 राज्य आफ्नो सिँचाइ सञ्जाल बलियो भएका कारण सङ्घीय बीमा योजनामा सहभागी नभएकाले पञ्जाबका किसानहरूका लागि पुनःउत्थान कठिन हुने देखिन्छ ।  किसान बलकार सिंहले भने, “मेरो खेत अझै घुँडासम्म पानीले ढाकिएको छ । भविष्यमा हाम्रो हालत के हुन्छ, भन्न सक्दिनँ ।”


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु शुक्रबार, असार २६, २०८३
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
स्पेनमा आगलागी, १२ जनाको मृत्यु
स्पेनमा आगलागी, १२ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना शुक्रबार, असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
घातक आँधीपछि चीनमा टाइफुनको खतरा शुक्रबार, असार २६, २०८३
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि शुक्रबार, असार २६, २०८३
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP