बागमती - बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् ।
उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएको हो ।
नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।