Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • नेतृत्व छाड्न दबाब
नेतृत्व छाड्न दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १, २०८२

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न दबाब
नेतृत्व नछाडे पार्टी र आन्दोलनलाई थप क्षति हुने चेतावनी 
नेतृत्व छाड्न पार्टीभित्रैबाट दबाब बढे पनि प्रमुख नेताहरु मौन

काठमाडौं– राजनीतिशास्त्रीहरूको विचारमा जेन-जी आन्दोलन बढ्दो भ्रष्टाचार र भ्रष्टाचारलाई संस्थागत गर्दै आएका पुराना दलसँगै तिनका मुख्य नेताहरूविरुद्ध विष्फोट भएको जनआक्रोश थियो । आन्दोलनले यसअघि प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र यी दुई नेता मिल्दा डेढ वर्षअघि सत्ताच्युत भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिको किनारामा पुर्‍याइदियो 

 

पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

Hardik health

 

राजनीतिशास्त्री कृष्ण पोखरेल राज्यसत्ता अब उनीहरूको हातबाट फुत्किएको बताउँछन् । यसअघि उनीहरू सत्ता र शक्तिको दाउपेचमा जहिल्यै हुन्थे । जनमुखीभन्दा पनि यी तीन नेता सत्तामुखी थिए । कुनै न कुनै ढंगले राज्यशक्तिको दुरुपयोग गर्थे । पोखरेलको विश्लेषणमा सत्ता र शक्तिका लागि उनीहरूको छिनाझपट जहिल्यै भयो, जुन जनतालाई मन परेको थिएन । त्यही भएर भुसको आगोसरी जनआक्रोश बढ्दो थियो । त्यो जेन-जी आन्दोलनमा देशको राजनीति नै उलटफेर गर्नेगरी प्रकट भएको पोखरेललाई लाग्छ । 

जेन-जीहरूले देउवा, ओली र दाहालको राजनीतिबाट बहिर्गमन चाहेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत आमचुनावअघिजस्तै उनीहरूले ती नेताहरूलाई राजनीतिबाट पाखा लगाउन ‘नो नट अगेन’ अभियान सामाजिक सञ्जालका माध्यमहरूमा चलाए । उनीहरूले नै गरेको यही २३ र २४ गतेको आन्दोलनले यी तिनै नेतालाई शक्तिहीन बनायो । राज्यशक्तिबाट विमुख गर्‍यो । देउवा जेन-जीहरूको आक्रमणबाट बूढेसकालमा घाइते छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली सुरक्षा चुनौतीका कारण सेनाको क्याम्पबाट बाहिर निस्केका छैनन् । दाहाल भने मंगलबारबाट सार्वजनिक रुपमा देखिएका छन् ।

पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।
जनार्दन शर्मा
उपमहासचिव, माओवादी केन्द्र

यहीबेला राजनीतिबाट यी तिनै नेताको बिदा अनिवार्य भन्दै अन्तरपार्टी दबाब बढ्दो छ । मंगलबारमात्रै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहाललाई लक्षित गर्दै ‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ’ भनेका छन् । शर्मा ती नेता हुन्, जसले दाहाललाई माओवादी नेतृत्वबाट विस्थापन गर्न चाहेका छन् । दाहालसँग उनको पौंठेजोरी विगतदेखि नै चल्दै आएको छ । तर, अर्का उपमहासचिव हरिबोल गजुरेल भने जनार्दनको अभिव्यक्ति सार्वजनिक खपतका लागि आएको बताउँछन् । उनले प्रभावसँग भने, ‘प्रचण्डले राजीनामा दिएपछि के गर्ने ? निकास त चाहियो होला नि । त्यत्तिकै सार्वजनिक खपतका लागि कांग्रेस शैलीमा भनेर हुन्छ ?’
उनले दाहाल जनयुद्धको लिगेसीसहित स्थापित नेतृत्व हुनाले उनको विकल्प तत्काल खोज्न आवश्यक नभएको बताए ।

तर, पार्टीको एउटा पंक्तिले दाहाललाई नेतृत्वबाट अलग भएको हेर्न चाहेको छ । जेन-जीहरूले पनि उनलाई ‘नो नट अगेन’ भनिसकेका छन् । दाहालले भने यसबारे मुख खोलेका छैनन् ।  जेन-जी आन्दोलनले नै सत्ताच्युत गरेका एमाले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न झनै दबाब छ । समयमा नै उनको चेत खुलेको भए देशले यति ठूलो क्षति बेहोर्नुपर्ने थिएन भन्दै ओलीविरुद्ध उनकै दलका नेताहरू खुलेर बोल्न थालेका छन् । जेन-जी आन्दोलनपछि सबैभन्दा पहिले ओलीको विकल्प खोज्ने पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा हुन् । त्यसका लागि सबै तयार हुनुपर्नेमा उनको जोड छ । ‘समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ,’ बाँस्कोटाले सोमबार सामाजिक सञ्जालमा लेखे ।

समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।
गोकुल बाँस्कोटा
पोलिटब्युरो सदस्य, एमाले
 

केन्द्रीय सदस्य झपट रावल, उषाकिरण तिमल्सिना, रचना खड्कालगायत नेताहरूले ओलीलाई पार्टी अध्यक्ष त्याग्न दबाब बढाइरहेका छन् । ओलीकै कारण देशले गम्भीर क्षति बेहोरेको उनीहरूको ठहर छ । पार्टी र आन्दोलनले थप क्षति नबेहोर्ने स्थितिका लागि पनि ओली पाखा लाग्नुपर्ने उनीहरूको तर्क छ । तर, ओली पार्टीको ११औं महाधिवेशनबाट अध्यक्षमा तेहरिने दाउमा छन् । त्यसका लागि उमेर हद र दुई कार्यकालको प्रावधान विधानबाट हटाइसके । ११ वर्षदेखि पार्टी सत्तामा रहेका र राज्यसत्तामा पटक–पटक प्रधानमन्त्री भएर हालिमुहाली गरेका उनी जेन–जी आन्दोलनको मुख्य तार्गेटमा थिए । उनलाई राजनीतिबाट सन्यास लिन जेन-जी आन्दोलनमात्रै होइन, पार्टीकै नेता कार्यकर्ताबाट चर्को दबाब छ । सेनाको घेरामा भएका हुनाले ओलीले यसबारे थप बोलेका छैनन् । 

विघटित प्रतिनिधिसभाको प्रमुख दल नेपाली कांग्रेसमा सभापति देउवामाथि ढिला नगरी नेतृत्व हस्तान्तरण गर्न दबाब छ । खासगरी, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मुखरित भएर परिवर्तित राजनीतिक परिवेशमा नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने बताइरहेका छन् । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको मूल मर्मलाई आत्मसात् गरेर सभापति देउवाले मार्गप्रशस्त गर्नुपर्ने उनीहरूले बताउने गरेका छन् । त्यसो गरिए कांग्रेसले थप क्षति बेहोर्नुपर्ने उनीहरूको तर्क छ । उनीहरूका अनुसार कांग्रेसलाई आमूल सुधार गर्नुपर्छ ।

‘जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउनेगरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ,’ महामन्त्री थापाले भनेका छन् । तर, देउवा घाइते भएर उपचार गरिरहँदा नेतृत्व हस्तान्तरणको मुद्दा उठाएपछि देउवापक्षीय नेताहरू भने दुई महामन्त्रीसँग रुष्ट छन् । उनीहरूले मानवीय संवेदनालाई ख्याल नगरेको भनेर आलोचना गरिरहेका छन् ।

‘तीन नेताको हातबाट राज्यसत्ता फुत्कियो’ 
krishna-pokhrel-1758088125.jpg
कृष्ण पोखरेल,राजनीतिशास्त्री

तीन नेता– शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको हातबाट राज्यसत्ता फुत्किएको छ । यसअघि उनीहरू सत्ता र शक्तिको दाउपेचमा जहिल्यै हुन्थे । जनमुखीभन्दा पनि यी तीन नेता सत्तामुखी थिए । कुनै न कुनै ढंगले राज्यशक्तिको दुरुपयोग गर्थे । सत्ता र शक्तिका लागि उनीहरूको छिनाझपट जहिल्यै भयो, जुन जनतालाई मन परेको थिएन । त्यही भएर भुसको आगोसरी जनआक्रोश बढ्दो थियो । त्यो जेन–जी आन्दोलनमा देशको राजनीति नै उलटफेर गर्नेगरी प्रकट भयो ।


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार बुधबार, साउन २०, २०८३
सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने बुधबार, साउन २०, २०८३
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP