Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • नेतृत्व छाड्न दबाब
नेतृत्व छाड्न दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १, २०८२

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न दबाब
नेतृत्व नछाडे पार्टी र आन्दोलनलाई थप क्षति हुने चेतावनी 
नेतृत्व छाड्न पार्टीभित्रैबाट दबाब बढे पनि प्रमुख नेताहरु मौन

काठमाडौं– राजनीतिशास्त्रीहरूको विचारमा जेन-जी आन्दोलन बढ्दो भ्रष्टाचार र भ्रष्टाचारलाई संस्थागत गर्दै आएका पुराना दलसँगै तिनका मुख्य नेताहरूविरुद्ध विष्फोट भएको जनआक्रोश थियो । आन्दोलनले यसअघि प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र यी दुई नेता मिल्दा डेढ वर्षअघि सत्ताच्युत भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिको किनारामा पुर्‍याइदियो 

 

पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

Hardik health

 

राजनीतिशास्त्री कृष्ण पोखरेल राज्यसत्ता अब उनीहरूको हातबाट फुत्किएको बताउँछन् । यसअघि उनीहरू सत्ता र शक्तिको दाउपेचमा जहिल्यै हुन्थे । जनमुखीभन्दा पनि यी तीन नेता सत्तामुखी थिए । कुनै न कुनै ढंगले राज्यशक्तिको दुरुपयोग गर्थे । पोखरेलको विश्लेषणमा सत्ता र शक्तिका लागि उनीहरूको छिनाझपट जहिल्यै भयो, जुन जनतालाई मन परेको थिएन । त्यही भएर भुसको आगोसरी जनआक्रोश बढ्दो थियो । त्यो जेन-जी आन्दोलनमा देशको राजनीति नै उलटफेर गर्नेगरी प्रकट भएको पोखरेललाई लाग्छ । 

जेन-जीहरूले देउवा, ओली र दाहालको राजनीतिबाट बहिर्गमन चाहेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत आमचुनावअघिजस्तै उनीहरूले ती नेताहरूलाई राजनीतिबाट पाखा लगाउन ‘नो नट अगेन’ अभियान सामाजिक सञ्जालका माध्यमहरूमा चलाए । उनीहरूले नै गरेको यही २३ र २४ गतेको आन्दोलनले यी तिनै नेतालाई शक्तिहीन बनायो । राज्यशक्तिबाट विमुख गर्‍यो । देउवा जेन-जीहरूको आक्रमणबाट बूढेसकालमा घाइते छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली सुरक्षा चुनौतीका कारण सेनाको क्याम्पबाट बाहिर निस्केका छैनन् । दाहाल भने मंगलबारबाट सार्वजनिक रुपमा देखिएका छन् ।

पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।
जनार्दन शर्मा
उपमहासचिव, माओवादी केन्द्र

यहीबेला राजनीतिबाट यी तिनै नेताको बिदा अनिवार्य भन्दै अन्तरपार्टी दबाब बढ्दो छ । मंगलबारमात्रै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहाललाई लक्षित गर्दै ‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ’ भनेका छन् । शर्मा ती नेता हुन्, जसले दाहाललाई माओवादी नेतृत्वबाट विस्थापन गर्न चाहेका छन् । दाहालसँग उनको पौंठेजोरी विगतदेखि नै चल्दै आएको छ । तर, अर्का उपमहासचिव हरिबोल गजुरेल भने जनार्दनको अभिव्यक्ति सार्वजनिक खपतका लागि आएको बताउँछन् । उनले प्रभावसँग भने, ‘प्रचण्डले राजीनामा दिएपछि के गर्ने ? निकास त चाहियो होला नि । त्यत्तिकै सार्वजनिक खपतका लागि कांग्रेस शैलीमा भनेर हुन्छ ?’
उनले दाहाल जनयुद्धको लिगेसीसहित स्थापित नेतृत्व हुनाले उनको विकल्प तत्काल खोज्न आवश्यक नभएको बताए ।

तर, पार्टीको एउटा पंक्तिले दाहाललाई नेतृत्वबाट अलग भएको हेर्न चाहेको छ । जेन-जीहरूले पनि उनलाई ‘नो नट अगेन’ भनिसकेका छन् । दाहालले भने यसबारे मुख खोलेका छैनन् ।  जेन-जी आन्दोलनले नै सत्ताच्युत गरेका एमाले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न झनै दबाब छ । समयमा नै उनको चेत खुलेको भए देशले यति ठूलो क्षति बेहोर्नुपर्ने थिएन भन्दै ओलीविरुद्ध उनकै दलका नेताहरू खुलेर बोल्न थालेका छन् । जेन-जी आन्दोलनपछि सबैभन्दा पहिले ओलीको विकल्प खोज्ने पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा हुन् । त्यसका लागि सबै तयार हुनुपर्नेमा उनको जोड छ । ‘समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ,’ बाँस्कोटाले सोमबार सामाजिक सञ्जालमा लेखे ।

समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।
गोकुल बाँस्कोटा
पोलिटब्युरो सदस्य, एमाले
 

केन्द्रीय सदस्य झपट रावल, उषाकिरण तिमल्सिना, रचना खड्कालगायत नेताहरूले ओलीलाई पार्टी अध्यक्ष त्याग्न दबाब बढाइरहेका छन् । ओलीकै कारण देशले गम्भीर क्षति बेहोरेको उनीहरूको ठहर छ । पार्टी र आन्दोलनले थप क्षति नबेहोर्ने स्थितिका लागि पनि ओली पाखा लाग्नुपर्ने उनीहरूको तर्क छ । तर, ओली पार्टीको ११औं महाधिवेशनबाट अध्यक्षमा तेहरिने दाउमा छन् । त्यसका लागि उमेर हद र दुई कार्यकालको प्रावधान विधानबाट हटाइसके । ११ वर्षदेखि पार्टी सत्तामा रहेका र राज्यसत्तामा पटक–पटक प्रधानमन्त्री भएर हालिमुहाली गरेका उनी जेन–जी आन्दोलनको मुख्य तार्गेटमा थिए । उनलाई राजनीतिबाट सन्यास लिन जेन-जी आन्दोलनमात्रै होइन, पार्टीकै नेता कार्यकर्ताबाट चर्को दबाब छ । सेनाको घेरामा भएका हुनाले ओलीले यसबारे थप बोलेका छैनन् । 

विघटित प्रतिनिधिसभाको प्रमुख दल नेपाली कांग्रेसमा सभापति देउवामाथि ढिला नगरी नेतृत्व हस्तान्तरण गर्न दबाब छ । खासगरी, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मुखरित भएर परिवर्तित राजनीतिक परिवेशमा नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने बताइरहेका छन् । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको मूल मर्मलाई आत्मसात् गरेर सभापति देउवाले मार्गप्रशस्त गर्नुपर्ने उनीहरूले बताउने गरेका छन् । त्यसो गरिए कांग्रेसले थप क्षति बेहोर्नुपर्ने उनीहरूको तर्क छ । उनीहरूका अनुसार कांग्रेसलाई आमूल सुधार गर्नुपर्छ ।

‘जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउनेगरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ,’ महामन्त्री थापाले भनेका छन् । तर, देउवा घाइते भएर उपचार गरिरहँदा नेतृत्व हस्तान्तरणको मुद्दा उठाएपछि देउवापक्षीय नेताहरू भने दुई महामन्त्रीसँग रुष्ट छन् । उनीहरूले मानवीय संवेदनालाई ख्याल नगरेको भनेर आलोचना गरिरहेका छन् ।

‘तीन नेताको हातबाट राज्यसत्ता फुत्कियो’ 
krishna-pokhrel-1758088125.jpg
कृष्ण पोखरेल,राजनीतिशास्त्री

तीन नेता– शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको हातबाट राज्यसत्ता फुत्किएको छ । यसअघि उनीहरू सत्ता र शक्तिको दाउपेचमा जहिल्यै हुन्थे । जनमुखीभन्दा पनि यी तीन नेता सत्तामुखी थिए । कुनै न कुनै ढंगले राज्यशक्तिको दुरुपयोग गर्थे । सत्ता र शक्तिका लागि उनीहरूको छिनाझपट जहिल्यै भयो, जुन जनतालाई मन परेको थिएन । त्यही भएर भुसको आगोसरी जनआक्रोश बढ्दो थियो । त्यो जेन–जी आन्दोलनमा देशको राजनीति नै उलटफेर गर्नेगरी प्रकट भयो ।


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP