Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३१, २०८२

जेरुसेलम-एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मङ्गलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दाहरूलाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ ।

यो घोषणा सेनाका प्रवक्ता अविचे अद्राईले गर्नुभएको हो । यसअघि रक्षामन्त्री इजरायल काट्जले ‘गाजा जलिरहेको छ’ भन्नुभएको थियो । अपरेसनले इजरायल–हमास युद्धलाई थप तीव्र बनाएको छ र हप्तौँको कूटनीतिपछि पनि युद्धविराम सम्भावना अझ टाढिएको छ ।

बन्धक परिवारको विरोध

गाजामा अझै बन्धक रहेका परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवास अगाडि भेला भई अपरेसन रोक्न माग गरेका छन् । कतिपयले पाल हालेर घरबाहिर रातभरै विरोध प्रदर्शन गरे ।“मेरो एउटै चासो छ–मेरो छोरा मतानलाई बाँकी ४७ बन्धकसँग फर्काइयोस् र हाम्रा सैनिकहरू सुरक्षित घर फर्कून्”, आमा इनाभ जाङ्गाउकरले चिच्याउँदै भने ।

Hardik health

इजरायलको विश्वास अनुसार ४८ बन्धकमध्ये करिब २० जना जीवित छन् । तर हमासले स्थायी युद्धविराम, प्यालेस्टिनी कैदीहरूको रिहाइ र इजरायली फिर्तीसँग मात्र सम्झौता गर्ने अडान लिएको छ ।    गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा सुरु भएको हो । उक्त दिन हमास नेतृत्वको आक्रमणमा करिब एक हजार दुई सय इजरायली मारिए र दुई सय ५१ जना अपहृत भए । कतिपय बन्धकहरू कतार वा अन्य सम्झौतामार्फत आंशिक युद्धविराममा मुक्त भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनी मारिएका छन् । मृतकमध्ये महिला र बालबालिका लगभग आधा रहेको बताइएको छ ।

इजिप्टको कडा चेतावनी 

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सोमबार कतार शिखर सम्मेलनमा इजरायललाई पहिलो पटक ‘शत्रु’ भन्दै सम्बोधन गर्नुभयो । सन् १९७९ को शान्ति सम्झौता पछि पहिलोपटक इजिप्टका नेताबाट यस्तो टिप्पणी आएको हो । इजिप्ट सरकारका सूचना प्रमुख दिया रस्वानले ‘इजिप्ट खतरामा परेको छ’ भन्दै इजरायलप्रति असन्तुष्टि व्यक्त गरे ।

अमेरिकी चिन्ता

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायल भ्रमण सकेर कतार पुगेका छन् । उनले गाजा अपरेसनलाई सङ्केत गर्दै ‘हामीसँग सम्झौताका लागि अब महिनौँ होइन, दिन वा हप्तामात्र बाँकी छ’ भने । रुबियोले युद्ध दीर्घकालीन बन्न नहुने भन्दै ‘हमासलाई अव्यवस्थित पार्न वार्तामार्फत समाधान होस्’ भन्ने अपेक्षा व्यक्त गरे ।

अपरेसन र क्षति

इजरायली सेनाले हप्तौँदेखि दिएको चेतावनीपछि काट्जले अपरेसन सुरु भएको पुष्टि गरे । “आतङ्कवादी पूर्वाधारमा फलामको मुठ्ठीले प्रहार भइरहेको छ । हामी मिशन पूरा नभएसम्म न त हार मान्छौँ न फर्किन्छौँ”, उनले भने । संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिनामा मात्र दुई लाख २० हजारभन्दा बढी प्यालेस्टिनी गाजाको उत्तरी भागबाट विस्थापित भएका छन् । अपरेसन अघि त्यहाँ करिब १० लाख बासिन्दा बसोबास गरेका थिए ।

मङ्गलबार बिहान गाजामा तीव्र आक्रमण भइरहेका समाचार आएका छन् । सहरको शिफा अस्पतालले कम्तीमा २० शव र ९० घाइतेको विवरण दिएको छ ।“गाजामा निकै कठिन रात बित्यो, बम विस्फोट क्षणभर पनि रोकिएन”, अस्पताल निर्देशक डा मोहम्मद अबु सेलमियाहले भने । इजरायली सेनाले आक्रमणबारे प्रत्यक्ष टिप्पणी नगरे पनि विगतमा हमासले नागरिक क्षेत्रमा पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानकाे भूकम्पमा २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते
अफगानिस्तानकाे भूकम्पमा २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प सोमबार, कात्तिक १७, २०८२
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP