Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
विश्व
  • Home
  • विश्व
  • बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३१, २०८२


एएफपी- बङ्गलादेशमा युनुसको नेतृत्वमा निर्वाचनअघि चुनौतीहरू उत्पन्‍न भएको छ  ।  विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश शासन अन्त्य हुँदै निर्वासनमा भाग्न बाध्य भएपछि बङ्गलादेश राजनीतिक उथलपुथल भएको हो ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले आगामी फेब्रुअरीमा निर्वाचन गर्ने वाचा गरेको छ । तर १७ करोड जनसङ्ख्या भएको मुस्लिम बहुल मुलुकमा राजनीतिक विभाजन र हिंसा बढ्दै जाँदा शङ्का गहिरिँदै गएको छ । चुनाव अझ पाँच महिना टाढा भए पनि हसिनाको पतनपछिका गठबन्धनहरू विखण्डन हुँदै गएका छन् ।

मुख्य दलहरू को हुन् ? 
हसिनाको अवामी लिग प्रतिबन्धित भएपछि प्रमुख राजनीतिक खेलाडी बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) र इस्लामवादी जमात–ए–इस्लामी रहेका छन् ।  यससँगै विद्रोहको नेतृत्व गर्ने विद्यार्थी नेताहरूले बनाएको राष्ट्रिय नागरिक पार्टी (एनसिपी) पनि प्रमुख शक्ति बनेको छ । प्रतिद्वन्द्वी दलहरूले सडक हिंसाको आशङ्का व्यक्त गरिरहेका छन् भने युनुसले प्रक्रियामा विश्वास पुनःस्थापित गर्न सङ्घर्ष गरिरहनुभएको छ ।

Hardik health

युनुस कहाँ उभिनुभएको छ ? 
पचासी वर्षीय युनुसले चुनावपछि पदत्याग गर्ने घोषणा गर्दै ‘चुनावको विकल्प छैन’ भन्नेमा जोड दिनुभएको छ । तर उहाँको दैनिक राजनीतिबाट दूरी, साथै सेनाको संलग्नता वा समर्थनबारे उठेका प्रश्नहरूले अनिश्चितता बढाएका छन् । सेना प्रमुख जनरल वाकर–उज–जमान र शीर्ष अधिकारीबीच हालै भएका बैठकहरूले अनुमानलाई थप उकासेको छ । विद्रोहको लामो इतिहास बोकेको मुलुकमा सेनाले सदैव निर्णायक भूमिका खेलेको छ ।

समूहहरू किन विभाजित छन् ?
मुख्य विवाद ‘जुलाई नेसनल चार्टर’ लाई लिएर छ । यस सुधार दस्तावेजले प्रधानमन्त्रीका लागि दुई कार्यकालको सीमा र राष्ट्रपतिलाई थप अधिकार दिने प्रस्ताव गर्छ । चौरासी वटा सुधार बुँदामा सहमति भए पनि त्यसलाई कानूनी रूपमा कसरी लागू गर्ने भन्ने विषयमा दलहरू विभाजित छन् । बिएनपीले सुधार चार्टरलाई निर्वाचनपछिको संसद्मार्फत मात्र अनुमोदन गर्न सकिने दाबी गर्छ भने अन्य दलहरूले चुनावअघि नै यसलाई कानूनी रूप दिनुपर्ने तर्क गर्छन् । जमातका नेता सैयद अब्दुल्लाह मोहम्मद ताहेरले सुधारहरूमा जनताको राय आवश्यक भएकाले जनमतसङ्ग्रह गर्नुपर्ने बताए ।  एनसिपीका नेता सालेह उद्दीन सिफतले भने ‘विद्रोहमा ज्यान गुमाउनेहरूप्रति विश्वासघात हुने’ भन्दै माग पूरा नभएसम्म चुनावमा सहभागी नहुने चेतावनी दिएका  छन् ।

दलबीचको अन्य बहस 
अवामी लिगलाई कार्यकारी आदेशमार्फत प्रतिबन्ध लगाइएको थियो । जमातले हसिनासँग सम्बन्ध भएका थप १३ समूहलाई समेत प्रतिबन्धित गर्नुपर्ने माग गरेको छ । तर बिएनपीले अदालतको प्रक्रिया विना कुनै दल प्रतिबन्धित हुन नसक्ने भन्दै आपत्ति जनाएको छ । यसबीच, युनुसले लन्डनमा बिएनपी नेता तारिक रहमानसँग भेट गरेपछि पक्षपातको आरोप खेपिरहनुभएको छ । यसले जमात र एनसिपीलाई असन्तुष्ट बनाएको छ ।

 अगाडि केऔके चुनौती छन् ? 
अन्तरिम सरकार बढ्दो कानूनऔव्यवस्था समस्यामा फसिरहेको छ । विश्व बैंकका पूर्व वरिष्ठ अर्थशास्त्री जाहिद हुसेनले सरकारलाई ‘सौहार्दपूर्ण र साहसी तर असहाय र हतप्रभ’ भनेका छन् । अधिकार समूह ऐन ओ सालिस केन्द्रका अनुसार यस वर्ष मात्रै एक सय २४ वटा भिडन्तका घटना दर्ता भएका छन् । प्रहरी तथ्याङ्कले हत्या, बलात्कार र डकैती बढेको देखाएको छ ।

विश्लेषकहरूका अनुसार युनुसले विश्वसनीय निर्वाचन गराउन पूर्ण सैन्य समर्थन आवश्यक छ । ढाका विश्वविद्यालयका राजनीति विज्ञान प्राध्यापक मामुन अल मुस्तफाले समयमै चुनाव सम्पन्न गर्न ‘सेनाको बिना शर्त र निरन्तर समर्थन’ अपरिहार्य हुने टिप्पणीगरेका छन् । 


प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानकाे भूकम्पमा २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते
अफगानिस्तानकाे भूकम्पमा २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प सोमबार, कात्तिक १७, २०८२
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP