Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • हरित प्रविधिमा म्यान्माको अग्रसरता
हरित प्रविधिमा म्यान्माको अग्रसरता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३०, २०८२

हालै सम्पन्न ‘म्यान्मा सवारी तथा पाट्र्स प्रदर्शनी २०२५’ मा चिनियाँ विद्युत् सवारीसाधनहरूले विशेष ध्यान आकर्षित गरेका छन् । म्यान्माको सवारीसाधन क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाउनमा यिनको भूमिका महत्वपूर्ण देखिएको छ ।

तीन दिनसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा सहभागी भएका सबै ३५ सवारी ब्रान्ड चीनबाट आएका थिए, जसमा करिब ३) ब्रान्ड विद्युत् सवारी निर्माणमा केन्द्रित थिए । प्रदर्शनीको सह–आयोजक सिल्भर सी इन्टरनेशनल कम्पनी लिमिटेड का प्रबन्ध निर्देशक उ जर नि टिन म्यिन्ट ले भने,‘आजको समयमा चीन सवारीसाधन उद्योगमा अग्रणी बनेको छ । चिनियाँ ब्रान्डहरूको गुणस्तर विश्वभर स्वीकार गरिएको तथ्य हो ।’ यस प्रदर्शनीको अवसरमा ‘ऊर्जाको रूपान्तरणः विद्युतीय सवारीको भविष्य’ नामक ज्ञान आदानप्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सरकारी प्रोत्साहनपछि विद्युत् सवारीप्रतिको रुचिमा उल्लेखनीय वृद्धि
सन् २०२३ यता म्यान्मा सरकारले विद्युत् सवारीसाधन आयातमा कर छुट, पुल तथा सडक महसुलमा छूटजस्ता सुविधा प्रदान गरेपछि, आम जनमानसको यसप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ । स्वान थु आङ कम्पनीका प्रमुख व्यापार अधिकृतको सित पैङले बताए,‘सुरुवातमा हामीसँग १०–१५ वटा मात्र विद्युत् सवारी थिए, अहिले हामीले करिब ३०० वटा वितरण गरिरहेका छौं, जसमा ६०–७० वटा हाम्रो आफ्नै सञ्चालनमा छन् ।’

उनले थपे‘विद्युत् सवारी चलाउन सजिलो, खर्चमा किफायती र चार्ज गर्न घर, सार्वजनिक स्थान वा सौर्य ऊर्जाको उपयोग गर्न सकिने भएकाले यसको प्रयोग सहज र व्यावहारिक बन्दै गएको छ ।’ म्यान्मा सरकारले सार्वजनिक गरेको विद्युत् सवारी मार्गचित्र अनुसार, सन् २०२६–२७ देखि आधा तयार अवस्थामा आयात गरी देशमै जोडीने प्रक्रिया (स्थानीय संयोजन) प्रारम्भ हुनेछ, जसले देशभित्रै उत्पादन प्रवर्धनमा योगदान पु¥याउनेछ ।

Hardik health

चिनियाँ कम्पनीहरूको उल्लेखनीय उपस्थिति
बाइडी, एमजी, लिप मोटर, डोङफेङ जस्ता चिनियाँ कम्पनीहरूले म्यान्माको बढ्दो सवारी बजारमा सकारात्मक प्रभाव पारेका छन् । प्रदर्शनीमा बाइडी कम्पनीले आफ्ना सङ एल, हान, सिल, र इ–२ मोडेलहरू प्रस्तुत गरेको थियो । प्राइम मोटर म्यान्माका बाइडी बिक्री प्रमुख क्याव जाव तुन का अनुसार,‘बाइडीले प्रयोग गर्ने ‘ब्लेड ब्याट्री’ प्रविधि विश्वभर प्रसिद्ध छ । म्यान्मामा पनि यसका प्रयोगकर्ताहरू दिनप्रतिदिन बढिरहेका छन् ।’

उनले भने,‘अहिले सवारीको मूल्य अघिल्लो वर्षको तुलनामा घटेको छ, सेवा सुविधा पनि सहज बन्दै गएको छ । यस्ता पक्षहरूले उपभोक्तालाई आकर्षित गरिरहेका छन् ।’ बिएआईसी कम्पनीले पनि आफ्नो आर्कफक्स अल्फा एस ५ नामक उच्चस्तरीय विद्युत् सवारी सो प्रदर्शनीमा देखाएको थियो । यस कम्पनीका बजार व्यवस्थापक को म्यात थु ले बताए,‘विद्युत् सवारीको माग बढ्नुमा सञ्चालन खर्च तथा मर्मत–सम्भार लागत कम हुनु पनि एक मुख्य कारण हो । सेवा केन्द्र र चार्ज गर्ने स्थानहरू विस्तार हुँदै जाँदा यसको प्रयोग अझ बढ्नेछ भन्ने विश्वास छ ।’

चार्ज गर्ने संरचनामा पनि विस्तार
म्यान्मामा अहिले चार्ज गर्ने पूर्वाधार पनि तीव्ररूपमा विस्तार भइरहेका छन्, जसमा चिनियाँ प्रविधिले ठूलो भूमिका खेलेको छ । नेक्स चार्ज सोल्युसनका बजार व्यवस्थापकको ये आङका अनुसार,‘हामीले हालसम्म पेट्रोल पम्प, घर तथा भवन निर्माण कम्पनीहरूका लागि एक हजार भन्दा बढी चार्ज यन्त्रहरू उपलब्ध गराएका छौं, जसमा सबै उपकरण चीनमै निर्मित हुन् ।’

सर्वसाधारणमा बढ्दो आकर्षण
प्रदर्शनी अवलोकन गर्न आएका मायाङ्गोन नगरपालिकाका बासिन्दा हेइन ह्टेट उनले भने,‘हामी बाइडी र लिप मोटरको सवारी हेर्न आएका थियौं । हामीजस्ता उपभोक्ताका लागि राम्रो बिक्रीपछिको सेवा र वारेन्टी प्रणाली नै मुख्य कुरा हो ।’ उनले थपे,‘हाल म्यान्मामा प्रयोग भइरहेका विद्युत् सवारीमध्ये सबैभन्दा बढी संख्यामा चिनियाँ सवारी छन् । यहाँसम्म कि केही जापानी कम्पनीका सवारी पनि चीनमै उत्पादन हुने गर्छन् । मूल्यअनुसार चिनियाँ सवारीले दिन सक्ने सुविधा सन्तोषजनक देखिएको छ ।’

विश्लेषकहरूका अनुसार, यस प्रदर्शनीले स्पष्ट रूपमा चिनियाँ विद्युत् सवारीसाधनहरूले म्यान्माको सवारी उद्योगलाई नयाँ दिशातर्फ लैजाँदैछन् । प्रतिस्पर्धात्मक मूल्य, बलियो सेवा सञ्जाल र प्रविधिमा आधारित प्रणालीका कारण चिनियाँ कम्पनीहरूले यहाँको सवारी बजारमा महत्वपूर्ण स्थान बनाउँदै लगेका छन् ।


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP