Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा
उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३०, २०८२

जेरुसेलम- अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पार्‍यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो ।

रुबियोले भ्रमणअघि गाजामा इजरायलको योजना बारेमा प्रत्यक्ष जवाफ खोज्ने बताएका थिए । गत हप्ता कतारमा हमास नेतामाथि भएको इजरायली आक्रमणले द्वन्द्व अन्त्य गर्ने प्रयासलाई थप जटिल बनाएको थियो ।

उनको दुई दिने भ्रमणले बढ्दो पृथक इजरायलप्रति समर्थन प्रकट गर्छ, यद्यपि संयुक्त राष्ट्रसङ्घमा अर्को हप्ता प्यालेस्टिनी राज्य निर्माणबारे विवादास्पद बहस हुने अपेक्षा छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसबारे कडा विरोध जनाउनुभएको छ ।

कतार आक्रमणपछि पनि भ्रमण 

Hardik health

रुबियोको भ्रमण दोहामा भएको इजरायली आक्रमणपछि पनि जारी रहेको छ । आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेको थियो । उनले उक्त कारबाहीबारे अमेरिका पूर्वसूचित नभएको बताएका थिए ।आइतबार नेतान्याहु, रुबियो र उहाँहरूका पत्नीहरू, साथै अमेरिकी राजदूत माइक हुकाबी दम्पतीले पश्चिमी पर्खाल र नजिकै उत्खनन गरिएका सुरुङहरू अवलोकन गरे । नेतान्याहुले भने, “रुबियोको भ्रमण इजरायल–अमेरिकी गठबन्धनको स्थायित्व र बलको प्रमाण हो, यो ढुङ्गाजस्तै मजबुत छ ।”

शुक्रबार रुबियो र ट्रम्पले कतारका प्रधानमन्त्रीसँग भेटेर आक्रमणका प्रभावबारे छलफल गरेक  थिए । इजरायल र कतारसँगको ती भेटहरूले ट्रम्प प्रशासनले कसरी प्रमुख सहयोगीहरूबीच सन्तुलन खोजिरहेको छ भन्ने देखाउँछ । कतारमा भएको आक्रमणले कम्तीमा छ जनको मृत्यु भएको थियो र संयुक्त राष्ट्रसङ्घीय महासभाको आगामी सत्रअघि युद्धविराम तथा बन्धक मुक्त गर्ने प्रयासहरूलाई पनि धक्का दिएको छ ।

यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार अरब र मुस्लिम मुलुकका विदेशमन्त्रीहरूसँग भेटेर इजरायलको निन्दा गरे । उनले भने, “कतार इजिप्ट र अमेरिकासँग युद्धविराममा प्रतिबद्ध छ, तर इजरायलको हवाई आक्रमण ‘मध्यस्थताको सिद्धान्तमाथि प्रहार’ हो ।”

गाजामा घातक आक्रमण

स्थानीय अस्पतालहरूका अनुसार आइतबार गाजाभरि भएको इजरायली आक्रमणमा कम्तीमा १३ जना मारिए र दर्जनौँ घाइते भए । देइर अल–बलाहमा भएको एउटा आक्रमणमा एउटै परिवारका छ सदस्य मारिए । मारिनेमा दुई आमाबाबु, तीन सन्तान र एक काकी रहेका थिए ।

इजरायली सेनाले तत्काल प्रतिक्रिया दिएको छैन । तर एपी भिडियोले आकाशमा धुवाँ उडिरहेको र गाजा सहरबाट हजारौँ मानिस सामानसहित भागिरहेको देखाएको छ । सेनाले बासिन्दालाई सहर खाली गर्न चेतावनी दिइरहेको छ । इजरायलले तीन अग्ला भवन ध्वस्त पारेको छ । गाजाको इस्लामिक युनिभर्सिटीको एउटा भवन दुईपटक प्रहारपछि भत्काइएको छ । अल–सिफा अस्पतालमा हताहत भएको रिपोर्ट छ, तर विवरण अज्ञात छ ।

सेनाले हमासले ती भवनहरूलाई निगरानी केन्द्रका रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ । तर सेनाले प्रमाण प्रस्तुत गरेको छैन ।  “यो नरसंहारको एक हिस्सा हो”, गाजा सहरका बासिन्दा अबेद इस्माइलले भन्नुभयो, “तिनीहरू सहरलाई भग्नावशेष बनाउँदै छन् र हामीलाई अर्को ‘नाकबा’ तिर धकेल्दै छन् ।”

 भोकमरी चर्किँदै 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकमरीका कारण दुई वयस्कको मृत्यु भएको छ । जुनदेखि हालसम्म दुई सय ७७ वयस्क र युद्ध सुरु भएदेखि एक सय ४५ बालबालिकाले कुपोषणका कारण ज्यान गुमाएका छन् ।  इजरायली निकायले गत हप्तामा एक हजार दुई सयभन्दा बढी सहायता ट्रक गाजामा प्रवेश गरेको दाबी गरेको छ । तर सहायता संस्थाहरू यो ठूलो आवश्यकताका लागि पर्याप्त नभएको उल्लेख गर्दै धेरै सहायता गन्तव्यमा पुग्नुअघि नै लुटिने गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय टोलीहरूले गाजासम्मको पानी लाइनमध्ये एकलाई मर्मत गरी आपूर्ति बढाएको इजरायलले जनाएको छ । तर पानी अझै अभावमै छ र मानिसहरू दुई–तीन दिनमा आउने ट्रकहरू पछ्याएर बोतल र भाँडामा भरेर लैजान बाध्य छन् ।

युद्धको पृष्ठभूमि 

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार दुई सय जनाको हत्या र दुई सय ५१ जनाको अपहरण गरेसँगै गाजामा युद्ध सुरु भएको थियो । अझै ४८ जना बन्धक गाजामा छन्, जसमा २० जना जीवित रहेको इजरायलको विश्वास छ ।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको प्रत्याक्रमणले हालसम्म कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनीको ज्यान गएको छ । यसमा नागरिक र लडाकू कति छन् भनेर भने छुट्याइएको छैन ।


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP