Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • कतारको आह्वानः इजरायललाई सजाय देऊ
कतारको आह्वानः इजरायललाई सजाय देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३०, २०८२

दोहा -  दोहामा हमासका सदस्यहरूमाथि इजरायली आक्रमणको प्रतिक्रियामा बोलाइएको आपत्कालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा कतारका प्रधानमन्त्रीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड’ अस्वीकार गर्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गरेका छन्  ।

इजरायलको घातक आक्रमणले आलोचनाको लहर सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तोष प्रकट गरे पनि समर्थन देखाउन विदेशमन्त्री मार्को रुबियोलाई इजरायल पठाएको छ ।अरब र इस्लामिक नेताहरूको सोमबार हुने आपत्कालीन भेलाले खाडी मुलुकबीच एकताको प्रदर्शन गर्ने अपेक्षा छ । यसले गाजामा युद्ध र मानवीय सङ्कट अन्त्य गर्न बढ्दो आह्वानलाई थप बल दिन खोज्नेछ ।

“अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न रोकिनुपर्ने र इजरायलले गरेका सबै अपराधका लागि सजाय दिनुपर्ने समय आएको छ”, प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तयारी बैठकमा भने । उनले गाजामा इजरायलको ‘उन्मूलन युद्ध’ सफल नहुने दाबी गरे । “इजरायललाई निरन्तरता दिने प्रमुख कारण मौनता र अन्तर्राष्ट्रिय समुदायको कमजोरी हो”, उनले भने । 

Hardik health

सोमबारको शिखर सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान, इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सहभागी हुने अपेक्षा छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास आइतबार नै दोहा पुग्नुभएको छ । तर साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान उपस्थित हुने कि नहुने स्पष्ट छैन ।  कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीका अनुसार बैठकमा ‘कतार राज्यमा इजरायली आक्रमणसम्बन्धी मस्यौदा प्रस्ताव’ मा विचार गरिनेछ ।

टर्कीका विदेशमन्त्री हाकान फिदानले अल जजिरासँग भने, “अब इजरायलको व्यवहार केवल प्यालेस्टाइन–इजरायलको मुद्दा मात्र होइन, यो क्षेत्रकै सबैभन्दा ठूलो समस्या इजरायली विस्तारवाद हो ।” उनले अरब र इस्लामिक मुलुकहरूलाई एकताबद्ध भएर नयाँ आधारमा समाधान खोज्न आग्रह गरे ।

हार्वर्ड मिडल इस्ट इनिसिएटिभकी एल्हाम फक्रोका अनुसार खाडी राष्ट्रहरूले सम्मेलनमार्फत वासिङ्टनलाई इजरायलमा दबाब दिन आह्वान गर्नेछन् । “उनीहरूले अझ बलियो अमेरिकी सुरक्षा आश्वासन पनि खोज्ने अपेक्षा छ, किनकि इजरायलको कार्यले हालका आश्वासनलाई कमजोर बनाएको छ”, उनले भने। फ्रान्सको साइन्सेज पो युनिभर्सिटीका करिम बितरले अरब र मुस्लिम नेताहरूका लागि यो ‘लिटमस टेस्ट’ हुने बताए । उनका अनुसार मतदाताहरू पुरानो शैलीको कूटनीतिबाट थकित भएका छन् । “अब अपेक्षा छ, यी देशहरूले इजरायल मात्र होइन, अमेरिकालाई समेत सन्देश दिनुपर्छ कि अन्तर्राष्ट्रिय समुदायले इजरायललाई दिइरहेको खाली चेक अन्त्य गर्ने समय आएको छ”, उनले भने ।

कतारले यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य आधार राखेको छ र अमेरिकासँगै इजिप्टसँग मिलेर इजरायल–हमास युद्धमा मध्यस्थताको प्रमुख भूमिका खेलेको छ । प्रधानमन्त्री शेख मोहम्मदले हालैको अमेरिका भ्रमणमा राष्ट्रपति ट्रम्पसँग रात्रिभोज गरेका थिए । हमास पोलिटब्युरो सदस्य बासेम नइमले शिखर सम्मेलनबाट ‘निर्णायक र एकीकृत अरब–इस्लामिक धारणा’ आउने अपेक्षा गरिएको बताए। उनका अनुसार सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको गाजा युद्ध अन्त्यतिर मोडिन सक्नेछ ।


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP