Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दल विभाजनदेखि दल त्यागसम्म
जेन–जी आन्दोलनको ‘साइड इफेक्ट’ दल विभाजनदेखि दल त्यागसम्म
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, भदौ ३०, २०८२

काठमाडौं-  मुलुकको राजनीतिक इतिहासमा सबैभन्दा छोटो समय २७ घण्टामै सत्ता राजनीति पूरै बदलेको जेन-जी आन्दोलनको प्रभाव केही दलमा देखिएको छ । आन्दोलनलाई हेर्ने दृष्टिकोणमा देखिएको मतभेदले पार्टी विभाजनसम्म भएको छ । कोही दलमा नेताहरू राजीनामा दिँदै अलग भएका छन् ।

दल विभाजन नै गरेर अलग भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी हुन् । उनले आइतबार नै नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका छन् । आफूसमेतले जेन-जी आन्दोलनलाई समर्थन गरेको भए पनि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आन्दोलनलाई ध्वंसात्मक भन्दै त्यही उपक्रममा भएको प्रतिनिधिसभा विघटनप्रति असहमति जनाएकोमा रेशम असन्तुष्ट देखिएका हुन् । सोही कारण दल छाडेको उनले फेसबुक लाइभमा जानकारी दिएका छन् ।  उनले भने, ‘जेन-जी आन्दोलनप्रति हाम्रो समर्थन थियो तर हिजो (शनिबार) जुन विज्ञप्ति आयो पार्टी अध्यक्षबाट, त्यसले आन्दोलनलाई अपराधसँग जोड्यो र असंवैधानिक भन्यो । यसपछि पार्टीमा रहनुको औचित्य छैन भन्ने ठानेँ ।’

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँगै नाउपा अध्यक्ष श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनसमेत विज्ञप्तिमार्फत माग गरेकी थिइन् । यसमा संस्थापक तथा संरक्षक चौधरीले असहमति प्रकट गरेका हुन् । पार्टी अध्यक्ष को हुने ? टुंगो लागिसकेको छैन । तर, उनले सामाजिक सञ्जाल फेसबुकमै नेताहरूको सम्भावित जिम्मेवारीबारे लेखेका छन् । उनले लेखेका छन्, ‘नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट निर्वाचित जो आयोगमा अद्यावधिक हुुनुभएको थिएन, उहाँहरूलाई सोही पदमा राखिने जानकारी गराउँदछु । सम्पर्कमा रहन र आवश्यक कागजात तयारी अवस्थामा राख्नहुन अनुरोध गर्दछु ।’

Hardik health

रेशम भने टीकापुर घटनासँग जोडिएको मुद्दामा प्रतिवादी हुनाले अध्यक्ष हुन कानुनतः अक्षम छन् । त्यही कारण उनले कसलाई अध्यक्ष बनाउँछन् ? चासोपूर्वक हेरिएको छ । रेशमले आफ्ना बुबा लालवीरलाई अध्यक्ष बनाउन सक्ने सम्भावना छ । यसअघि उनले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएर बुबालाई अध्यक्ष बनाएका थिए । तर, निर्वाचन आयोगले स्वीकारेन । रञ्जिता नै अध्यक्ष रहेको ठहर गर्‍यो । यसपछि रेशमपक्ष निर्वाचन आयोगसँग पनि रुष्ट भयो । यहीबीच २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनलाई समर्थन गर्ने र नगर्नेबारे विमति हुँदा अन्ततः रेशमले पार्टी छाडेका हुन् । अध्यक्ष रञ्जिता श्रेष्ठले भने रेशमले पार्टी छाडेको विषयमा जानकारी नभएको बताएकी छन् । उनले प्रभावसँग भनिन्, ‘खै, अब उहाँले मलाई पार्टी छाडेकोबारे जानकारी दिनुभएन । उहाँलाई नै थाहा होला ।’

जेन–जी आन्दोलनप्रतिको दृष्टिकोण पार्टीबाट अलग हुने तात्कालिक कारक जनाए पनि रेशम र श्रीमती रञ्जिताबीच पारिवारिक र राजनीतिक दुवै सम्बन्ध राम्रो थिएन । जेलबाट बाहिर निस्किएपछि त रेशमले पार्टी कब्जा गर्न खोजेका थिए । तर, निर्वाचन आयोगले उनको कदममा पटक-पटक ‘ब्रेक’ लगाइदियो । उनीहरूबीच आरोपप्रत्यारोप केही वर्षयता चल्दै आएको छ । जबकि, रेशमलाई जेलमुक्त गर्न रञ्जिताले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पटक–पटक याचना गरेकी थिइन् । प्रतिनिधिसभा बैठकमा उनले रेशमलाई थुनेर अन्याय गरेको भन्दै सरकारसँग आक्रोश पोखेकी थिइन् । यसपछि दाहालले रेशमलाई रिहा गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा जेलमुक्त रेशम महत्‍वाकांक्षी बनेर पार्टी कब्जा गर्न उद्धत हुँदा अध्यक्ष रहेकी श्रीमती रञ्जितासँग मनमुटाव भयो ।

यतिबेला भने जेन-जी आन्दोलन र त्यसबाट विकसित राजनीतिक घटनाक्रमप्रतिको फरक दृष्टिकोणलाई दल विभाजनको आधारको रूपमा रेशमले टिप्पणी गरेका छन् । जेन-जी आन्दोलनको ‘साइड इफेक्ट’ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अझ बढी परेको छ । पूर्वशिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले आइतबार रास्वपा परित्याग गर्नुले पनि त्यसलाई थप पुष्टि गरेको छ । उनी सभापति रवि लामिछानेका विवादास्पद कर्म, अर्कातिर वैचारिकीमा देखिएको फरकपनप्रति असन्तुष्ट थिइन् । त्यसको प्रत्यक्ष प्रभाव जेन-जी आन्दोलनमा पनि देखिएको थियो । सभापति लामिछानेले आन्दोलनको फाइदा उठाउने प्रयास गरे । नख्खु कारागारबाट दलबलसहित आन्दोलनको रापताप छँदा उनी विजयी भावमा बाहिरिएका थिए । यसमा सुमनाले प्रश्न गरेकी थिइन् । रवि बाहिरिनु गलत भएको सुमनाले भन्दै आएकी थिइन् । उसो त जेन–जी समूहको ठूलै तप्काले रवि जेलबाट बाहिरिएपछि विरोध गरेको थियो ।

तर, सभापति लामिछाने र उनीनिकट नेताहरूको तारोमा सुमना परेकी थिइन् । यसपछि सुमनाले पार्टी परित्याग गरेकी हुन् । उनले पार्टी त्यागेपछि भनिन्, ‘कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ ।’ पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पनि पार्टी छाड्ने भएका छन् । रास्वपाको एउटा पंक्ति जेन–जी आन्दोलनपछि सभापति रविसँग असन्तुष्ट छ ।  यस्तै, सत्ताबाट लज्जाजनक ढंगले बहिर्गमनमा परेका केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा जेन-जी आन्दोलनको क्रममा युवा नेताहरूले राजीनामा दिने अभियान नै चल्यो । पार्टीनिकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले २३ भदौमै राजीनामाको घोषणा गरे, त्यस दिन सरकारी दमनमा देशभर १९ जना जेन-जी युवा विद्यार्थीको ज्यान गएको थियो । तर, उनी शनिबार अनेरास्ववियुको कार्यालय जाँदा उनको नेम प्लेट अर्को समूहले फालिदिए । पार्टीलाई अप्ठेरो पर्दा छाडेको भन्दै उनलाई जिम्मेवारीमुक्त गर्नुपर्ने माग अनेरास्ववियुमा छ । 

यस्तै, ओलीकै गृहजिल्ला झापाको बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवेन्द्रप्रसाद चौँलागाईँले पार्टी परित्याग गरे । कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले नेकपा एमालेको कुनै पनि पद र पालिकाको उपाध्यक्ष पदबाटसमेत राजीनामा दिइन् । कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाँईले एमाले पार्टी र वडाध्यक्ष पदबाट राजीनामा दिए । एमाले झापा जिल्ला कमिटी सदस्य किशोर भट्टराईले राजीनामा दिए ।  एमाले जिल्ला कमिटी ललितपुर सदस्य धु्रवप्रसाद खनालले पद त्यागे । उता रुपन्देहीमा एमालेको राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेलले पार्टी त्यागेको घोषणा गरे ।
 


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि शुक्रबार, मंसिर २६, २०८२
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे शुक्रबार, मंसिर २६, २०८२
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस शुक्रबार, मंसिर २६, २०८२
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने शुक्रबार, मंसिर २६, २०८२
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती  शुक्रबार, मंसिर २६, २०८२
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP