Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री कार्कीको अठोट
चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री कार्कीको अठोट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३०, २०८२

 

छ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौं । यो अठोटमा यहाँहरू (कर्मचारीहरु)को साथ नपाइकन सम्भव छैन ।
सुशीला कार्की
प्रधानमन्त्री

काठमाडौं- जेन-जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको काँधमा आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने मुख्य जिम्मेवारी छ । शुक्रबार प्रधानमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री कार्कीको काँधमा यो जिम्मेवारी आएको हो ।

शनिबारमात्र राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सफल गराउन सबै पक्षलाई अपिल गरे । ‘बडो जुक्तिपूर्ण ढंगले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैं संयमित रहँदै चुनाव सम्पन्न गराउन सहयोग गर्न सबैलाई हार्दिक अपिल गर्दछु,’ राष्ट्रपति पौडेलले शनिबार जारी गरेको वक्तव्यमा भनिएको छ ।

Hardik health

यो निर्वाचन प्रतिनिधिसभाको मात्र हो । दुई महिना भए मज्जाले चुनावको तयारी गर्न सकिन्छ । यसका लागि दलहरु भने तयार हुनुपर्छ र सरकारले स्रोत साधनको सुनिश्चितता पनि गर्नुपर्छ ।
शारदाप्रसाद त्रिताल
पूर्वसचिव

चुनाव घोषणा भएसँगै कार्की नेतृत्वको अन्तरिम सरकार चुनावी सरकारको रुपमा परिणत भएको छ । आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपछि कार्कीले छ महिनामा चुनाव गरेर छाड्ने बताएकी छन् । ‘छ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौं । यो अठोटमा यहाँहरूको साथ नपाइकन सम्भव छैन । सुरक्षा निकायले पनि साथ नदिइकन सम्भव छैन,’ कार्कीले पदभार ग्रहणका क्रममा सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुसँग भनेकी छन् ।

यसका लागि प्रधानमन्त्री कार्की छरितोखाले मन्त्रिपरिषद् गठनको तयारीमा छिन् । दलहरुको परामर्शमा पूर्वप्रशासक र कानुनविद्हरुलाई मन्त्री बनाउने तयारी उनको रहेको छ । यसका लागि प्राविधिक विषयका जानकार र कानुन विषयका अनुभवी व्यक्ति चयन गर्ने प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति घोषणा गरिसक्दा निर्वाचन आयोग भने प्रमुखविहीन छ । प्रमुख निर्वाचन आयुक्तको पद गत वैशाख पहिलो साताबाट रिक्त छ । गत वैशाख ५ गते प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया निर्वाचन आयोगबाट बिदा भएपछि रामप्रसाद भण्डारीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालिरहेका छन् ।

संविधानमा प्रमुख आयुक्तको पद रिक्त हुनु एक महिनाअघि नै नयाँ प्रमुखको सिफारिस हुनुपर्ने प्रावधान छ । तर, प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक लामो समयदेखि बस्न नसक्दा आयोग प्रमुखविहीन बनेको हो । संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । आउँदो निर्वाचन प्रतिनिधिसभाको मात्र हुने भएकोले सजिलैसँग गर्न सकिने पूर्वसचिव शारदाप्रसाद त्रिताल बताउँछन् । तर यसका लागि दलहरु भने तयार हुनुपर्ने त्रितालको मत छ । ‘यो निर्वाचन प्रतिनिधिसभाको मात्र हो । दुई महिना भए मज्जाले चुनावको तयारी गर्न सकिन्छ । यसका लागि दलहरु भने तयार हुनुपर्छ,’ त्रितालले भने । निर्वाचनका लागि सरकारले स्रोत साधन सुनिश्चित गरिदिनुपर्ने उनी बताउँछन् ।

यसअघि २०६९ मा खिलराज रेग्मीको अन्तरिम सरकारले पनि निर्वाचन गराएको थियो । त्यतिबेला अहिलेकोजस्तै अवस्था सिर्जना भएको थियो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले अहिलेका राष्ट्रपति पौडेललेझैं भूमिका खेलेका थिए । चुनावी सरकारको नेतृत्व पाएको रेग्मी नेतृत्वको सरकारले २०७० मंसिर ४ मा संविधानसभाको निर्वाचन सम्पन्न गरेर आफ्नो अभिभारा पूरा गरेको थियो । त्यसैगरी यसपटक पनि निर्वाचन सफल हुने पूर्वमन्त्री विद्याधर मल्लिकको भनाइ छ । अहिलेको सरकारको मुख्य काम नै निर्वाचन भएकाले अरु विषयमा नअल्झे निर्वाचन सफल हुने उनले बताए । ‘अहिलेको सरकारले चुनाव गराउने हो । अरु विषयमा अनुसन्धान तथा छानबिन अर्को सरकारले गर्ने भएकोले सजिलै गर्न सकिन्छ,’ मल्लिकले भने । मल्लिक रेग्मी नेतृत्वको सरकारमा मन्त्री थिए ।

चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले पनि यसको तयारी थालेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी स्रोतसाधन सुनिश्चित गरिदिन सरकार तयार रहे आफूहरु चुनाव गराउन तयार रहेको बताउँछन् । चुनाव गराउन यथेष्ट समय भएकाले आयोग तयारी अवस्थामा रहेको भण्डारी बताउँछन् । यसका लागि मतदाता नामावली आद्यवधिक गर्ने र चुनावी कार्यक्रम तय गर्नेमात्र भएको उनले बताए । ‘मतदाता नामावली अपडेट गराउने हो । त्यसपछि सरकारले स्रोत साधन जुटाउनेबित्तिकै आयोगलाई अप्ठेरो छैन,’ भण्डारीले भने ।
सरकारी संयन्त्र भएपछि निर्वाचनका लागि प्रमुख नै चाहिन्छ भन्ने नरहेको जानकारहरु बताउँछन् । चुनावका लागि बजेट आवश्यक पर्ने र यसका लागि अहिले खर्च नहुने क्षेत्रहरुको रकम जोहो गरेर लगानी गर्न सकिने उनीहरु बताउँछन् । 

तीन मन्त्री नियुक्त, शपथ आज
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्मा तीन मन्त्री नियुक्त गरेका छन् । कार्कीले आइतबार साँझ अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुनमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी कुलमान घिसिङलाई भौतिक पूवार्धार, सहरी विकास र ऊर्जामन्त्रीमा नियुक्त गरेकी हुन् । 
तीनै जनाको नाम राष्ट्रपतिको कार्यालयमा आइपुगेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । ‘तीन जना मन्त्री नियुक्त भएको पत्र राष्ट्रपतिको कार्यालयमा आइपुगेको छ,’ पोखरेलले भने । पूर्वसचिव खनाल केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष रहेका व्यक्ति हुन् । उनले केही समय अघिमात्र आर्थिक सुधारसम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका थिए । 
यसैगरी अर्याल कानुन व्यवसायी हुन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका कानुनी सल्लाहकार रहेका उनी विभिन्न रिट तथा वकालतका कारण चर्चामा आएका थिए ।
घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् । उनी ओली नेतृत्वको सरकार हुँदा बर्खास्तीमा परेका थिए । लोडसेडिङमुक्त गरेका कारण चर्चामा रहेका उनलाई ओली नेतृत्वको सरकारले पटक–पटक स्पष्टीकरणसमेत सोधेको थियो । 


 


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार बुधबार, साउन २०, २०८३
सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने बुधबार, साउन २०, २०८३
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP