Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानमन्त्री कार्कीका ‘चुनौतीपूर्ण’ चार कार्यभार
प्रधानमन्त्री कार्कीका ‘चुनौतीपूर्ण’ चार कार्यभार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २९, २०८२

 

फागुनको २१ गते चुनावको मिति घोषणा भइसक्यो । दलहरूको विश्वास जितेर प्रधानमन्त्री कार्कीले चुनाव गर्नुपर्ने हुन्छ । दलहरूले अविश्वास गरे चुनावमा सहभागी हुँदैनन् । त्यस्तो चुनावको वैधानिकता हुँदैन । त्यसैले दलहरूको विश्वास जित्नु उहाँको अर्को चुनौतीपूर्ण कार्यभार हो ।
प्रा.डा. लोकराज बराल
राजनीतिशास्त्री

काठमाडौं- अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् गठनको तयारीमा छिन् । देशको राजनीति नै अनपेक्षितरूपमा उथलपुथल गरेर शक्तिमा आएको जेन-जी समूहले कार्की नेतृत्वको मन्त्रिपरिषद्मा पठाउने स्वतन्त्र व्यक्तिहरूको टुंगो लगाउने भएको छ । 

Hardik health

समूहले मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरूको टुंगो लगाउन ‘भर्चुअल’ मतदान गरिरहेको जानकारी दिएको छ । मतदानको आधारमा समूहले मन्त्री हुनेहरूको नाम सिफारिस गर्ने भएको छ । सिफारिसपछि कार्कीले मन्त्रिपरिषद् गठन गर्ने छिन् । राजनीतिशास्त्री प्रा.डा. लोकराज बराल कार्कीको पहिलो कार्यभार नै मन्त्रिपरिषद् गठन भएको बताउँछन् । ‘उहाँ (कार्की)ले चुस्त र छरितो खालको मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । स्वतन्त्र विज्ञहरूलाई समेट्नुपर्छ । किनभने कार्कीको यो नागरिक सरकार हो र यो पहिलो कार्यभार हो,’ बरालले प्रभावसँग भने । कार्की मन्त्रिपरिषद्मा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको नाम चर्चामा छ । उनलाई यसअघि जेन-जीको एउटा समूहले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । सुदन गुरुङ सम्मिलित जेन-जीको मूल समूहले कार्कीलाई भर्चुअल मतदानको आधारमा भन्दै प्रधानमन्त्रीको रूपमा सिफारिस गर्‍‍यो ।

सोहीअनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीका रूपमा नियुक्त गरे । यसरी कार्की प्रधानमन्त्री भएपछि उज्यालो नेपाल अभियानको नायकका रूपमा चिनिएका घिसिङलाई मन्त्रिपरिषद्मा समेट्ने विषयबारे जेन-जी समूह भर्चुअल मतदानमै छ ।  मन्त्रीको दौडमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको कानुनी सल्लाहकार रहेका अधिवक्ता ओमप्रकाश अर्याल पनि छन् । उनले जेन–जी समूहबाट कार्कीलाई प्रधानमन्त्रीमा नियुक्तबारे राष्ट्रपतिलाई कानुनी परामर्श दिएका थिए । उनलाई उच्च सम्भावित मन्त्रीको रूपमा हेरिएको छ । मन्त्री हुने अन्यको पनि टुंगो लगाउन मतदान प्रक्रियामा जेन–जी समूह क्रियाशील छ ।  मन्त्रिपरिषद् गठनपछि नवनियुक्त प्रधानमन्त्री कार्कीको अर्को कार्यभार छ महिनामा नयाँ चुनाव गर्नु रहेको राजनीतिशास्त्री बराल बताउँछन् । उनका अनुसार राजनीतिक दलहरूलाई विश्वासमा लिएर चुनाव गराउनुपर्छ । ‘फागुनको २१ गते चुनावको मिति घोषणा भइसक्यो । दलहरूको विश्वास जितेर उहाँ (कार्की)ले चुनाव गर्नुपर्ने हुन्छ, दलहरूले अविश्वास गरे चुनावमा सहभागी हुँदैनन्,’ उनले भने, ‘त्यस्तो चुनावको वैधानिकता हुँदैन । त्यसैले दलहरूको विश्वास जित्नु उहाँको अर्को चुनौतीपूर्ण कार्यभार हो ।’

जेन-जी पुस्ताको मूल एजेण्डा भ्रष्टाचार अन्त्य हो । कार्की स्वयं सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुँदासम्म गरेका केही फैसला र दिएका आदेशले उनी भ्रष्टाचारविरोधी कित्तामा रहेको देखाउँछ । त्यही भएर जेन–जी समूहले उनलाई नयाँ प्रधानमन्त्रीमा अघि सार्नु भ्रष्टाचार अन्त्यका लागि आवश्यक कदम चाल्ने विश्वासमा भएको अर्का राजनीतिशास्त्री डा. भेषराज घिमिरेले बताए ।  ‘आन्दोलन गर्ने जेन-जीको मूल दुईवटा मागमा एउटा भ्रष्टाचार अन्त्य हो,’ घिमिरेले भने, ‘त्यसो हुनाले जेन–जीलाई सम्बोधन गर्न भ्रष्टाचारमा संलग्नहरूलाई छानबिनमा ल्याउन शक्तिशाली आयोग बनाउने र आयोगले गरेको छानबिनको आधारमा कारबाही गर्ने कार्यभार यो सरकारको छ ।’ सन् २०२४ मा ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल भ्रष्ट देशको १०८औं सूचीमा छ । कार्यपालिकादेखि न्यायपालिकाको हरेक संरचनामा भ्रष्टाचारले जरो गाडेको विभिन्न प्रतिवेदनहरूले देखाएका छन् । यस्तोमा यही भदौ २३ र २४ गते आन्दोलन गरेको जेन–जी समूहको मूल एजेण्डामध्येमा भ्रष्टाचार अन्त्य भएकाले त्यसलाई सम्बोधन गर्नेगरी कदम चाल्नुपर्ने अभिभारामा नवनियुक्त प्रधानमन्त्री कार्की छिन् । 

तर, भ्रष्टाचारको छानबिन गर्न आयोग गठनमा राजनीतिक दलहरू सहमत छैनन् । भनिन्छ, राष्ट्रपति रामचन्द्र पौडेलबाट कार्कीको प्रधानमन्त्री नियुक्तिमा विलम्ब हुनुमा पनि यही विषय थियो । यहीबीच भ्रष्टाचार अन्त्यका लागि शासकीय प्रणालीमा अदलबदल गर्नुपर्ने सवाल पहिलेदेखि नै उठेको हो । जेन-जी समूहले पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा वकालत गर्दै आएको छ । त्यसो हुनाले यो सवालको सम्बोधन कसरी गर्ने ? प्रधानमन्त्री कार्कीसामु अर्को चुनौती छ । आन्दोलनको क्रममा पहिलो दिन २३ भदौमा भएको प्रहरी दमनको छानबिन गरेर कारबाही गर्नुपर्ने अर्को दायित्व प्रधानमन्त्री कार्कीको काँधमा छ । त्यसदिन आन्दोलनकारी जेन–जी समूह संसद् भवन कब्जा गर्नेगरी अघि बढ्दा प्रहरीले बल प्रयोग गरेर १७ जनाको ज्यान लिएको थियो । ३४७ जना घाइते भएका थिए । उक्त घटनालाई नरसंहार भनिएको छ । सोही घटनामा आदेश दिने प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुखलगायतलाई छानबिनको दायरामा ल्याउनुपर्ने दबाब कार्कीमाथि छ ।  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध त कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको माग राखेर उजुरी परेको छ । कपिलवस्तुका कांग्रेस सांसद अभिषेकप्रताप साहले त्यहाँका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् ।

आन्दोलनको दोस्रो दिन आन्दोलनकारीले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । नेताहरूको घरदेखि सार्वजनिक सम्पत्तिमा सिंहदरबार, संसद् भवन, शीतलनिवास, सर्वोच्च अदालतलगायतका विभिन्न संरचनामा आगजनी गर्दा ध्वस्त भए । हिल्टन होटलदेखि भाटभटेनी सुरमार्केटलगायतका थुप्रै व्यावसायिक संस्थानहरु ध्वस्त भए । यी सबै घटनाको छानबिन गर्नुपर्ने जिम्मेवारी पनि कार्कीको रहेको राजनीतिशास्त्री बराल बताउँछन् ।
 


प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार बुधबार, साउन २०, २०८३
सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने बुधबार, साउन २०, २०८३
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP