Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानमा शतायुको संख्या झण्डै एक लाख, ९० प्रतिशत महिला
जापानमा शतायुको संख्या झण्डै एक लाख, ९० प्रतिशत महिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २७, २०८२

टोकियो - जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको सङ्ख्या झण्डै एक लाखको ऐतिहासिक उचाइमा पुगेको छ । यो सङ्ख्याको करिब ९० प्रतिशत महिला रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रकाशित तथ्याङ्कले देखाएको छ ।

यो तथ्याङ्कले विश्वको चौथो ठूलो अर्थतन्त्र जापानमा तीव्र बुढ्यौली र घट्दो जनसङ्ख्याले उत्पन्न गरेको गम्भीर जनसाङ्ख्यिकीय सङ्कटलाई झल्काएको छ । सेप्टेम्बर १ सम्म देशमा ९९ हजार सात सय ६३ जना शतायु मानिस रहेका छन् । तीमध्ये चार हजार छ सय ४४ जनाको उमेर १०५ वर्षभन्दा माथि छ, जसमा महिलाको हिस्सा ८८ प्रतिशत छ ।

जापानकी सबैभन्दा वृद्ध व्यक्ति नारा क्षेत्रमा बस्ने ११४ वर्षीया शिगेको कागावा हुन्  । उनी ८० वर्षसम्म प्रसूति–स्त्रीरोग विशेषज्ञ र सामान्य चिकित्सकका रूपमा सक्रिय हुन्  ।  “घर–घरमा कल गर्ने क्रममा धेरै हिँड्ने गरेँ, जसले मेरा खुट्टा बलिया बनायो । यही मेरो जीवनशक्तिको आधार हो”, कागावाले मन्त्रालयमार्फत भनिन्  । उनी अझै टिभी हेर्ने, पत्रिका पढ्ने र सुलेखन अभ्यास गर्ने गर्छिन् ।

Hardik health

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भने बेलायती महिला एथेल क्याटरहम छिन्  । उनी अगस्टमा ११६ वर्षकी भइन्  । केही महिनाअघि ब्राजिलकी नन इना क्यानाबारो लुकासको निधनपछि उनलाई यो उपाधि दिइएको हो ।

जापानमा वृद्ध जनसङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा र सामाजिक सुरक्षामाथि दबाब बढेको छ भने सङ्कुचित श्रमशक्तिले त्यसलाई धान्न गाह्रो बनाएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२४ मा मात्र जापानी नागरिकहरूको सङ्ख्या नौ लाखभन्दा बढीले घटेको थियो ।

 प्रधानमन्त्री शिगेरु इशिबाले यसलाई ‘शान्त आपत्काल’ भन्दै जनसङ्ख्या ह्रास उल्टाउन लचिलो कार्यसमय र निःशुल्क डे केयर—लागू गर्ने जस्ता परिवारमैत्री नीतिहरूको वाचा गरका छन्  । तर, अहिलेसम्म ती प्रयासहरूले उल्लेखनीय परिणाम दिन सकेका छैनन् ।


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
घाइते सैनिकहरूको समर्थनमा राजकुमार ह्यारीको आकस्मिक युक्रेन भ्रमण
घाइते सैनिकहरूको समर्थनमा राजकुमार ह्यारीको आकस्मिक युक्रेन भ्रमण शुक्रबार, भदौ २७, २०८२
सिंहको आक्रमणपछि थाई चिडियाखानामा छानबिन तीव्र
सिंहको आक्रमणपछि थाई चिडियाखानामा छानबिन तीव्र शुक्रबार, भदौ २७, २०८२
आगामी दुई वर्षमा तेलको माग दैनिक १३-१४ लाख ब्यारेलले बढ्ने ओपेक प्रतिवेदन
आगामी दुई वर्षमा तेलको माग दैनिक १३-१४ लाख ब्यारेलले बढ्ने ओपेक प्रतिवेदन शुक्रबार, भदौ २७, २०८२
ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति
ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति शुक्रबार, भदौ २७, २०८२
नारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित
नारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित शुक्रबार, भदौ २७, २०८२
चिनियाँ नागरिकहरूलाई  नासा प्रवेशमा रोक
चिनियाँ नागरिकहरूलाई नासा प्रवेशमा रोक शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP