काठमाडौं- जेनजी प्रदर्शनमा देशभरीबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुने तीन प्रहरी र एक भारतीय महिलासहित मृतक रहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । उनले भने,‘जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।’
तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।