Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति
ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २७, २०८२

एएफपी- आगामी नोबेल शान्ति पुरस्कार घोषणाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र अभियानबारे बढ्दो चर्चा भए पनि नर्वेली नोबेल समितिले आफ्नो स्वतन्त्रतामा कुनै असर नपर्ने स्पष्ट पारेको छ ।

जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने इच्छा खुलेर व्यक्त गरेका छन्  । ७९ वर्षीय अर्बपति ट्रम्पले गाजा र युक्रेनमा शान्ति ल्याउने प्रयास गरेको दाबी गर्दै आफू ‘पुरस्कारको योग्य’ भएको बताएका छन् ।

उनले बारम्बार सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अप्रत्याशित रूपमा पुरस्कार पाएको उदाहरण पनि दोर्‍यायाएका छन्  ।  “विशेष उम्मेद्वारहरूप्रति मिडियाले धेरै ध्यान दिएको देखिन्छ, तर यसले समितिको छलफललाई प्रभावित गर्दैन”, समितिका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले एएफपीलाई भने, “समितिले प्रत्येक नामाङ्कनलाई आफ्नै योग्यताका आधारमा विचार गर्छ ।”

Hardik health

यस वर्षको विजेता अक्टोबर १० मा घोषणा गरिनेछ । समितिलाई हजारौँ योग्य व्यक्तिद्वारा तीन सय ३८ उम्मेदवार र संस्थाको लामो सूची पेश गरिएको छ । सूची ५० वर्षसम्म गोप्य रहने प्रावधान छ । ट्रम्पले आफूलाई विदेशी नेताहरूले मनोनित गरेको दाबी गर्नुभएको छ, तर जनवरी ३१ सम्म नामाङ्कन पेश गर्नुपर्ने भएकाले ती मनोनयन यस वर्षका लागि वैध नभएका हुन सक्छन् । 

“समितिले यसबारे कुनै टिप्पणी नगरे पनि नामाङ्कन हुनु मात्र ठूलो उपलब्धि होइन, विजेता बन्नु नै असली उपलब्धि हो”, हार्पभिकेनले भने । समितिले अघिल्ला वर्षहरूमा पनि अन्तर्राष्ट्रिय दबाब नमान्ने देखाएको छ । सन् २०१० मा चिनियाँ असन्तुष्ट लिउ सियाओबोलाई पुरस्कार दिँदा नर्वे–चीन सम्बन्धमा गहिरो तनाव आएको उदाहरण समितिले स्मरण गराएको छ ।

नर्वे बहुपक्षवादमा दृढ रहेको भए पनि ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिले उल्टो सन्देश दिएको भन्दै विज्ञहरूले उहाँको सम्भावना न्यून देखेका छन् ।  नर्वेजियन इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्सका अनुसन्धान निर्देशक हलवार्ड लिराले भन्नुभयो, “यस्तो दबाब प्रायः प्रत्युत्पादक हुन्छ । यदि समितिले अब ट्रम्पलाई पुरस्कार दियो भने, स्वतन्त्रता गुमाएको आरोप लाग्नेछ ।”

अगस्टमा तीन नोबेल इतिहासकारले पनि ट्रम्प योग्य नभएको ठहर गर्दै उहाँको पुटिनप्रतिको प्रशंसा र युक्रेन युद्धबारेको अडानलाई प्रमुख कारणको रूपमा औँल्याएका थिए । उनीहरूले लेखेका थिए, “नोबेल समितिले ट्रम्पलाई पुरस्कार दिन भने आफ्नो दिमाग गुमाउनु पर्ने हुन्छ ।”


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP