Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • नारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित
नारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २७, २०८२

एएफपी-  ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर  बोल्सोनारोलाई बिहीबार २७ वर्षको जेल सजाय सुनाएको छ । सजायले ७० वर्षीय      अति-दक्षिणपन्थी नेतालाई बाँकी जीवन जेलमै बिताउने सम्भावना बढाएको हो । 

पाँच न्यायाधीशमध्ये चार जनाले उनलाई दोषी ठहर गरेका थिए । उनीमाथि सन् २०२२ को चुनावमा पराजयपछि तत्कालीन राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई सत्ताच्यूत गर्ने षड्यन्त्र गरेको आरोप थियो । अभियोजनकर्ताहरूका अनुसार सैन्य शीर्ष अधिकारीहरूको समर्थन नपाएकै कारण योजना असफल भएको हो ।
बोल्सोनारोको प्रतिरक्षा टोलीले सजायलाई ‘अविश्वसनीय रूपमा अत्यधिक’ भन्दै अन्तर्राष्ट्रिय स्तरमा समेत अपील गर्ने घोषणा गरेको छ । अमेरिकाले तुरुन्त प्रतिक्रिया दिँदै यो निर्णयलाई ‘राजनीतिक विच हन्ट’ भनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तदनुसार कदम चाल्ने चेतावनी दिनुभए पनि ब्राजिलले यस्तो धम्कीबाट नडराउने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सजायलाई ‘धेरै आश्चर्यजनक’ भन्दै बोल्सोनारोलाई ‘असल राष्ट्रपति’ र ‘असल मानिस’ का रूपमा प्रशंसा गरे । उनले बोल्सोनारोको कानूनी समस्या आफ्नो अनुभवसँग मिल्दोजुल्दो भएको दाबी गरे ।  फैसलामा निर्णायक मत हाल्ने न्यायाधीश क्रिस्टियानो जानिनले भने,‘प्रतिवादीहरूले सशस्त्र आपराधिक सङ्गठन गठन गरेका थिए, प्रमाणका आधारमा उनीहरूलाई दोषी ठहर गर्नुपर्छ ।’ पूर्वमन्त्री र सैन्य प्रमुखसहित उनीहरूका सात सह–अभियुक्त पनि दोषी ठहर भएका छन् । सन् २)०१९ देखि २०२२ सम्म राष्ट्रपति बनेका बोल्सोनारोले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गरे । उनका सांसद छोरा फ्लेभियो बोल्सोनारोले इतिहासले आफूहरू सही पक्षमा रहेको प्रमाणित गर्ने विश्वास व्यक्त गरे माफी विधेयक पारित गर्न कांग्रेसमा पहल गर्ने बताए ।

Hardik health

चार दिन लामो सुनुवाइपछि भएको यो फैसला ब्राजिलको हालसम्मकै सबैभन्दा ठूलो र विभाजनकारी मुद्दा मानिएको छ । बोल्सोनारोमाथि ‘आपराधिक सङ्गठन’ को नेतृत्व गर्नुका साथै तत्कालीन राष्ट्रपति लुला, उपराष्ट्रपति गेराल्डो अल्कमिन र सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे मोरेसको हत्या योजनाबारे जानकारी भएको आरोप पनि थियो । उनी ब्रासिलियामा सन् २०२३ को हिंसात्मक आक्रमण उक्साएको दोषमा समेत दोषी ठहर भएका छन् । समर्थकहरूले त्यतिबेला सर्वोच्च अदालत, राष्ट्रपति दरबार र कांग्रेसमा आक्रमण गरेका थिए । देशभर टिभी र सामाजिक सञ्जालमार्फत लाखौँ नागरिकले कार्यवाही हेरेका थिए । कसैले बोल्सोनारोलाई दोषी ठहरिनुलाई ‘न्यायको जित’ भने भने कसैले यसलाई ‘अनुचित फैसला’ भने ।

यो मुद्दाले ब्राजिलमा गहिरो विभाजन ल्याएको छ-वामपन्थीहरूले यसलाई लोकतन्त्रको विजय भनेका छन् भने दक्षिणपन्थीहरूले राजनीतिक प्रतिशोधको प्रदर्शन मानेका छन् । यस घटनाले अमेरिकासँग ब्राजिलको सम्बन्धमा अभूतपूर्व सङ्कट ल्याएको छ । वासिङ्टनले कर सजायसँगै मोरेस र अन्य न्यायाधीशमाथि प्रतिबन्ध पनि लगाएको छ । सन् १९८५ मा लोकतन्त्रमा पुनरागमनपछि दोषी ठहरिने बोल्सोनारो चौथो पूर्व राष्ट्रपति छन् । लुला स्वयं २०१८–२०१९ मा भ्रष्टाचार मामिलामा १९ महिना जेलमा बसेका थिए ।

बोल्सोनारोको मुद्दापछि लोकप्रियता बढाएका ७९ वर्षीय लुलाले अमेरिकी हस्तक्षेपको आलोचना गर्दै आफूलाई ब्राजिलको सार्वभौमसत्ताको संरक्षकका रूपमा प्रस्तुत गरेका  छन् र पुनः चुनाव लड्ने सङ्केत दिएका छन् ।


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP