काठमाडौं - नेकपा एमालेले मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।
महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद सुरु गर्न पनि राष्ट्रलाई आग्रह गरेको हाे ।
‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं ।’
जेनजीहरूको प्रदर्शनका क्रममा आगजनी, लुटपाट र तोडफोड जस्ता घटनाहरूमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको एमालेले दाबी गरेको छ ।