Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • इजरायलले यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र रोकेपछि बढ्यो तनाव
इजरायलले यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र रोकेपछि बढ्यो तनाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २६, २०८२

एएफपी- इजरायली सेनाले बिहीबार यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र रोकेको जनाएको छ । यो कदम इजरायलले त्यहाँ हवाई आक्रमण गरी कम्तीमा ३५ जनाको ज्यान लिएर एक सय ३० भन्दा बढीलाई घाइते बनाएको एक दिनपछि आएको हो ।

क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी तत्काल कसैले नलिए पनि इरान समर्थित हुथी विद्रोहीहरूले अघिदेखि नै इजरायलमाथि मिसाइल र ड्रोन प्रहार गर्दै आएका छन् । उनीहरूले सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको गाजा युद्धसँगै बारम्बार आक्रमण गरेका हुन् ।

“केही समयअघि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र रोकेपछि इजरायलका धेरै क्षेत्रमा साइरन बज्यो”, इजरायली सेनाले टेलिग्राममा भनेको छ । हुथी नियन्त्रणको राजधानी सानामा रहेको सशस्त्र बलको मिडिया अपरेसनले इजरायलले जोफ प्रान्तको विद्रोही कम्प्लेक्समा आक्रमण गरेको दाबी गरेको छ ।

Hardik health

त्यस क्रममा ३५ जनाको मृत्यु र एक सय ३१ जना घाइते भएको हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलसबाहीले बताएकाछन् ।मृतकमध्ये २८ जना सानामा र सात जना जोफ प्रान्तमा रहेका थिए । सानामा मात्रै एक सय १३ जना र जोफमा १८ जना घाइते भएका छन् ।

गत महिना साना क्षेत्रमा भएको सरकारी बैठकमा हुथी प्रधानमन्त्री अहमद घालेब नासेर अल–रहावीसहित नौ मन्त्री र दुई उच्च अधिकारी मारिएका थिए । यो गाजा युद्धपछि इजरायलसँगको वैमनस्यका क्रममा हुथी अधिकारीहरूको सबैभन्दा उच्च–प्रोफाइल हत्या मानिएको छ ।

हुथी सेनाका प्रवक्ता याह्या सारीले मारिनेहरूमध्ये सेप्टेम्बर २६ र अल–यमन अखबारका पत्रकारहरू रहेको बताए । इजरायलले पनि सशस्त्र बलको मिडिया अपरेसनसहित विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।इजरायली सैन्य विज्ञप्ति अनुसार, लक्ष्यमा ‘हुथी सैन्य शिविर, जनसम्पर्क मुख्यालय र आतङ्कवादी शासनद्वारा प्रयोग हुने इन्धन भण्डारण सुविधा’ थिए ।

हुथीहरूको अल–मासिराह टेलिभिजनले अल–हजम सहरस्थित सेन्ट्रल बैंक शाखामा समेत आक्रमण भएको र कर्मचारी घाइते भएको जनाएको छ । उनीहरूले हवाई रक्षासँग प्रतिरोध गरेको दाबी पनि गरेका छन् ।यसअघि आइतबार यमनबाट प्रक्षेपण गरिएको ड्रोनले दक्षिणी इजरायलको रामोन विमानस्थलमा आक्रमण गरी एकजना घाइते बनाएको थियो ।

सन् २०२३ अक्टोबरदेखि हुथीहरूले इजरायलविरुद्ध निरन्तर ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन् । यसको प्रतिकारस्वरूप इजरायलले यमनका बन्दरगाह, पावर स्टेसन र सानाको अन्तर्राष्ट्रिय विमानस्थलजस्ता पूर्वाधारहरूमा प्रहार गर्दै आएको छ ।
 


प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP