काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
विमानस्थल मंगलबार दिउसोदेखि बन्द गरिएको थियो। यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन्। आन्तरिक उडान भने भोलिबाट नियमित हुने वायुसेवा कम्पनीहरूले बताएका छन्।