काठमाडौँ - नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि युवाहरूको एक समूहले सरसफाइ थालेको छ ।
जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार युवाहरुले सरसफाइ गरेका हुन् ।
दुई दिन भएको प्रदर्शनका क्रममा संसद् भवन नै आन्दोलनकारीले जलाएका छन् भने सडकमा डिजाइडरदेखि ट्राफिक आइल्याण्डसहितका संरचना भत्काइएको छ ।