काठमाडौं- प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत तीन जना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा तीन प्रहरीको मृत्यु भएको बताइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापा छन् ।
बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनले बताए । ‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, केही पत्ता नलागी भन्न मिल्ने अवस्था छैन’, उनले भने ।