काठमाडाैं - मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २४ भदौमा राजीनामा दिएका छन्।सिंहले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा राजीनामा दिएको उल्लेख गरेका छन्।
सिंहले प्रदर्शनकारीको ज्यान जानुलाई असह्य पीडा भनेका छन् र संवाद र सहकार्यबाट समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।
उनले भने ,'देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु मेरो लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।'
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन् ।