काठमाडौं - झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।
घाइतेहरूलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा सोमबारदेखि सुरु भएको प्रदर्शनमा अहिलेसम्म काठमाडाैंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो ।
मंगलबार पनि युवाहरू बिहानैदेखि देशभर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रधानमन्त्रीकाे राजीनामा माग गर्दै संसद बिघटन हुनुपर्ने भन्दै नारावाजी गरिरहेका छन् ।