काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
भ्रष्टाचार,सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, र बेथितिविरुद्ध जेनजीले गरेको प्रदर्शनले उग्र रूप लिएपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।
उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भनेका छन् ।
“उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ः०० बजे संर्वदलीय बैठक आह्वान गरेको छुु ।’’, प्रधानमन्त्री ओलीले “सम्पूर्ण दाजुुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछुु ’’, अपिलमा भनेका छन् ।