काठमाडौं -जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ ।
मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् ।
अहिले उनीहरू पनि प्रदर्शनमा उत्रिएका छन् । सोमबार भएको प्रदर्शनका क्रममा देशभरबाट १९ जनाले ज्यान गुमाएका थिए । आज पुन: देशभर प्रदर्शन जारी छ ।
प्रदर्शन थप आक्रामक बन्दै गइरहेको छ ।