काठमाडौँ -गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध लगायतको विरोधमा भएको जेन–जी आन्दोलन हिंसात्मक बन्दा ठुलो मानवीय क्षति भएको भन्दै चौतर्फी आलोचना भएपछि नैतिक जिम्मेवारी स्वीकार गर्दै उनले केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
आन्दोलनमा काठमाडौँमा मात्र १७ र इटहरीमा दुई गरी १९ जनाको मृत्यु भएको छ भने चार सय बढी घाइते भएका छन् ।
लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका थिए ।