Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘जेनजी’को प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय
‘जेनजी’को प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २४, २०८२

काठमाडौँ - सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार सोमबारको प्रदर्शनमा ज्यान गुमाएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचारको प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णयसमेत बैठकले गरेको छ । जेनजी युवाको शान्तिपूर्ण प्रदर्शनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यका साथ घुसपैठ गर्दै उछृङ्खल कार्यमा संलग्न भई मानवीय एवं सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने अराजक एवं स्वार्थ समूहको पहिचान गर्न न्यायिक छानबिन समिति गठन गरिने सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले जानकारी दिए ।

सरकारले जेनजी युवालाई प्रदर्शनलगायत विरोधका कार्यक्रम स्थगित गरी शान्तिसुरक्षाको प्रबन्ध गर्ने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ । बैठकले सोमबारको प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष निकाल्दै उचित छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने निष्कर्ष निकालेको उनले बताए । शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भई अराजक र प्रतिगामी हर्कत भएको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारकोतर्फबाट सोमबारको घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उल्लेख गरे।

Hardik health

यस्तै, सरकारले निष्क्रिय गराएका सामाजिक सञ्जाल सञ्चालनका लागि आवश्यक प्रक्रिया मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्री गुरुङले निष्क्रय भएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा आएको जानकारी दिए । मन्त्रिपरिषद् निर्णयलगत्तै सामाजिक सञ्जाल सञ्चालनमा आइसकेको उनले बताए । यही भदौ १९ गतेदेखि देशभर सूचीकरण नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय गराइएको थियो ।

झण्डै डेढ वर्षदेखि सामाजिक सञ्जाल सूचीकरणका लागि पटकपटक छलफल भएको जनाउँदै गुरुङले सरकारकोतर्फबाट आग्रह गरिएको भए पनि उनीहरूले अस्वीकार गर्दै आएको अवस्थामा बाध्यात्मक परिस्थितिका कारण निष्क्रिय बनाउने निर्णय गरिएको उल्लेख गरे । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएकोसमेत जानकारी दिए । 


प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP