काठमाडाैं - सामाजिक सञ्जाल कम्पनी एक्स (पहिले ट्विटर) ले नेपालमा दर्ता गर्न अस्वीकार गरेको छ। कम्पनीले नेपाललाई उच्च स्तरको भ्रष्टाचार हुने मुलुकको सूचीमा परेका कारण दर्ता नगर्ने निर्णय गरेको हो।
नेपाल सरकारसँग भएको संवादमा एक्सले प्रष्ट पार्दै भनेको छ, “नेपाल भ्रष्टाचार हुने मुलुकहरूमध्ये निकै अघिको सूचीमा पर्छ। त्यस्तो भ्रष्ट मुलुकहरूमा कार्यालय दर्ता गर्ने हाम्रो नीति छैन।”
त्यस्तै कम्पनीले नेपालमा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता नभएको पनि उल्लेख गरेको छ। अभिव्यक्ति स्वतन्त्रताको ‘ग्यारेन्टी’ नभएसम्म नेपालमा दर्ता नहुने स्पष्ट गर्दै एक्सले नेपालमा आफ्नो आधिकारिक कार्य सञ्चालन सम्भव नभएको जनाएको हो।