Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #वरिष्ठ बलराम
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
  • #कार्तिक_नाच
Search Here
समाचार
  • Home
  • समाचार
  • पितृ तर्पण सुरु
पितृ तर्पण सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २३, २०८२

काठमाडौं-  महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज असोज कृष्ण प्रतिपदासँगै पितृ तर्पण सुरु भएको छ । असोज कृष्ण पक्षमा दिवङ्गत परिवारजनको सम्झना गरिँदै हिन्दू मैथिल परम्पराअनुसार दिइने तर्पण आज सुरु भएको हो । 

पितृपक्ष भनिने असोज कृष्णपक्षमा पितृ श्राद्ध र तर्पणअघि मैथिलहरुले भदौ पूर्णिमाका दिन आइतबार घरका कुलदेवता, ग्रामदेवता र देवर्षिहरुलाई आह्वान गर्दै देव तर्पण गरेका थिए । मिथिलामा पितृपक्षको तर्पण धार्मिक महत्वका नदी, तलाउ, सरोवरसहितका पवित्र जलाशय रहेका तीर्थस्थलमा गरिने परम्परा छ । 

यसअनुसार कतिपय मैथिल यो तर्पण र पितृश्राद्ध गर्न भारतको विहार प्रदेशमा पर्ने गया जाने गरेका छन् । यस्तै यहीँकै धार्मिक तलाउ, नदी, कुण्ड र सरोवरहरुमा दिवङ्गत परिवारजनलाई तर्पण दिने क्रम आज सुरु भएको छ । मैथिल यो पितृपक्षभरि नै दिनहुँ पितृ तर्पण दिन्छन् ।  यो पक्षमा गरिने श्राद्धलाई पार्वण र एकोपार्वण भनिन्छ । यो भने पिता वा पितामहको तिथि पारेर घरमै गरिने परम्परा रहेको मैथिल लोकपरम्परा तथा शास्त्रीय कर्मकाण्डका जानकार मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताए ।

Hardik health

पितृपक्षमा पार्वण श्राद्ध अन्य पक्षमा दिवङ्गत भएका र एकोपार्वण यसै पक्षमा तिथि हुने पितृहरुको सम्झनामा गरिन्छ । पार्वणलाई महालय पनि भनिन्छ । पिण्डदानसहितको श्राद्ध पक्षभरिमा एक दिन गरिए पनि तर्पण भने दैनिक गरिन्छ । अहिले पितृपक्षले गर्दा महोत्तरीका धार्मिक महत्वका नदी माण्डवीगङ्गा (मडहा), रातुठाकुर एबं मटिहानीस्थित लक्ष्मीसागर, जलेश्वरस्थित भार्गव सर, वरुणसर र पुरन्दरसर एबं बलवाको धमौरास्थित ध्रुवकुण्डमा तर्पण र पितृपक्षको श्राद्ध गर्ने भरिभराउ छन् ।  एकै दिन कैयौँ यजमान (जजमान) को श्राद्धको निम्ता मान्नुपर्ने हुँदा पुरोहितहरुलाई अहिले भ्याइनभ्याइ छ । यो पितृपक्षमा दिवङ्गत पितृहरु पितृलोकबाट पृथ्वीमा विचरण गर्न झर्ने र आफ्ना सन्तानले दिने तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । 

यसैगरी यसपक्षको श्राद्ध दसैँ, दीपावली र छठसहितका पर्वअघि पूर्वजको सम्झना गरिने चलन बसाइएको जलेश्वर-५ पतैलीका बासिन्दा मिथिला संस्कृति र परम्पराका ज्ञाता अवकाशप्राप्त सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।


प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेक लागेर तीर्थालुको मृत्यु
लेक लागेर तीर्थालुको मृत्यु सोमबार, कात्तिक १०, २०८२
सुरु भयाे कार्तिक नाच आजदेखि
सुरु भयाे कार्तिक नाच आजदेखि सोमबार, कात्तिक १०, २०८२
आन्दोलनमा भएको घटनामा कारबाही र सुरक्षाको प्रत्याभूतिका लागि महासंघको आग्रह 
आन्दोलनमा भएको घटनामा कारबाही र सुरक्षाको प्रत्याभूतिका लागि महासंघको आग्रह  सोमबार, कात्तिक १०, २०८२
राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान
राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान सोमबार, कात्तिक १०, २०८२
झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल
झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल सोमबार, कात्तिक १०, २०८२
अझै पाँच हजार कैदी कारागार बाहिरै
अझै पाँच हजार कैदी कारागार बाहिरै सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP